देश

हस्ताक्षर संकलनले पार्टी विभाजन हुने खतरा बढ्छः कांग्रेस नेता कृष्ण सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन माग्दै भइरहेको हस्ताक्षर संकलनले पार्टी विभाजन हुने खतरा बढेको संकेत गरेका छन् । बिहीबार विहान आफ्नै निवासमा पुगेका उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरुसँग उनले पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चलाइरहेको हस्ताक्षर अभियानले पाटीलार्ई विभाजनतिर जाने उनको जिकिर छ।‘अहिले दुईजना महामन्त्रीले हस्ताक्षर अभियान पनि चलाइरहेका छन्, यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्नेस्थितिसम्म पु¥याइदिन सक्छ,’ सिटौलाको भनाइ छ, ‘जहाँ हस्ताक्षर अभियान गर्ने र नगर्ने भइसकेपछि त गर्ने एकातिर, नगर्ने अर्काेतिर हुन्छ। यसैपनि… पुरा पढौ

माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका १४ जना पक्राउ, सुरक्षा व्यवस्था कडा

माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जेनजी आन्दोलनमा धोका भएको भन्दै प्रदर्शन गर्न पुगेका निकोलस भुसाल, मोहन तामाङ, युवराज कटवाल लगायत १४ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। उक्त क्षेत्रमा प्रदर्शन गर्न पनि रोक लगाइएको छ। काठमाण्डौंको माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।संभावित आन्दोलनलाई मध्यनजर गरी ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ । जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी… पुरा पढौ

ओलीले नेतृत्व छाड्ने विषयमा सचिवालय बैठकमै निर्णायक छलफल हुन्छ ः एमाले उपाध्यक्ष ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्ने विषयमा शुक्रबार बस्ने सचिवालय बैठकमै निर्णायक छलफल हुने बताएका छन् । शिर्ष पार्टीका शीर्ष नेताहरुले स्वेच्छिक रुपमा नेतृत्व छाड्नुपर्ने आवाज नागरिक समाज देखि पार्टीभित्रै उठिरहेका बेला उपाध्यक्ष ज्ञवालीले नेतृत्व पुस्तान्तरणको विषय राष्ट्रिय बहसको विषय बनेको स्पष्ट पार्दै यसका विषयमा अन्य प्रमुख दलहरुभित्र पनि चर्को दबाब रहेको बताए ।‘एउटा राष्ट्रिय बहसको विषय बनेको छ, पार्टीभित्र तलैसम्म नेतृत्वले राजीनामा दिनुपर्ने कुरा उठेको छ,’ ज्ञवालीले भने, ‘सचिवालय बैठकमा अगाडि बढ्ने सन्दर्भमा… पुरा पढौ

तनहुँका स्थानीय तहद्वारा १५ किलोमिटर सडक कालोपत्र

तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । म्याग्दे गाउँपालिकाले एक वर्षको अवधिमा एक दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। त्यस्तै दुई दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ भने तीन दशमलव एक किलोमिटर ग्राभेल गरिएको छ । सोही अवधिमा… पुरा पढौ

सुनको मूल्य निरन्तर अकासिँदो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा बिहीबार सुनको मूल्य २ लाख ४० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य समेत ३ हजार ३५ रुपैयाँ पुगेको छ । बुधबार तोलामा २ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर कारोबार भएको हो । पुरा पढौ

मनसुन क्रमशः कमजोर हुँदै

जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही… पुरा पढौ

आइसिसी टी -२० : नेपालसँग कुवेत पराजित

आइसिसी टी -२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी-१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछाएको कुवेत १८ दशमलव एक ओभरमा सबै ‘विकेट’ गुमाउँदै ८३ रनमा समेटियो । कुवेतका लागि ‘ओपनर’ क्लिन्टो आन्टोले २६ तथा यासिन पटेलले १९ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रोहित… पुरा पढौ

आज विश्व हुलाक दिवस मनाइँदै

‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ । सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक सङ्घको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो । त्यसपछि विश्वका विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन् । यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि… पुरा पढौ

हाम्रा सुरक्षा निकाय डिप स्टेट होल्डरसँग बिके : खगराज

सन्देश श्रेष्ठपोखरा, असोज २२ नेकपा एमालेका नेता खगराज अधिकारीले अध्यक्ष केपी शर्मा ओलीले देशका सबै सुरक्षा निकाय डिप स्टेट होल्डरसँग बिकेको गम्भीर आरोप लगाएका छन् । नेकपा एमाले पोखरा महानगर कमिटीको कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै पूर्व गृहमन्त्री तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका उनले नेपाली सेना, प्रहरीलगायतका चारवटै सुरक्षा निकायहरु डिप स्टेट होल्डरसँग बिकेको दाबी गरेका हुन् । केहि समुन्द्र पारीका र केहि छिमेकी डिप स्टेट होल्डरहरुका कारण अहिलेका अवस्था सिर्जना भएको हो,उनले भने,‘यसमा हाम्रा चारवटै सुरक्षा निकायहरु सेना,… पुरा पढौ

ओलीलाई गिरफ्तार गर्ने प्रयास भएमा त्यसको कडा प्रतिवाद गर्ने एमाले नेता अधिकारीको चेतावनी

नेकपा एमालेका नेता खगराज अधिकारीले पार्टी अध्यक्ष केपी ओलीलाई गिरफ्तार गर्ने प्रयास भएमा एमाले कार्यकर्ताहरूले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी पनि दिएका छन् । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीेले आज आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले केपी ओलीलाई गिरफ्तार गर्‍यो भने कास्कीले सबभन्दा ठूलो जुलुश निकाल्ने र कास्कीले जिम्मा लिने दावी गरे ।उनले भने, ‘भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो, गोविन्द गौतमले रगत बगाएको ठाउँ हो । धेरै शहीदहरुले हाम्रा झपेन्द्र कार्की, ऋषि परियारहरुले… पुरा पढौ