राजनीति

मादीमा कांग्रेसका गुरुङ अग्रता बढाउँदै

मादी गाउँपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका देवीजङ्ग गुरुङले अग्रता बढाएका छन् । गठबन्धनका तर्फबाट प्रमुख पदमा उठेका उनले नेकपा एमालेका शिव गुरुङको भन्दा ५ सय ४ मतान्तर पार्दै अग्रता बढाएका हुन् । मादी गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिदा कांग्रेसका देवीजङ्ग गुरुङले २ हजार ३ सय ४ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनका निकटम प्रतिष्पर्धी एमालेका शिवबहादुर गुरुङ (महेन्द्र)ले १ हजार ८ सय मत ल्याएर पछ्याईरहेका छन् । पुरा पढौ

बेनी नगरपालिका–२ मा गठबन्धन विजयी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर सापकोटाले ७१८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सम्राट सापकोटाले ४० मत प्राप्त गर्नुभएको छ । नगरपालिकामा कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन रहेको छ । वडा सदस्यमा गठवन्धनका कृष्णबहादुर कार्की, चन्द्रकान्त रिजाल, वविता सापकोटा र बिष्णुकुमारी सार्की विजयी भएका हुन् । १० वडा रहेको बेनी नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धनबाट… पुरा पढौ

पोखरा महानगरमा ३२०० मत गणना सम्पन्न : धनराज झिनो मतले अघि

पोखरा, जेठ १ पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् । उनले एमालेका उम्मेदवार कृष्ण थापालाई ६५ मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन् ।पोखरा महानगरपालिका वडा नम्बर १, २, १२ र २३ को ३ हजार २ सय मत गणना हुँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले १ हजार २ सय १ मत प्राप्त गरेका छन् । एमालेका थापाले १ हजार १ सय ३६ मत ल्याएर पछ्याईरहेका छन् ।उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी… पुरा पढौ

पोखरा–२३ को मत गणनासँगै मतान्तर घटाउँदै कृष्ण थापा

पोखरा, जेठ १ पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार कृष्ण थापाले मतान्तर घटाउँदै गएका छन् । नेकपा एमालेका उम्मेदवार थापाले गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार धनराज आचार्यसँगको मतान्तर घटाउँदै लगेका हुन् । पोखरा महानगरपालिका वडा नम्बर २३ को मतगणना शुरु भएसँगै उनले मतान्तरण घटाउन थालेका छन् ।पोखरा २३ को २०० मत गणना सम्पन्न हुँदा एमालेका कृष्ण थापाले ९६ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ८० मत प्राप्त गरेका छन् । योसँगै धनराजको अग्रता ९९… पुरा पढौ

मादी-१ सिक्लेसमा कांग्रेसका देबीजङ्ग गुरुङ बिजयी

कास्कीको मादी गाउँपालिका वडा नम्बर-१ मा नेपाली कांग्रेसका देवीजंग गुरुङ बिजयी भएका छन् । उनले प्रतिष्पर्धी नेकपा एमालेका उमरबहादुर गुरुङलाई १ सय ६५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी गुरुङले ८ सय २८ मत ल्याएर बिजयी हुँदा उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका उमरबहादुर गुरुङले ६सय ६३ मत प्राप्त गरे । बिजयी गुरुङ अघिल्लो पटकको निर्वाचनमा झिनो अन्तरले पराजित भएका थिए । उनले यसपटक सुधार गर्दै अघिल्लो पटकको पराजयलाई बिजयमा परिणत गर्न सफल भएका हुन् । पुरा पढौ

