राजनीति

प्रतिनिधिसभा विघटन गरेर अस्थिरता सिर्जना गर्न खोजियो : नेता खनाल

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै संसद् विघटनसँगै अस्थिरताको अर्को शृङ्खला शुरु भएको बताए। “मुलुकको समृद्धिको बाधक बनेको अस्थिरताको प्वाललाई टाल्नुपर्ने आवश्यकता छ”, पूर्वप्रधानमन्त्री खनालले भने , “त्यसका लागि संसद् पुनःस्थापना अनिवार्य शर्त बनेको छ । जबसम्म संसद् पुनःस्थापना हुँदैन, त्यसबेलासम्म आन्दोलनमा रोकिँदैन ।” जनताका भावना विपरीतका कदम सच्याउन राष्ट्रव्यापीरुपमा… पुरा पढौ

अनेरास्ववियु केक १,०९९ सदस्यीय : स्ववियु निर्वाचनको वातावरण बनाउन आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले केन्द्रीय सदस्य विस्तार गरेको छ । यही पुस १० देखि १२ गतेसम्म काठमाडाँैमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य सङ्ख्या एक हजार ९९ पु¥याएको हो । बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका संयोजक ऐन महरले अनेरास्ववियुको अन्तरिम विधान संशोधन गरी केन्द्रीय सदस्य सङ्ख्या एक हजार ९९ पु¥याइएको बताउनुभयो । यस्तै बैठकले समसामयिक राजनीतिक र शैक्षिक प्रस्ताव तथा साङ्गठनिक कार्ययोजनासमेत पारित गरेको छ । बैठकले यही पुस १९ गते काठमाडौँमा भेला गर्ने, २२… पुरा पढौ

सभापति देउवालाई चीन भ्रमणको निम्तो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा दिएको छ । पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री क्वोले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिनुभयो । उपमन्त्री क्वोले कांग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताउनुभयो । उहाँले कांग्रेसका संस्थापक एवं नेपालका प्रथम… पुरा पढौ

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले आज आयोजना गरेको देशव्यापी प्रदर्शनमा सहभागी नेताकार्यकर्ता तथा शुभेच्छुक सबैमा बधाई ज्ञापन गर्नुभएको छ । कांगे्रसले प्रतिनिधिसभा विघटनविरुद्ध आज १६५ सङ्घीय निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । उनले आज साँझ विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र खट्ने सङ्घीय क्षेत्रीय कार्यसमिति र भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्य, पार्टीका सबै तहका नेताकार्यकर्ता तथा सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवा सबैमा बधाई ज्ञापन गरेका छन् । विरोध प्रदर्शन देशभरिका सङ्घीय निर्वाचन क्षेत्रमा व्यापक… पुरा पढौ

सभामुख सापकोटा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ । सभामुखको निवास लैनचौरमा भएको भेटमा नेपाल र चीनको द्विपक्षीय हित र चासोका विविध आयामका बारेमा छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। सभामुख सापकोटालाई उपमन्त्री क्वो ये चौले चिनियाँ नेशनल कांग्रेसका प्रमुखले पठाएको सन्देश हस्तान्तरण गर्दै आगामी दिनमा दुई देशको संसद्बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । सभामुख सापकोटाले दुई देशबीचको जनस्तरकोे सम्बन्धलाई… पुरा पढौ

पर्वतमा पनि युवा विद्यार्थीले निकाले मशाल जुलुस

पर्वत । प्रतिनिधिसभाको पूनःस्थापनाको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल पर्वत र अनेरास्वबियू पर्वतले मसाल जुलुस प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने राष्ट्रघाती कदमका विरुद्ध मशाल जुलुस प्रदर्शन गरिएको अनेरास्वबियू पर्वतका अध्यक्ष तेज प्रसाद शर्माले बताए । कुस्माको मैत्री चोकबाट शुरु भएको मसाल जुलुस लोकतन्त्र चोक, प्रगति चोक हुँदै शिवालय चोकमा गएर कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरुले प्रधानमन्त्रीको कमदविरुद्ध नाराबाजीसमेत गरेका थिए । कोण सभामा बोल्दै अनेरास्वबियूका जिल्ला अध्यक्ष शर्माले असंवैधानिक र राष्ट्रघाती कमद… पुरा पढौ

कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसको प्रदर्शन

पोखरा । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले सोमबार कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की काँग्रेसको समन्वय र क्षेत्रीय समितिको आयोजनामा कास्की क्षेत्र नं १ को अर्घाैं चोक, क्षेत्र नं २ को सभागृह चोक, क्षेत्र नं ३ को पोखरा जिरो किलोमिटर र हरि चोकबाट प्रदर्शन शुरु भएको थियो । क्षेत्रगत रुपमा भएको प्रदर्शनमा सम्वन्धित क्षेत्रका नेता तथा कार्यकर्ता आफ्नै क्षेत्रको प्रदर्शनमा सहभागी भएका थिए । प्रर्दशन पछि आयोजित कोणसभाका क्ताहरुले ओली नेतृत्वको सरकारले चालेको असंवैधानिक… पुरा पढौ

युवा संघले पोखरामा निकालेको राँके जुलुशमा प्रहरी दमन, आधा दर्जन घाईते

राष्ट्रिय युवा संघले पोखरामा निकालेको राँके जुलुमा प्रहरीले निर्मम दमन गरेको छ । युवा संघले पोखराको पृथ्वीचोकमा सोमबार साँझ निकालेको राँके जुलुशमा प्रहरीले दमन गरेको हो । प्रहरीलाई झुक्याएर पृथ्वीचोक भन्दा केहि माथिबाट राँके जुलुश निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । शुरुमा पृथ्वीचोकस्थित तत्कालिन वाईसिएल क्याम्पबाट निकाल्ने भनिएपनि प्रहरीले सो क्षेत्र घेराबन्दी गरेर राखेपछि युवा संघले झुक्याएर पृथ्वीचोक भन्दा केहि माथिबाट निकाल्ने प्रयास गरेको थियो । तर झुक्याउँदा झुक्याउँदैपनि केहि प्रहरीले भेटेपछि उनीहरुमाथि लाठीचार्ज भएको हो । पृथ्वीचोकबाट निस्केको… पुरा पढौ

प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताउनुभएको छ । नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले भन्नुभयो, “मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।” पूर्वमन्त्री भुसालले आगामी वैशाखमा हुने भनिएको चुनाव हुनै नसक्ने जनाउँदै अदालतले जनताको चाहनानुसार फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो । नेता भुसालले आजै नेकपाले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्नुहुनेछ । पुरा पढौ

पोखरामा नेकपाको प्रदर्शन भोलि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलबार पोखरामा प्रदर्शन गर्ने भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबिरुद्ध नेकपाको संस्थापन पक्षले मंगलबार पोखरामा प्रदर्शन गर्न लागेको हो । नेकपा कास्कीको अगुवाईमा हुने प्रदर्शन चिप्लेढुंगा मानव अधिकारचोकबाट शुरु भई महेन्द्रपुल, नयाबजारहुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत हुने नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जानकारी दिए । उनका अनुसार प्रदर्शनमा सहभागिहरुले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमबिरुद्ध संघर्ष गरौं, प्रतिगामी षडयन्त्र असफल पारौं, प्रतिगामी षडयन्त्र मुर्दावाद, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको रक्षा… पुरा पढौ