राजनीति

सामान्य बन्दै पोखरा

सन्देश श्रेष्ठपोखरा, भदौ २६ पोखराको जनजीवन सामान्य बन्न थालेको छ । जेनजी आन्दोलनले अस्तव्यस्त बनेको पोखराको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको हो । भ्रष्टाचारबिरुद्द थालेको जेनजी आन्दोलनका कारण पोखरामा सरकारी कार्यालय, सरकारी निवास, प्रशासनिक भवन, नीजि तथा प्रष्तिठानहरुमा ठूलो क्षेती पुगेको छ । आन्दोलनका कारण सबैतिर अस्तव्यस्त भएको थियो । सोहि कारण अब के हुने हो भन्ने संसय पैदा भएको थियो । कहाँ कतिबेला के हुने हो भन्ने चिन्ता थपिएको थियो । तर अहिले पोखरा शान्त बनेको छ । कहिंकतै… पुरा पढौ

संविधानको अधीनस्थ रही नया सम्भावनाको ढोका खोलौं : खगराज

सन्देश श्रेष्ठपोखरा, भदौ २६ पूर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारीले संविधानमा अधीनस्थ रही नया सम्भावनाको ढोका खोल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसवुकमा विहीबार दिउँसो लामो स्टाटस लेख्दै कास्की क्षेत्र नम्बर १ (क)बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य अधिकारीले भनेका छन्,‘लोकतन्त्र र गणतन्त्रका मूल्यलाई सुरक्षित राख्दै युवा पुस्ताको सपना र आकांक्षलाई मूर्त रुप दिन हामी सबै मिलेर अघि बढ्नेछौं ।’ उनले लामो संघर्ष, र बलिदानबाट प्राप्त लोकतन्त्र र गणतन्त्र साझा गौरव एकाले यसलाई सुरक्षित र सबल बनाउनु साझा… पुरा पढौ

जेनजीले लगाए गण्डकीको मुख्यमन्त्री कार्यालय, पोखरा महानगरदेखि सबै सरकारी कार्यालयमा आगो

सन्देश श्रेष्ठपोखरा, भदौ २४ जेनजी प्रदर्शनकारीले पोखरास्थित सबै सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । भ्रष्टाचारबिरुद्द आन्दोलनमा होमिएको जेनजीले पोखरास्थित गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयसहित सबै मन्त्रालयहरुमा तोडफोड तथा आगजनी गरेका छन् । उनीहरुले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय भित्रै पसेर आगजनी गर्नुका साथै तोडफोड गरेका हुन् । त्यस्तै, गण्डकी प्रदेशका अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय,… पुरा पढौ

नागरिक समाजले भन्यो : जेनजी पुस्तामाथि सरकारले गोली वर्षाउनु अक्षम्य अपराध

पोखरा, २४ भदौ ।नागरिक समाज कास्कीले जेनजी पुस्ताको सोमबार शान्तिपूर्ण आन्दोलनका क्रममा सरकारका तर्फबाट भएको नरसंहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जार्दै इतिहासमै कलंकित हुने गरी भएको नरसंहारको जति भत्र्सना गरे पनि कमी हुने ठहर गरेको छ ।देशमा व्याप्त चरम भ्रष्टाचार बेथिति तथा नेताहरु र तिनका परिवारको उच्च बिलासी जीवनशैलीका साथै सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्दप्रति व्यापक असन्तुष्टि जनाउँदै भएको शान्तिपूर्ण प्रदर्शनमा नरसंहार र गोलाबारीबाट दर्जनौं किशोरकिशोरी र युवाहरुले अनाहक ज्यान गुमाएकोमा दुःख व्यक्त… पुरा पढौ

जेनजी आन्दोलनले देश आक्रान्तहुँदा गण्डकीका मुख्यमन्त्री र पोखराका मेयर विदेश सयरमा मस्त

सन्देश श्रेष्ठपोखरा, भदौ २४ जेनजी आन्दोलनले देश आक्रान्तहुँदा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य विदेश सयरमा छन् । भ्रष्टाचारबिरुद्द जेनजी आन्दोलनले जेहाद छेड्दा गण्डकीका मुख्यमन्त्री पाण्डे श्रीमती विना शर्मासहित र मेयर आचार्य विदेश सयरमा मस्त भएका हुन् । जेनजी आन्दोलनमा दमनहुँदा देशभर १९ जनाको ज्यान जानुका साथै सयौं घाईते भएर अस्पतालमा छटपटाईरहेका छन् । यता मुख्यमन्त्री पाण्डे दम्पती र मेयर आचार्य युएईमा घुमफीरमा छन् । उनीहरु कास्की आदर्श समाज अन्र्तराष्ट्रिय समन्वय परिषदद्वारा आयोजित पहिलो अन्र्तराष्ट्रिय… पुरा पढौ

