राजनीति

‘जिब्रो बम’को उपमा पाएका बाईडेन को हुन् ?

सिनेट छिरेको ४७ वर्षपछि जो बाईडेनलाई राष्ट्रपति बन्ने अवसर प्राप्त भएको छ । उनी सन १९७३ मा सिनेट सदस्य बनेका थिए । जतिबेला अहिलेका कयौं परिचित र चर्चित अमेरिकी नेताहरुको नामोनिसानसमेत थिएन । उनी सातौंपटकसम्म सिनेट सदस्य बनिसकेका छन् । ४७ वर्ष पहिले सिनेट सदस्य बनेका जो बाईडेन अहिले ४७ वर्ष पछि अमेरिकी राष्ट्रपतिमा सर्बाधिक मत प्राप्त गर्दै निर्वाचित भएका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाईडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले जितका लागि २७० ईलेक्टोरल… पुरा पढौ

अमेरिककाको राष्ट्रपतिमा जो बाईडेन निर्वाचित

अमेरिकी राष्ट्रपतिमा जो बाईडेन बिजयी भएका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाईडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले जितका लागि २७० ईलेक्टोरल भोट आवश्यक पर्ने भएपनि २७३ ईलेक्टोरल भोट प्राप्त गरेका छन् । उनले समग्रमा ७ करोड ३० लाख भन्दा बढी मत प्राप्त गरेका छन् । जुन अमेरिकी निर्वाचनको ईतिहासमा निर्वाचित राष्ट्रपतिले प्राप्त गरेको ईतिहासकै सबैभन्दा धेरै मत हो । बिजयी बाईडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् । यद्वपी उनलाई राष्ट्रपति बन्न कानूनी चुनौति झेल्नुपर्नेछ ।… पुरा पढौ

पाँच नेताले एक मुखले बैठक माग गरेपछि ओलीले भने : ‘मैलेपनि सोंच्नुपर्छ, सल्लाह गर्नुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाउन आफूले सोंच्न र सल्लाह गर्न समय मागेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित सचिवालयका ५ नेताहरुले शनिबार अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट गरेर सचिवालय बैठक बोलाउन लिखित माग गरेपछि ओलीले बैठक बोलाउनेबारे आफूलाई सोंच्न र सल्लाह गर्ने समय दिन माग गरेका हुन् । प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक भोलि नभएपनि ढिलोमा पर्सी भित्र… पुरा पढौ

नेकपाका बहुमत सदस्यहरुको पार्टी अध्यक्ष ओलीलाई लिखित माग

कार्तिक २२ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तत्काल केन्द्रिय सचिवालय बैठक बोलाउन प्रचण्ड सहितका बहुमत सदस्यहरुले माग गरेका छन् । शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ सचिवालय सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा पुगी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस्तो माग गरेका हुन। सचिवालयका नौमध्ये पाँच नेता (प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) सहभागी शुक्रबारको अनौपचारिक बैठकले ओलीलाई भेटेर सचिवालयको औपचारिक बैठक बोलाउन लिखित माग गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।ओलीले बैठकका विषयमा… पुरा पढौ

सांसद केसीको निधनप्रति नेकपा कास्कीद्धारा गहिरो दुःख व्यक्त

पोखराका समाजसेवी, उद्योगपति तथा प्रतिनिधिसभा आमन्त्रित सदस्य स्व. सूर्यबहादुर (सिताराम) केसीको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्धारा गहिरो दुःख व्यक्त गरेको छ। नेकपा कास्कीका अध्यक्ष कृष्णबहादुर थापाद्धारा जारी विज्ञप्तिमा केसीको निधनप्रति दुःख व्यक्त गर्दै स्व. सांसदप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। ‘तत्कालीन पोखरा नगर पञ्चायतका निर्वाचित प्रधानपञ्च, संविधानसभा माननीय सदस्य, वरिष्ठ उद्योगपति आदरणीय सूर्यबहादुर केसी (सिताराम केसी) को ०७७ कार्तिक १७ गते उहाँको निवास पोखरा महानगरपालिका वडा नं ७, एअरपोर्टमा अकल्पनिय असामयिक निधन भएकोमा नेपाल कम्युनिष्ट… पुरा पढौ

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत गणना जारी, बाइडनको अग्रता कायमै, ट्रम्पद्वारा अझै जीतको दाबी

