देश

पार्टी पुर्नःगठन गर्ने काममा ढिलाइ नगर्न एमाले, माओवादी केन्द्र र समाजवादीका युवा नेताहरुको आग्रह

प्रमुख तीन दलका युवा नेताहरुले पार्टी पुर्नःगठन गर्ने काममा ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो–तेस्रो तहका नेताहरूलाई आग्रह गरेका छन्। जेनजी आन्दोलनलाई समर्थन गर्दै एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा नेताहरुले राजनीतिलाई नै असफल बनाइ रहेका पार्टीका मुख्य नेताहरुलाई पदमा राखेर अघि बढ्न नसकिने स्पष्ट पार्दै, दोस्रो तथा तेस्रो तहका नेताहरु अघि सर्नुपर्नेमा जोड दिएका हुन् । एमाले केन्द्रीय सदस्यद्वय उषाकिरण तिम्सिना, अरविन्द सिंहसहित २८ जना युवा नेताहरुले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल… पुरा पढौ

विपद्मा बेपत्ताको खोज तथा उद्धारलाई निरन्तरता दिइने

विपद् न्यूनीकरण परिषद्को १९औँ बैठकले प्राकृतिक विपद्मा परी बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय गरेको छ । सो निर्णयसँगै उक्त कार्यमा खटिन गृह मन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।अवरुद्ध सडक खुलाउन, अव्यवस्थित यातायातलाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी तत्काल व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ ।खानेपानी, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका स्थानमा सम्बन्धित निकायले यथाशीघ्र पुनःसञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । राहत… पुरा पढौ

गण्डकीको मुख्यमन्त्री निवासमा दोस्रोपटक आगजनी गर्ने एकजना पक्राउ

गत असोज १२ गते राती गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आगजनीपछि फरार भएको सूचनाका आधारमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई हाल पोखरा–७ राष्ट्र बैंक चोक बस्ने २२ वर्षीय संयोग थापालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । अनुसन्धानका क्रममा निजले नेपाल राष्ट्र बैङ्कको पर्खाल छेउमा रहेको एनआइएमबी बैङ्कको ‘एटिएम मेसिन’को ‘स्क्रिन’मा ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ । रासस पुरा पढौ

कांग्रेस नेता शेखर कोईरालासँग महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको भेट,मंसिरमै महाधिवेशन गर्नुपर्नेमा जोड

नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनका लागि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले सक्रियता बढाएका छन् । जेनजी आन्दोलनपछि राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनको बहस चर्किँदै गईरहेको बेला नेपाली कांग्रेस भित्र पनि बहस चलेको हो । यसका लागि महामन्त्री गगन थापाले सोमबार र अर्का महामन्त्री शर्माले कांग्रेस नेता शेखर कोईरालासँग छलफल गरेका छन् ।‘सोमबार महामन्त्री थापा र शेखर दाइबीच कुरा भएको थियो। महामन्त्रीले सभापतिलाई जसरी पनि यसपटक हटाएर पार्टी रिफर्म गरौँ भन्नुभयो,’ छलफलमा रहेका शेखरनिकट एक नेताले भने, ‘शेखर दाइले पनि एक… पुरा पढौ

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

महिला ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ ।यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा… पुरा पढौ

अख्तियार प्रमुख राईको राजीनामा माग्दै जेनजी युवाको प्रदर्शन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै जेनजी युवाहरुले प्रदर्शन गरेका छन्। टंगालमा रहेको आयोगको केन्द्रीय कार्यालय अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् ।‘जेनजी मुभमेन्ट अलायन्स’ले आयोगका प्रमुख आयुक्त राई सहितका आयुक्तको राजीनामा माग गर्दै निवेदन दर्ता समेत गराएको छ ।अलायन्सले मंगलबार बिहान अख्तियारमै पुगेर निवेदन दर्ता गराएको हो।अलायन्सले राईसहित सबै आयुक्तहरूले समेत तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। अख्तियार प्रमुख राईलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने भन्दै मंगलबार जेनजी समूहले टंगाल स्थित अख्तियार मुख्यालय घेर्न लागे पछि… पुरा पढौ

पहिराले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम चिन र भारत जोड्ने सडक पनि हो । कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ । यातायात ब्यवसायी भोजबहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताए । “सामान्य बर्षा हुनेवित्तिकै पहिरो… पुरा पढौ

कात्तिक २० र २१ गते भिटामिन तथा जुकाको औषधि खुवाइँदै

यही कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस वर्ष सोही मितिमा दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा। विवेककुमार लालले ७५३ स्थानीय तहमा… पुरा पढौ

गण्डकी प्रदेशसभाको बैठक बुधवार बस्ने

गण्डकी प्रदेशसभाको बैठक यही असोज २२ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा नदीपुरस्थित गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त बनेपछि स्थगित भएको बैठक कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा बस्न लागेको हो । पुनःप्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवन लगायतका संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको सभामुख कृष्णप्रसाद धितालले बताए । “तत्कालका लागि बैठक बस्न अस्थायी प्रबन्ध गरिएको हो, अहिलेको बैठक तीन दिन मात्र चल्छ, बर्खे अधिवेशन सकिएपछि अन्य व्यवस्था गरिन्छ”,… पुरा पढौ

आनन्द आश्रमको सम्मान तथा साधारण सभा सम्पन्न

स्याङ्जाको आँधीखोला ६ फापरथुममा रहेको आनन्दआश्रम ज्ञान केन्द्रले कवि पोषराज पौडेल र अर्का कवि चिन्तु गिरीलाई आनन्दआश्रम प्रज्ञा सम्मान प्रदान गरेको छ। आश्रमको तेस्रो साधारण सभाको अवसरमा उनीहरुलाई प्रगतिशील साहित्यकार चक्रबहादुर पराजुली,संस्थाका संस्थापक संरक्षक त्रिलोचन ढकालले आनन्दआश्रम प्रज्ञा सम्मान स्वरूप खादा, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरे। कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रगतिशील साहित्यकार चक्रबहादुर पराजुलीले साहित्य साधनमा लागेका विद्वान कविको सम्मानले प्रगतिशील साहित्य नै सम्मानित भएको बताए। संस्थाका अध्यक्ष ई.ओम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित कवि पोषराज पौडेल, चिन्तु गिरी, त्रिभुवन… पुरा पढौ