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । भ्रष्टाचारको विरोधका साथसाथै सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध जेनजीहरुले सोमबार प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सरकारी दमन हुँदा १९ जनाको मृत्यु भएपछि मंगलबार आन्दोलन चर्किएको छ । प्रदर्शनकारी व्यापक तोडफोडमा उत्रिएर स्थिति नियन्त्रण बाहिर गएसँगै अन्ततः उनले राजीनामा दिएका हुन् । पुरा पढौ

पोखरामा जेन–जीको प्रदर्शन : महानगर कार्यालयमा आगजनी र तोडफोड, एक प्रदर्शनकारी घाईते

सन्देश श्रेष्ठपोखरा, भदौ २४ पोखरामा जेनजी प्रदर्शनले उग्र रुप लिएको छ । जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले पोखरा महानगरपालिकामा आगजनी र ढुंगामुढा गरेर तोडफोड गरेका छन् । पोखरा सभागृहमा भेला भएर न्यूरोडस्थित महानगरपालिकाको कार्यालय अगाडि पुगेका उनीहरुले महानगरपालिकाको गेट भत्काएर भित्रपट्टी आगो लगाएका हुन् । आगोको मूश्लो ठूलो छ । प्रदर्शनकारीले निरन्तर ढुंगामुढा गरिरहेका कारण प्रहरीले निभाउन सकेको छैन । आगलागीबाट महानगरपालिकाको गेट, भित्रपट्टीको भागमा क्षेती पुगेको छ । आगलागी ठूलै भएकाले क्षेती कति पुग्यो भनेर आकलन गर्न कठीन छ ।… पुरा पढौ

पोखरामा जेन-जी प्रदर्शन : मुख्यमन्त्री कार्यालय तोडफोड, एकजनालाई लाग्यो रबरको गोली

सन्देश श्रेष्ठपोखरा, भदौ २३ जेनजीको पोखरामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा मूठमेड सिर्जना भएको छ । काठमाडौंमा भएको प्रदर्शनका क्रममा घाईते भएका जेनजी प्रदर्शनकारीको मृत्यू भएको खबरले आक्रोसित पोखरेली जेनजी प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोज्दा मूठभेड भएको हो । सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध तथा भ्रष्टाचारबिरुद्द पोखरामा हजारौं सहभागी जेनजी समूह सभागृहचोकबाट न्यूरोड, चिप्लेढुंगा, मानवअधिकार चोक, सिद्दार्थचोक, बगालेटोल, सिर्जनाचोक, सिमलचौरहुँदै राष्ट्रबैंकचोक पुगेका थिए । त्यहाँ पुगेपछि प्रदर्शनकारीले काठमाडौंमा आफ्ना जेनजी प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यू भएको थाहा पाएपछि आक्रोसितहुँदै मुख्यमन्त्री कार्यालयतर्फ अगाडि… पुरा पढौ

जेनजी प्रदर्शनकारीले गरे गण्डकीको मुख्यमन्त्री कार्यालय तोडफोड

सन्देश श्रेष्ठपोखरा, भदौ २३ पोखरामा भएको जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा रत्नचोक र सहिदचोकको बिचमा रहेको मुख्यमन्त्री कार्यालय पुगेका जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गा हानेर तोडफोड गरेका हुन् । तोडफोडबाट मुख्यमन्त्री कार्यालयको झ्यालको सिसा फुटेको छ । जेनजीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको तथा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौंमा ५ जनाको मृत्यू भएको थाहा पाएपछि पोखराका जेनजी आक्रोषित भएका थिए । त्यसपछि उनीहरुले आक्रमण शुरु गरेका थिए । जेनजी प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास… पुरा पढौ

पोखरामा रबरको गोली लागेर एक घाईते

सन्देश श्रेष्ठपोखरा, भदौ २३ पोखरामा जेनजी प्रदर्शनमा सहभागी एक जनालाई गोली लागेको छ । मुख्यमन्त्री कार्यालय अगाडि भएको प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर पोखरा–१७ विरौटाका २८ विनस गुरुङ घाईते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको टाउको उपचार भइरहेको छ । यसैबीच, घाईते गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका अध्यक्ष यदू अधिकारीले भेटेका छन् । गुरुङ उपचाररत जिएमसी अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनका अनुसार घाईते गुरुङ… पुरा पढौ