रुपामा मतान्तर बढाउँदै एमालेका ओझा

कास्कीको रुपा गाउँपालिकामा एमालेका नवराज ओझाले मतान्तर बढाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका गिमाया गुरुङसँगको मतान्तर २ सय ४१ बनाएका हुन् । एमालेका ओझाले २ हजार ५० मत प्राप्त गरेर अग्रता लिएका छन् भने उनलाई कांग्रेसकी गिमाया गुरुङले १ हजार ८ सय ९ मत ल्याएर पछ्याईरहेकी छन् । उपप्रमुखमा एमालेकी लालसुुबा गुरुङले ८३ मतले अग्रता लिएका छन् । गुरुङले १ हजार ९ सय ५३ मत ल्याएर अग्रता बनाउँदा कांग्रेसका श्रेष्ठले १ हजार ८ सय ७० मत ल्याएर पछ्याईरहेका छन्… पुरा पढौ

पालुङटार नगरपालिकामा माओवादीको अग्रता

गोरखाको पालङुटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । माओवादीका विवस चिन्तनले १ हजार ७ सय ६६ मत ल्याएर अग्रता लिएका हुन् । त्यहाँ जनता समाजवादी पार्टीका प्रेमबहादुर गुरुङले १ हार ५ सय १२ मत ल्याएर पछ्याईरहेका छन् । कांग्रेसका दीपकबाबु कँडेलले १ हजार ४ सय ८५ मत ल्याएका छन् । उपप्रमुखमा पनि बन्दना पाण्डे १ हजार ८ सय ३४ मत प्राप्त गरेर अग्रता लिएकी छन् । त्यहाँ कांग्रेसकी चेत कुमारी श्रेष्ठले १ हजार ३ सय ९९… पुरा पढौ

फेदीखोला ३ मा कांग्रेसका कृष्णबहादुर रानाभाट प्यानलसहित विजयी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका ३ मा नेपाली कांग्रेसका कृष्णबहादुर रानाभाट प्यानल सहित विजयी भएका छन् । उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका परशुराम रानाभाटलाई २३९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । वडा सदस्ययमा शिवप्रसाद लामिछाने (७४५), कुलबहादुर रानाभाट (७०१), महिला सदस्यमा राधिका पौडेल ६८९ र दलित महिला सदस्यमा सुमिता मिजार (६८६) मतसहित विजयी भएका छन् । उनीहरुका निकटम प्रतिद्वन्दी नेकपा एमालेका प्रत्यासी अभिषेक अधिकारीले ४९८, लालबहादुर रानाभाटले ४७२, गिता शर्माले ५५२, प्रमिला सुनारले ५३० मत ल्याए । सो वडामा… पुरा पढौ

स्याङजाका ४ पालिकामा कांग्रेस, १ पालिकामा एमालेको अग्रता

पोखरा, जेठ १ स्याङजाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रतालाई कायमै राखेका छन् । गल्याङ नगरपालिकामा नेपाली काँग्रेसको तर्फकबाट प्रमुखका उम्मेदवार गुरु भट्टराईले नेकपा एमालेका नगर प्रमुखको प्रत्यासीसँगको मतान्तर झण्डै १ हजार छ । भट्टराईले ४६४३ मत प्राप्त गरेका छन् । काँग्रेसकी उपप्रमुख पदकी उम्मेदवार हेमा न्यौपानेले ४३७३ मत प्राप्त गरेकी छन् । नेकपा एमालेकी नगर प्रमुखकी प्रत्यासी उम्मेदवार सुुर्यप्रसाद गैह्रेले ३६८२ मत पाएका छन् भने उपप्रमुख देवी थापाले ३६६८ मत प्राप्त गरेकी छन् । भीरकोट नगरपालिकाको काँग्रेसको प्रमुखको गोविन्द… पुरा पढौ

पोखरामा २४०० मत गणना सम्पन्न : आचार्यले मतान्तर बढाउँदै

पोखरा, जेठ १ पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले निकटम प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापासँगको मतान्तर बढाउँदै लगेका हुन् । २ हजार ४ सय मत गणना हुँदा मेयरका उम्मेदवार आचार्यले ९२३ मतसहित अग्रता लिएका छन् । उनले कृष्ण थापासँगको मतान्तर ११७ पुु¥याएका छन् । एमालेका थापाले ८ सय ६ मत ल्याएर पछ्याईरहेका छन् ।उपमेयरमा पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । उनले… पुरा पढौ