समाचार

प्रधानमन्त्री ओली निवासमा आगजनी

आन्दोलित भीडले प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोट निवासमा आगो लगाएका छन् । प्रधानमन्त्रीको घरतर्फ पुगेका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले गोली चलाएपछि आक्रोशित भीडले निवासमा आगजनी गरेको हो । गोली लागेर तीन जना घाइते भएका छन्, जसलाई अस्पताल पठाइएको प्रहरीले जनाएको छ । आगो लागेपछि बालकोट घरबाट बाक्लो धुवाँ निस्किएको छ र त्यहाँको अवस्था नियन्त्रणबाहिर पुगेको स्थानीयले बताएका छन् । पुरा पढौ

पोखरा महानगरअघि गोली चल्यो : एक जना घाइते

पोखरा । पोखरामा आन्दोलनका क्रममा मंगलबार गोली प्रहारबाट एक जना आन्दोलनकारी घाइते भएका छन् । पोखरा महानगरपालिकाको कार्यालय अघि जेनजीहरुले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको हो ।प्रदर्शनकारीले महानगर कार्यालय तोडफोड गरेका छन् । पुरा पढौ

जेनजी आन्दोलन : पोखरामा हवाई फायर

जेनजीको प्रदर्शनको क्रममा पोखरामा हवाइ फायर भएको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको हो । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई अस्पताल पुर्याइएको छ । पुरा पढौ

पोखरामा अनिश्चितकालीन निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा आज बिहान आठ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शहीदचोक आसपास र गण्डकी प्रदेश सभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेकी हुन् । निषेधाज्ञा अवधिभर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । यदि त्यसको अवज्ञा गरेमा जोसुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी जिल्ला प्रशासन कार्यालय कास्कीले दिएको छ । पोखरा महानगरपालिका भित्रका यी क्षेत्रमा कर्फ्यू पूर्वतर्फ स् पोखरा महानगरपालिका वडा… पुरा पढौ

पोखरामा जेन-जी प्रदर्शन : मुख्यमन्त्री कार्यालय तोडफोड, एकजनालाई लाग्यो रबरको गोली

सन्देश श्रेष्ठपोखरा, भदौ २३ जेनजीको पोखरामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा मूठमेड सिर्जना भएको छ । काठमाडौंमा भएको प्रदर्शनका क्रममा घाईते भएका जेनजी प्रदर्शनकारीको मृत्यू भएको खबरले आक्रोसित पोखरेली जेनजी प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोज्दा मूठभेड भएको हो । सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध तथा भ्रष्टाचारबिरुद्द पोखरामा हजारौं सहभागी जेनजी समूह सभागृहचोकबाट न्यूरोड, चिप्लेढुंगा, मानवअधिकार चोक, सिद्दार्थचोक, बगालेटोल, सिर्जनाचोक, सिमलचौरहुँदै राष्ट्रबैंकचोक पुगेका थिए । त्यहाँ पुगेपछि प्रदर्शनकारीले काठमाडौंमा आफ्ना जेनजी प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यू भएको थाहा पाएपछि आक्रोसितहुँदै मुख्यमन्त्री कार्यालयतर्फ अगाडि… पुरा पढौ

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा साई

भदौ २३ पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडको अध्यक्षमा ऐनकुमार साई निर्वाचित भएका छन् । कम्पनीको हालै सम्पन्न अधिवेशनमा साई निकट्तम प्रतिष्पर्धी विज्ञानश्रेष्ठलाई ८४ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष कम्पनी भएपछि पहिलो पटक अध्यक्ष भएका हुन् । यसअघि पृथ्वीराजमार्ग बस व्यवसायी समिति हुँदा उनी अध्यक्ष भइसकेका व्यक्ति हुन् । अध्यक्षमा निर्वाचित साईले ६ सय ८ मत प्राप्त गरे भने निकट्तम प्रतिस्पर्धी श्रेष्ठले ५२४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा सञ्चालकतर्फ हेमन्त मल्ल ८४०,… पुरा पढौ

पोखरामा जेनजी प्रदर्शनकारीले गरे सरकारी गाडी तोडफोड

सन्देश श्रेष्ठपोखरा, भदौ २३ पोखरामा जेनजी प्रदर्शनकारीले वन मन्त्रालयको गाडी तोडफोड गरेका छन् । गण्डकी प्रदेश उद्योग तथा वन मन्त्रालयको बा.२ झ.४२२ नम्बरको गाडी प्रदर्शनकारीले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अग्रभाग र बिचको भाग कुच्चिएको छ भने गाडी स्टार्ट नै नहुने भएको छ । नजिकै अर्को म.प्र०३७०१क २२९० नम्बरको खाना पकाउने एलपी ग्यास बोकेको ट्रकको चावीसमेत प्रदर्शनकारीले खोसेका छन् । जसले गर्दा दुबै गाडी सडकमा बेवारिसेहुँदा सो बाटो भएर रत्नचोक निस्कने र मुख्यमन्त्री कार्यालय जाने बाटो अबरुद्द बनेको छ… पुरा पढौ

जेनजी प्रदर्शनकारीले गरे गण्डकीको मुख्यमन्त्री कार्यालय तोडफोड

सन्देश श्रेष्ठपोखरा, भदौ २३ पोखरामा भएको जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा रत्नचोक र सहिदचोकको बिचमा रहेको मुख्यमन्त्री कार्यालय पुगेका जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गा हानेर तोडफोड गरेका हुन् । तोडफोडबाट मुख्यमन्त्री कार्यालयको झ्यालको सिसा फुटेको छ । जेनजीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको तथा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौंमा ५ जनाको मृत्यू भएको थाहा पाएपछि पोखराका जेनजी आक्रोषित भएका थिए । त्यसपछि उनीहरुले आक्रमण शुरु गरेका थिए । जेनजी प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास… पुरा पढौ

पोखरामा रबरको गोली लागेर एक घाईते

सन्देश श्रेष्ठपोखरा, भदौ २३ पोखरामा जेनजी प्रदर्शनमा सहभागी एक जनालाई गोली लागेको छ । मुख्यमन्त्री कार्यालय अगाडि भएको प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर पोखरा–१७ विरौटाका २८ विनस गुरुङ घाईते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको टाउको उपचार भइरहेको छ । यसैबीच, घाईते गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका अध्यक्ष यदू अधिकारीले भेटेका छन् । गुरुङ उपचाररत जिएमसी अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनका अनुसार घाईते गुरुङ… पुरा पढौ

जेनजी प्रदर्शन उग्र बनेपछि पोखरामा अनिश्चितकालीन कफ्र्यू

सन्देश श्रेष्ठपोखरा, भदौ २३ जेन–जीको प्रदर्शन उग्र बनेपछि पोखरामा कफ्र्यू (निशेधाज्ञा) लगाइएको छ । जेनजी प्रदर्शन उग्र बनेर तोडफोडमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार दिउँसो २ बजेबाट अनिश्चितकालीन पोखरामा कफ्र्यू लगाएको हो । जिल्ला प्रशासनले सोमबार दिउँसो जारी गरेको सूचनामा मुख्यमन्त्री कार्यालय रहेको पोखराको शहिदचोक आसपासका क्षेत्रदेखि पूर्वतर्फ वाईचोक, (उत्तरतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट(वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्रबैंक चोक (दक्षिण पश्चिमतर्फ पर्यटन वोर्डको कार्यालय अगाडि ड्यामसाइड) क्षेत्रमा कफ्र्यू लागु हुने जनाएको छ । प्रशासनले जेन–जी प्रदर्शनका कारण उत्पन्न… पुरा पढौ