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत गणना जारी छ। हाल, अमेरिकाको एरिजोना, जर्जिया निभाडा, पेन्सिलभिनियालगायतका महत्वपूर्ण राज्यहरूमा हुलाकबाट आएको मतदानको गणना भइरहेका छन्। हालसम्मको मत गणनाको परिणाममा रिपब्लिकन पार्टीका उम्मेदवार तथा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनले अग्रतालाई कायमै राखेका छन्। हुलाकबाट आएको मतदानमा सर्वाधिक ७ करोड १५ लाख मत ल्याएर इतिहास रचेका बाइडनको अग्रता निरन्तर बढी रहेको संचार माध्यमहरुले उल्लेख गरेको छ। यसैबीच, डेमोक्राटिक पार्टीका उम्मेदवार जो बाइडनले शान्ति र संयमताको कामनासमेत गरेका छन्। उता, मत गणना… पुरा पढौ

कांग्रेस केन्द्रीय समिति बैठक कार्तिकको २४ गते

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कार्तिकको २४ गते दिउँसो १ बजे बस्ने भएको छ । यसअघि, कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बिहीबार भएको बैठकमा सहभागीहरुले बोल्ने क्रम जारी रहेकाले सो बैठक शुक्रबार पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा साढे १२ बजे बस्ने पार्टी कार्यालयले जनाएको छ। पुरा पढौ

प्रेस युनियन पुरस्कारका संस्थापक केसीको निधनप्रति कास्की युनियनद्वारा दुःख व्यक्त

पत्रकारिता पुरस्कारका संस्थापक सूर्यबहादुर केसीको निधनप्रति नेपाल प्रेस युनियन कास्कीले दुःख व्यक्त गरेको छ। ‘उहाँको निधनले हामी मर्माहत बनेका छौं, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, उहाँको शिक्षा, स्वास्थ्य, सञ्चार र राजनीतिमा पु¥याएको योगदान सदैव स्मरणीय रहने छ।’ विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस् भनि कामना गरिएको छ। काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रतिष्ठित व्यवसायी केसीले प्रेस युनियन कास्कीको आग्रहमा… पुरा पढौ

मुख्यमन्त्री गुरुङलाई सांसद कोईरालाको प्रश्न : अस्पतालमा बेड नपाएर मर्नु परेको दोषपनि प्रचण्डलाई नै दिएर उम्किनु हुन्छ कि केहि गर्नुहुन्छ ?

गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले आफूले गर्न नसकेका कामपनि प्रचण्डलाई दोष दिएर उम्किने कि आफैले केहि गर्ने भनेर कडा प्रश्न सोधेका छन् । मुख्यमन्त्री गुरुङले बुधबार एक अनलाईन न्यूज पोर्टललाई ‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको प्रतिउत्तर स्वरुप जवाफ फर्काउँदै नेकपा गण्डकी प्रदेश सदस्यसमेत रहेका सभापति कोईरालाले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पार्टी कसको कारण फुट्छ र त्यसको परिणाम क–कसले कस्तो रुपमा ब्यहोर्नु पर्ला (यदि पार्टी फुट्यो भने) त्यो समयले… पुरा पढौ

मुख्यमन्त्री आफ्नो अभिव्यक्तिबाट ब्याक, भने : ‘मेरो अभिव्यक्तिलाई अतिरञ्जित बनाईयो’

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो अभिव्यक्तिलाई अतरञ्जित पारिएको स्पष्ट पारेका छन् । ‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भन्ने विवादित अभिव्यक्तिसहितको अन्र्तवार्ता दिएपछि विवादमा फसेका मुख्यमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित बनाइएको स्पष्ट पारेका हुन् । मुख्यमन्त्रीका तर्फबाट उनका प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पार्टी अन्तर संघर्ष सम्बन्धमा मुख्यमन्त्रीज्यूको अभिव्यक्ति अतिरञ्जित र उत्तेजक शीर्षकमा समाचार बनेर आएछ, वास्तवमा मुख्यमन्त्रीज्यू पार्टी एकगठनका लागि मरिमेटेर लागिरहनु भएको छ ।’ न्यौपानेले मुख्यमन्त्रीको अभिव्यक्ति कुनै खास नेतालाई दोष… पुरा पढौ