देश

ब्रिटिश सांसदले शुरु गरे, लन्डन–काठमाडौं सिधा हवाई उडानमा दबाब दिन हस्ताक्षर अभियान

ब्रिटेनमा लन्डन–काठमाडौं सिधा हवाई उडानका लागि हस्ताक्षर अभियान थालिएको छ । ब्रिटेनको सत्तारुढ लेबर पार्टीका सांसद ग्यारथ थोमसले सिधा हवाइ उडान सुरु गर्न माग गर्दै एक हस्ताक्षर अभियान (पिटिशन) सुरु गरेका छन् । लन्डनको ह्यारो वेष्टबाट निर्वाचित सांसद ग्यारथले नेपाली समुदायको माग बमोजिम उक्त अभियान सुरु गरेका हुन्।यनी त्यहाँबाट चौंथो पटक निर्वाचित सांसद हुन् । ‘युनाइटेड किङ्डममा रहेको नेपाली समुदाय बेलायतका सबैभन्दा छिटो बढ्दै गरेका र जीवन्त प्रवासी समूहहरूमध्ये एक हो’ ग्यारथले आफ्नो पिटिशनमा भनेका छन्, ‘ऐतिहासिक रूपमा बेलायत र… पुरा पढौ

सुनको मूल्य निरन्तर अकासिँदो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधवार २ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा दुई लाख ३५ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला दुई हजार ९५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । पुरा पढौ

पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पटक–पटक म्याद थप गर्दापनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली(मिलनचोक( बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर रओमबुद्ध जेभी बसुन्धरा काठमाडौँको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो । १८ महिनाभित्र काम सम्पन्न गर्नेगरी विसं २०७८ जेठ १८ गते सम्झौता भएको सडक विसं २०७९ फागुन १७ गते सम्पन्न गर्नुपर्ने भएपनि निर्माण व्यावसायिले सडक चक्ल्याउने बाहेक अन्य काम गरेको थिएन । पटक पटक म्याद… पुरा पढौ

छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई मन्दिरको सौन्दर्यकरण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा रहेको छिम्केश्वरी माईलाई धार्मिक पर्यटकीय स्थल बनाउन पालिकाले यसको सौन्दर्यकरण गरिएको हो । छिम्केश्वरी समुन्द्र उचाइबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छ । मन्दिरको पुनर्निर्माण अभियानअन्तर्गत दर्शनका लागि भक्तजन तथा पर्यटकको विश्रामका लागि नेपाली कला संस्कृति झल्किने पौवा पाटी फाल्चा निर्माण गरिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । त्यस्तै मन्दिरभित्र पित्तलको चदँुवा तथा पाताहरु लगाउने, बाहिर पेटी तथा सिँढीहरुमा तेरिया इट्टा… पुरा पढौ

मनसुन कमजोर बन्दै, केही भूभागमा मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुुसार मनसुन कमजोर बन्दै गएको छ । महाशाखाले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी भूभाग तथा बागमती प्रदेशका थोरै स्थान… पुरा पढौ

टी-२० विश्वकप छनोट : आज नेपाल कुवेतसँग भिड्दै

टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली राष्ट्रिय क्रिकेट टिम कुवेतसँग भिड्दैछ। नेपालसहित ९ राष्ट्रले टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन्। समूह ‘बी’मा रहेको नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। सुपर सिक्सका शीर्ष तीन टोलीले सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकपमा स्थान बनाउने छन्। नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ।… पुरा पढौ

आज मलेसियासँग फाइनलमा प्रतिस्पर्धा गर्दै नेपाल

अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको फाइनलमा नेपाली महिला टिमले बुधबार आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन्। पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो। नेपाल र मलेसियाको फाइनल भिडन्त आज बिहान ७:४५ बजे सुरु हुनेछ। पुरा पढौ

निर्वाचन आयोगले असोज ३० गते दलहरूसँग छलफल गर्ने

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक दलसँग छलफलको तयारी गरेको छ । राजनीतिक दलहरूसँग संवादबिनै चुनावी तालिका सार्वजनिक गरिएको भन्दै आलोचना भइरहेका बेला आयोग छलफलको तयारीमा जुटेको हो । यसअघि गत भदौ २३ गते दलसँग आयोगले छलफल गर्ने तयारी गरेकोमा जेनजीको आन्दोलनले प्रभावित भएपछि केही ढिला भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले आयोगले अब जतिसक्दो चाडै राजनीतिक दलसँग छलफल गर्ने तयारी गरिएको बताए । आयोग उच्च स्रोतका अनुसार भने आयोगले यही असोज ३० गते दिउँसो साढे ११… पुरा पढौ

लेकसाइडमा व्यबसायी रोहितमाथि आक्रमण गर्नेलाई कारवार्ही गर्न प्रहरीमा जाहेरी

पोखराको लेकसाइडमा कलवार युवा समितिका अध्यक्ष रोहित चौधरी (सन्तोष) माथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्नेलाई कारवार्ही गर्न माग गरिएको छ । कलवार कल्याणकारी सेवा समाज पोखराका अध्यक्ष अशोक कुमार चौधरीले मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगी आक्रमणकारीको तत्काल पहिचान गरी ज्यान मार्ने उद्योगको आरोपमा कारवार्ही गर्न माग गर्दै जाहेरी दर्ता गराएका हुन् । अध्यक्ष चौधरीले जाहेरीमार्फत दोषीहरूको पहिचान गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ बमोजिम कारबाही गर्न माग गरेका छन् । साथै, घाइतेको उपचार खर्च र क्षतिपूर्तिका… पुरा पढौ

सुनको मूल्य निरन्तर अकासिँदो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु दुई हजार ३०० ले बढेर रु दुई लाख ३५ हजार ४०० कायम भएको छ । चाँदीको मूल्य भने स्थिर छ । सोमबार एक तोला चाँदी रु दुई हजार ९६० मा खरिदबिक्री भएको… पुरा पढौ