समाज

फेवा नव बर्ष महोत्सव २९ चैतदेखि बैशाख १ गतेसम्म

होटल संघ पोखरा नेपालको आयोजनामा २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २९ चैतदेखि बैशाख १ गतेसम्म संचालन हुने भएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक बर्ष झैं यो पटक पनि लेकसाईडको सडकमा महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको संयोजक सुवेदीले बताए । संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीलाई महोत्सवको सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।… पुरा पढौ

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गरेकी छन् । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत त्यहाँ पुगेकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना सहित निरीक्षण गरेकी हुन् । त्यसअवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गरेका थिए । मन्दिरका पुजारीबाट स्वस्तिवाचनसमेत गरिएको थियो । पूजा आराधनापश्चात् प्रधाममन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका साथै आवश्यक जानकारी लिईन् । पूजापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले जनकपुरधाममा आफ्नो… पुरा पढौ

मानसिक स्वास्थ्य सुदृढीकरणमै समावेशी विकासको आधार ः मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मानसिक स्वास्थ्यलाई आजको समाजको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयका रूपमा औंल्याएका छन्। वडा स्तरीय दलित सञ्जाल, पोखरा–९ द्वारा आयोजित “मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि सचेतनामूलक कार्यक्रम” मा उनले यस्तो बताएका हुन् । विशेषगरी दलित समुदायसहित सबै वर्गका नागरिकको मनोसामाजिक सशक्तीकरणका लागि सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता औंल्याउँदै उनले यस्ता पहलहरूले सकारात्मक सोच, आत्मबल वृद्धि तथा समावेशी विकासमा ठोस योगदान पु¥याउने विश्वास व्यक्त गरे।मन्त्री थापाले प्रदेश सरकार भौतिक विकाससँगै मानसिक र नैतिक विकासमा… पुरा पढौ

पोखरा ट्रेड मलको अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा

पोखराको व्यावसायिक क्षेत्रलाई गतिशील बनाउँदै आएको पोखरा ट्रेड मलमा नयाँ सञ्चालक समिति चयन भएको छ। नवगठित समितिले संस्थाको समग्र व्यवस्थापन, सेवा विस्तार तथा ग्राहकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढाउने प्रतिबद्धता जनाएको छ। नयाँ सञ्चालक समितिमा अध्यक्षमा दीपक कुमार मुल्मी, प्रबन्ध निर्देशकमा सौगात थापा तथा सदस्यहरूमा सन्तोष कुमार घिमिरे, शिव शर्मा, राम कुमार श्रेष्ठ, नगेन्द्र प्रसाद पोखरेल र हरिश चन्द्र तिवारी चयन भएका छन्। नवनियुक्त अध्यक्ष मुल्मीले पोखरा ट्रेड मललाई अझ व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउन आफूहरू प्रतिबद्ध रहेको… पुरा पढौ

जनप्रिय माविको शिक्षक अभिभावक संघमा धमला

पोखराको सिमलचौरमा रहेको जनप्रिय माध्यमिक विद्यालयमा विहीबार अभिभावक भेला सम्पन्न भएको छ । भेलाले विद्यालय व्यवस्थापन समितिमा अभिभावकबाट चयन हुने ३ सदस्य टोली सर्वसम्मत चयन गरेको छ । जसमा सरस्वती शाही पोख्रेल, टंकप्रसाद सुवेदी र देवीप्रसाद त्रिपाठी रहेका छन् ।सोही भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा केदार धमलालाई चुनेको छ । संघको सदस्यमा रिङ्कु जैसवाल, माया पाण्डे, पानमाया परियार, अनु सिंह, सुशिला श्रेष्ठ, सपना पराजुली र कवितादेवी ढकाल रेग्मीलाई सर्वसम्मत चयन भएको छनौट समितिका संयोजक शिक्षा अधिकृत रामप्रसाद तिवारीले जानकारी दिए… पुरा पढौ

अन्र्तराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता पोखरामा शुरु

सन्देश श्रेष्ठपोखरा, चैत ५ पोखरामा अन्र्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता शुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा ‘२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ शुरु भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज उद्घाटन गरे । चैत ७ गते शनिबारसम्म हुने प्रतियोगितामा एकलतर्फ पुरुष र महिला एक्युरेसी तथा समूहगत प्रतिस्पर्धा हुँदैछ । जसमा ५ देशका ६२ जना खेलाडी पाइलट सहभागी भएको कार्यक्रम संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए । जसमा ५२ जना पुरुष र १०… पुरा पढौ

