राजनीति

पोखरामा शनिबार एमालेको बृहत् जागरण सभा

नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदैछ । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा आयोजना गरेको हो । सभाअघि ३ ठाउँबाट बृहत् र्‍याली निकालिने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्‍याली निकालिने र उक्त र्‍याली चिप्लेढुंगा पुगेर सभामा मिसिने उनले बताए । रानीपौवाबाट सुरू हुने र्‍यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा-१०, १२, १३, १४, १५, २०, २६, २७, २८, २९, ३०, ३१, ३१… पुरा पढौ

नेताहरुलाई आफू बस्ने जेल तयार बनाएर राख्न राजेन्द्र लिङ्देनको चेतावनी

पोखरा, चैत २६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरुलाई आफू बस्ने जेल तयार बनाएर राख्न चेतावनी दिएका छन् । राप्रपाले आज काठमाडौंमा राजतन्त्र र हिन्दू राज्य पुर्नस्थापनाको माग गर्दै आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने,‘तपाईंहरुले राजतन्त्र फालेर प्रजातन्त्र, लोकतन्त्रहुँदै गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउनु भएको छ । तपाईंहरुले लुटतन्त्र चलाएको जनतालाई राम्रोसँग थाहा छ । त्यसको भागिदार तपाईंहरुलाई बनाएरै छाड्छौं । त्यसका लागि आफू बस्ने जेलपनि तयार गरेर राख्नुहोला ।’ अध्यक्ष लिङ्देनले राजालाई सम्मानपूर्वक राख्ने ब्यबस्था गर्नुपर्ने… पुरा पढौ

रवि लामिछाने रूपन्देही कारागार चलान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन। दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएका लामिछाने आज जिल्ला कारागार चलान भएका हुन। आज बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि उनलाई थुनुवा पुर्जी दिइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरेलगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर… पुरा पढौ

थाइल्याण्डको औपचारिक भ्रमणबाट प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्किएका छन । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गरे । प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत र नेपालका लागि थाइल्याण्डका कार्यवाहक राजदुत स्वागतका लागि विमानस्थल पु गेको छ ।… पुरा पढौ

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन । भेटवार्ता कक्षबाट बाहिरिने क्रममा राससका विशेष प्रतिनिधिलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, “म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ । अहिलेलाई यति ।” थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच पूर्वनिर्धारित तालिकाअनुसार… पुरा पढौ

गण्डकीका मन्त्री थापा निरन्तर सामाजिक सेवामा : ७ वर्षमा खर्चिए ७९ लाख

पोखरा, चैत १९ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले झण्डै ८० लाख सामाजिक सेवामा खर्चिएका छन् । राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा जनताको हितमा खर्च गर्दै आएका थापाले पछिल्लो ७ वर्षमा ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ सामाजिक सेवामा खर्च गरेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । २०७४ सालबाट निरन्तर दुई पटक प्रदेश सभा सदस्यमा निर्वाचित थापा हाल विगत दुई वर्षदेखि प्रादेशिक मन्त्री छन् । उनले ७ वर्षको अवधीमा प्रदेशसभा र मन्त्रालयबाट… पुरा पढौ

गण्डकीका मन्त्री थापाद्धारा हालसम्म ७९ लाख सामाजिक सेवामा खर्च

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा जनताको हितमा खर्च गर्दै आएका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकताअनुसार रचनात्मक कार्यमा लगाउँदै आएको उल्लेख गरे ।“जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई सम्बोधन गर्नु मेरो कर्तव्य हो। मैले पाएको सेवा–सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छु”, मन्त्री थापाले भने। मन्त्री थापाका अनुसार २०७४ सालदेखि… पुरा पढौ

डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरण जरुरीः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गरेका छन । मन्त्रालयले आज यहाँ आयोजना गरेको विषयगत समितिको बैठकमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबै स्थानीय तहमा विद्युत्, टेलिफोन र इन्टरनेटको पहुँच महत्वपूर्ण भएको बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विद्युतीय सुशासन कायम गराउने महत्वपूर्ण मन्त्रालय भएकाले यस मातहतका निकायले जिम्मेवारीपूवर्क दायित्व पूरा गर्नुपर्ने उनको भनाइ थियो । उनले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) विस्तारमा जोड दिन, विज्ञापन चुहावट… पुरा पढौ

पत्रकार रजकको हत्याको विरोधमा पत्रकार महासंघ कास्कीलेपनि गर्यो विरोध प्रदर्शन

पोखरा, चैत १६ पत्रकार सुरेश रजकको हत्या र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा पत्रकारहरुले पोखरामापनि विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा महासंघ कार्यालयबाट शुरु भएको विरोध र्याली राष्ट्रबैंकचोकहुँदै सहिदचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभामा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले राजावादीको नाममा भएको आन्दोलनमा पत्रकारको हत्या गरिनू निन्दनीय भएको बताए । उनले भने,‘निरंकुश राजतन्त्र फर्काउने आन्दोलनमा प्रेसमाथि आक्रमण हुनु र पत्रकारको हत्या हुनु दुःखद हो । यसको हामी घोर… पुरा पढौ

राजावादीले अराजकता मच्चाएपछि प्रधानमन्त्रीले बोलाए मन्त्री परिषदको आकस्मिक बैठक

पोखरा, चैत १५ राजावादीहरुले अराजकता मच्चाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको आकस्मिक बैठक बोलाएका छन् । राजावादीको आन्दोलन हिंसात्मक भएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलावट भएको एक मन्त्रीले जानकारी दिए । बैठक आजै साँझ बस्न लागेको उनको भनाई छ । राजावादीले आज दिउँसो काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा निशेधित क्षेत्र तोड्ने प्रयास भएपछि दुई पक्षबीच झडप भएको थियो । त्यसपछि राजावादीहरु पार्टी कार्यालय, भाटभटेनी, नीजि घर, ट्याक्सीलगायतमा तोडफोड… पुरा पढौ