समाज

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । केपिलासगढी गाउँपालिका २ खार्ताम्छाको बालाबेसीमा ल्यान्ड गर्नेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो । पाँच जना यात्रु बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो । बिरामी बोकेर गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको एयर डानेस्टीले जनाएको छ ।स्थानीयका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । दुर्घटनामा परि काजीबहादुर राई घाइते भएको प्रहरीले बताएको छ । घाइतेको गोडा भाँचिएको र अवस्था सामान्य रहेको छ ।हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए । पुरा पढौ

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गरेकी छन् । फागुन २१ को निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि उनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्नुका साथै पूजाअर्चना गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ, सहयोग प्राप्त भएकोमा कृतज्ञता व्यक्त गरिन् । यसैगरी उनले आगामी दिनमा देश थप उन्नतिको मार्गतर्फ अग्रसर होस् र सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी कामना समेत गरेकी छन् । सो अवसरमा… पुरा पढौ

फलेवास नगरपालिकाको नयाँ भवन निर्माण

पर्वतको फलेवास नगरपालिकाको नयाँ सुविधा सम्पन्न भवन निर्माण भएको छ । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित रु नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ । नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो । रङरोगन, झ्याल–ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’ जारी रहेको नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिँदै यथाशीघ्र नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी भएको… पुरा पढौ

कास्की प्रशासनमा झूठो विवरण पेस गरि दोहोरो नागरिकता लिएको आरोपमा एक पक्राउ

सन्देश श्रेष्ठपोखरा, चैत ३ झुक्याएर दोहोरो नागरिकता लिएको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । रुकुमबाट नागरिकता लिइसकेर झूठो विवरण पेस गरि कास्कीबाट नागरिकता लिएको आरोपमा हिराधन पुन पक्राउ परेका हुन् । पुनले नाम, थर, जन्म मिति, जन्म स्थान, स्थायी ठेगाना र बुबाको नामसमेत झूठो विवरण पेस गरेर जिल्ला प्रशासन कार्यालय कास्कीबाट २०५८ साल बैशाख २० गते पुनः नागरिकता लिएको खुलेकाले उनलाई नियन्त्रणमा लिइएका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिएका हुन् । उनका अनुसार रुकुम जिल्लाको… पुरा पढौ

गणित दिवसमा पोखरामा ‘म्याथम्याटिक्स इन द स्ट्रीट’ कार्यक्रम आयोजना

पोखरा, चैत ३अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा पोखरामा ‘म्याथम्याटिक्स इन द स्ट्रीट’ कार्यक्रम आयोजना गरिएको छ । गणितज्ञ निकोलस सान्तोषको परिकल्पना अनुसार नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो ।समाजका सभापति डा. त्रिभुवन शर्माले विद्यार्थीमा मात्र नभई सर्वसाधारणलाई पनि गणितको महत्व बुझाउने प्रयासस्वरुप सडकमै गणित पढाउने अभ्यास गरिएको बताए । कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गरेका थिए ।‘म्याथम्याटिक्स एण्ड होप’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीले ‘टावर अफ हनोई’, ‘टेनग्राम पजल,’ ट्रयांगल फर्मेसन… पुरा पढौ

पोखराको एक खाजाघरमा यौन व्यापार ! २ पक्राउ

सन्देश श्रेष्ठपोखरा, चैत ३ यौन पेशा अप्नाउन बाध्य बनाएको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । नेपालको कानूनले बर्जित गरेको यौनजन्य पेशा अप्नाउन बाध्य बनाउने पोखरा–८ जाल्पारोडस्थित एक खाजा घरबाट कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भई पोखरा–१४ चाउथे बस्ने वर्ष २४ का राधेश्याम शाह र बागलुङ काठेखोला गाउँपालिका–४ घर भई हाल पोखरा–१ बजगर बस्ने २८ वर्षिय खेमु थापा रहेको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । सो कार्यमा संलग्न अन्य केहि… पुरा पढौ

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवम् गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल भिटोफ गण्डकी प्रदेशको सह–आयोजनामा सो मार्ट हुन लागेको हो । गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आगामी वैशाख १८ र १९ गते मार्ट गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए । पोखरा पर्यटन परिषद्, होमस्टे महासङ्घ नेपाल, गण्डकी प्रदेशलगायत पर्यटन सम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा हुने मार्टमा गण्डकी… पुरा पढौ

बागलुङमा दादुराका ६७ बिरामी उपचारपछि घर फर्के,२० जना अझै ‘आइसोलेसन’मा

दादुराबाट प्रभावित बागलुङको ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो । दादुराबाट बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँ प्रभावित भएका थिए । प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार बुर्तिबाङ अस्पतालमा १६ र बोबाङ स्वास्थ्यचौकीमा चार गरी २० बिरामीको उपचार भइरहेको छ । काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिएकामा सात जनामा दादुरा सङ्क्रमण… पुरा पढौ

शोकमा रहेका एमाले अध्यक्ष ओली भेट्न राष्ट्रपति र उपराष्ट्रपति गुण्डुमा

राष्ट्रपति रामचन्द्र पौडेल, पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् । गुण्डु पुगेका राष्ट्रपति पौडेलले ओलीलाई समवेदना प्रकट गरेका छन् । उनले ओलीका पिता मोहनप्रसाद ओलीको तस्विरमा माल्र्यापण गर्दै, शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गरे । यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका एमालेका अध्यक्ष ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो । पुरा पढौ

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम

लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने प्लम्बिङ तालिम शुरु भएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सोमबारदेखि तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले युवाहरुलाई स्वरोजगार र उद्यमशील र आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको वताउँदै स्वदेशमै केही गर्न चाहने वा विदेश जानेहरुका लागि पनि यस प्रकारका तालिम निकै उपयोगी हुने बताइन् । उनले पहिलो चरणको तालिम लिइसकेकालाई आवश्यक परेको खण्डमा ’एड्भान्स्ड’… पुरा पढौ