राजनीति

प्रचण्ड–माधवलाई खगराजको आग्रह : नेता अझै मान्छौं, तर सुध्रिनुस

नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले प्रचण्ड र माधव नेपाललाई अझै नेता मान्न सकिने बताएका छन् । युवा संघ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको बृहद युवा भेलालाई सम्बोधन गर्दै उनले भने,‘हामी अझै तपाईंहरुलाई नेता मान्छौं, तर सुध्रिनुस् ।’ ओली पक्षीय नेता अधिकारीले संसद पुर्नस्थापनाको कुनै गुञ्जायस नभएको दाबी गरे । संविधान अनुसारै दुई तिहाई जनमत प्राप्त प्रधानमन्त्रीले फ्रेस म्याण्डेट लिनका लागि चुनावमा गएकाले अब संसद पुर्नस्थापनाको निर्णय नहुने उनको भनाई थियो । उनले अविस्वासको… पुरा पढौ

आफ्नो चाहना पूरा भएन भन्दैमा देश र जनताप्रति गद्धारी गर्न मिल्छ र ? : पहारी

नेकपा ओली समूहका केन्द्रीय सदस्य राजिव पहारीले केपी ओलीको चुलिदो उचाईलाई सहन नसकेर आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुले अविस्वासको प्रस्ताव ल्याएको आरोप लगाएका छन् । बृहद युवा भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड, नेपाललगायतका नेताहरुको षडयन्त्रलाई चिर्नका लागि संसद विघटनजस्तो अप्रिय निर्णय लिनुपरेको जिकीर गरे । संसद विघटन रहरले नभई बाध्यताले गरिएको हो,उनले भने,‘दुई तिहाई बहुमत हुँदासमेत प्रधानमन्त्रीलाई घेराबन्दी गरेर काम गर्न नदिएपछि संसद भंग गर्नुपरेको हो ।’ गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका ओली… पुरा पढौ

पुस १३ गते कास्कीमा काँग्रेसको प्रदर्शन

पोखरा। सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस १३ गते कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । कास्की काँग्रेसको समन्वयमा क्षेत्रीय समितिको आयोजनामा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार पार्टीका जिल्ला पदाधिकारी, क्षेत्र र प्रदेश सभापतिसहितको बैठकले प्रदर्शनलाई प्रभावकारी र व्यवस्थित बनाउने निर्णय गरेको छ ।कास्की क्षेत्र नं १ को अर्घाैं चोक, क्षेत्र नं २ को सभागृह चोक, क्षेत्र नं ३ को पोखरा जिरो किलोमिटर र हरि चोकबाट… पुरा पढौ

विश्वासको मत लिएर अगाडी बढ्छु : मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिएर अगाडि बढ्ने बताएका छन् । पौडेलले संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव प्रस्तुत हुनुलाई सामान्यरुपमा लिनुपर्ने भए पनि हाल विकास र समृद्धि नचाहनेको गठजोडबाट आएको प्रस्ताव भएकाले यो घटनाले गम्भीर बनाएको बर्ताए । पौडेलले सरकारविरुद्ध सरकारमै रहेका मन्त्रीले अभिव्यक्त गरेको धारणाप्रति विरोध जनाए । उनले सहकर्मी मन्त्रीकै अगुवाइमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिनुलाई दुःखद् परिघटनाको रुपमा लिएको उल्लेख गरे । मुख्यमन्त्री पौडेलले दर्ता गरिएको अविश्वासको प्रस्तावको सदनमार्फत सानदार… पुरा पढौ

कांग्रेसको आगामी बैठक पुस १९ गते

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठक यही पुस १९ गते बस्ने भएको छ ।मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा छलफल गर्न पुस ७ गतेदेखि जारी आजको बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय समितिको बैठक पुस १९ गते पुनःबस्ने निर्णय गरेको हो । आजको बैठक संसद् विघटनका विरुद्धमा पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा पार्टीले गर्ने प्रदर्शनमा केन्द्रीत रहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा आज… पुरा पढौ

सूर्य चिह्नमा आँखा नलगाउन प्रचण्ड माधव समूहलाई महेश बस्नेतको चेतावनी

नेकपा नेता तथा युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले प्रचण्ड–माधव समूहलाई सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी दिएका छन् । युवा संघले शुक्रबार पोखरामा आयोजना गरेको बृहद युवा भेलालाई सम्बोधन गर्दै धम्कीपूर्ण शैलीमा उनले भने,‘सूर्य चिह्नमा आँखा नलगाउनुस्, सूर्य चिह्नमा आँखा लगाएको युवाहरुले मन पराएका छैनन्, म अहिलेलाई यतिमात्रै भन्न चाहन्छु ।’ पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले बिजय गच्छदार जेलको यात्रामा जाने क्रममा रहेको दाबी गरे । अख्तियारले गच्छदारलाई वाईडवडी काण्डमा जेल पठाउन लागेको उनको भनाई थियो । प्रधानमन्त्री केपी… पुरा पढौ

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषदमा पर्यटनमन्त्रीको जिम्मेवारी मणि थापालाई दिइएको छ । टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तय भएको स्रोतले जनाएको छ । यस्तै शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिइएको बताइएको छ । विस्तारित मन्त्रीहरुको आजै साँझ साढे ६ बजे सपथ ग्रहण हुने एक नेताले बताए । प्रतिनिधि सभा भङ्ग भएपछि असन्तुष्ट जनाउँदै सात जना मन्त्रीले राजीनामा दिएका थिए । मन्त्री हुने सबै पूर्वमाओवादी हुन्। पुरा पढौ

अनेकताका बीच बलियो एकता मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको बताउनुभएको छ । इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले अनेकताका बीच बलियो एकताको उदाहरणका रुपमा संसारभर नेपाल परिचित छ भन्नुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र भएको सन्देशमा उल्लेख छ । “क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भ्रातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु ”,मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ (रासस) पुरा पढौ

ओलीको मिथ्या झूठ र गोयवल्स शैलीको भ्रममा नपरौं : बराल

नेकपा नेता तथा गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले केपी ओलीले मिथ्या झूठ र गोयवल्स शैलीको भ्रममा नपर्न नेकपा नेता\कार्यकर्तालाई अपिल गरेका छन् । बरालले सामाजिक सञ्जाल फेसवुकमा ओलीले प्रचण्डमाथि लगाएका आरोपको २० बुँदामा खण्डन गर्दै ओलीको गोयवल्स शैलीमा गरेको प्रचारको भ्रममा नपर्न अपिल गरेका हुन् । प्रचण्डले पटक÷पटक सुशासन, समृद्धी र न्यायको पक्षमा अगाडि बढ्न दवाब दिदा ओलीले त्यसलाई राज्य सञ्चालनमा बाधा पुर्याएको भनेर गोयवल्स शैलीमा प्रचार गरेको उनको दाबी छ । नेता बरालले केपी ओलीले संविधान मार्न खोजेको आरोपसमेत… पुरा पढौ

नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी सङ्गठन तथा एकतालाई कमजोर पार्ने पार्न खोज्ने सबै प्रकारका प्रवृत्ति, गतिविधिविरुद्ध आन्दोलन गर्ने र एकतालाई अझ सुदृढ बनाउने कार्ययोजना र प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध सङ्घर्ष गर्ने उद्देश्यले पहिलो चरणको कार्यक्रमको घोषणा गरेको हो । पार्टी सङ्गठन सुदृढीकरण र सङ्घर्षको पहिलो चरणको कार्यक्रमअन्तर्गत यही पुस १० गते पार्टी केन्द्रीय कमिटीका सदस्य… पुरा पढौ