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् । बेनीमा रहेको एकिकृत सेवा कार्यालय मार्फत सञ्चालित ती योजनाहरुका लागि प्रदेश सरकारले रु एक करोड ४० लाख बजेट बिनियोजन गरेको छ । तीन वटा योजना सम्पन्न भइसकेका कार्यालयका नायव सुब्बा सुवास सुवेदीले जानकारी दिए । बाँकी योजनाहरुको सर्वेक्षण, डिजाइन नक्साङकन, लागत अनुमान तयार, सम्झौता र कार्यान्वयनको चरणमा रहेका छन् । रु। पाँच÷पाँच लाख बजेट बिनियोजन भएको बेनपा–९ को ढाडा पधेरा आरोटा, पाखाथर… पुरा पढौ

भारतीय पेन्सन क्याम्पमा भूतपूर्व सैनिक भलिबल सुरु, १९ वटा बटालियन टोली सहभागि, विजेताले १ लाख पाउने

पोखरा, चैत ४ । भारतीय पेन्सन वितरण कार्यालय (पी.पी.ओ.) पोखराको आयोजनामा सातौं संस्करण अन्तर बटालियन भूतपूर्व सैनिक भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन पी.पी.ओ. पोखराका प्रभारी अधिकारी लेफ्टिनेन्ट कर्णेल चितारंजन शाहूले खेलाडीहरूलाई बल हस्तान्तरण गरी गरेका हुन्। उद्घाटन समारोहमा भूतपूर्व अफिसर, जेसीओ, एनसीओ, वीरनारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। साथै नेपाल एसबीआई बैंकका गण्डकी प्रदेश प्रमुख तेज बहादुर थापा, एभरेष्ट बैंकका गण्डकी प्रदेश प्रमुख चन्द्र बहादुर गुरुङ, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बल नारायण श्रेष्ठ तथा भूपू गोर्खा… पुरा पढौ

पोखराको चुरुङ्गामा जिल्लास्तरीय भजन गायन प्रतियोगिता हुने

चैते दशैंको छेको पारी पोखरामहानगरपालिका वडा नं. १९ चुरुङ्गामा जिल्लास्तरीय भजन गायन प्रतियोगिता हुने भएको छ । चुरुङ्गामा अवस्थित प्राचिन दुर्गामन्दिर एवं गौरीशंकर ब्रह्मविद्यापीठको प्राङ्गणमा हालै पुर्ननिर्माण गरिएको दुर्गा पाञ्चायन मन्दिरको दोस्रो वार्षिकोत्सवसँगै जिल्लास्तरीय भजन गायन प्रतियोगिताको तयारी शुरु गरिएको मन्दिरका कार्यबाहक अध्यक्ष शंकर गौतमले जानकारी दिए । यही चैत ११ गते हुने प्रतियोगितामा जिल्ला बाहिरका सहित करिब १५ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक सन्दीप केसीले बताए । उनका अनुसार कार्यक्रमलाई व्यवस्थित गर्न बिभिन्न संघ संस्था, आमा समुह, धार्मिक संस्था… पुरा पढौ

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै पोखराको ‘सुन गुफा’

पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । बाटुलेचौरमा रहेका महेन्द्र, चमेरे तथा छोरेपाटनको गुप्तेश्वर महादेवलगायत गुफाहरूले पोखराको पर्यटकीय आकर्षण बढाएका छन् । विभिन्न रहस्यात्मक गुफाका कारण पोखरा आउने पर्यटकको बसाइँसमेत लम्ब्याइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङस्थित सुन गुफालाई अर्को नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यतिखेर यहाँका स्थानीयवासी सक्रिय बनेका छन् । करिब डेढ किलोमिटर लामो अनुमान गरिएको उक्त गुफा तिक्लाङ खेलमैदानको बीचबाट सेती नदीको तिरस्थित चुनेपहरोसम्म रहेको स्थानीयवासी बताउँछन् । स्थानीयहरू यस गुफाका सम्बन्धमा धेरै पहिलादेखि जानकार भए… पुरा पढौ