देश

कास्कीको लान्द्रुकमा दशैं मेला सुरु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित पर्यटकीय गाउँ लान्द्रुकमा दशैं मेला सुरु भएको छ । स्थानिय क्युप्चे बराह क्लबले आफ्नो २६ औं वार्षिकोत्सव तथा बिजया दशमीको अवसर पारि दशैं मेलाको आयोजना गरेको हो । लान्द्रुक दशैं मेलाको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले लान्द्रुक दशैं मेलाले लान्दु्रक गाउँको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताए । लान्द्रुक गाउँ पर्यटकीय गाउँ भएकाले गाउमा आयोजना हुने मेला महोत्सव लगाएतका गतिविधीले आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सहयोग पुग्ने बताउदै लान्द्रुकको खेल मैदान र आमा समुह… पुरा पढौ

लगातार बढेको सुनको भाउ घट्यो , आज कतिमा हुदैँछ कारोबार? हेर्नुहोस

लगातार चार दिनदेखि बढेको सुनको भाउ आज भने घटेको छ । सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर तोलाको दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा झरेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार सात सय रुपैयाँ… पुरा पढौ

प्रधानमन्त्री कार्कीले आज रास्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। प्रधानमन्त्रीकाे सम्बाेधन अगाडि आज ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएकाे छ । जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीकाे याे पहिलाे राष्ट्रका नाममा सम्बोधन हाे। गत भदौ २७ गते पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी हुन्। पुरा पढौ

बिग्रिएको बाटोलाई देखाएर तरकारीमा ब्रह्मलुट

सन्देश श्रेष्ठपोखरा, असोज ९ बिग्रिएको बाटोलाई देखाएर पोखरामा तरकारीको मूल्य अचाक्ली मूल्य बृद्दि गरिएको छ । पहिरोका कारण अबरुद्द मुग्लिङ–नारायणगढ सडक खण्डलाई देखाएर पोखरामा तरकारीको मूल्यमा अचाक्ली मूल्य बृद्दि गरिएको हो । ताजुब लाग्दो कुराचाहिं के छ भने एक हप्तामै तरकारीको मूल्य दोब्बरले मात्र होईन, झण्डै तेब्बरले बृद्दि हुँदा पनि सरकार र अनुगमन समिति मुकदर्शक बनेको छ । पोखरामा आज काउली प्रतिकेजी ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । जबकी एकहप्ता अगाडि यसको ख्द्रा मूल्य १ सय २० रुपैयाँ थियो… पुरा पढौ

निर्वाचनका लागि मतदाता नामावली संकलन गर्ने बाटो खुल्ला

पोखरा, असोज ८ आगामी निर्वाचनका लागि मतदाता नामावली संकलनको बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुलेको हो । अब निर्वाचनल आयोगले मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि मतदाता नामावली संकलन गर्न सक्नेछ । जसमा यसअघि मतदाता नामावलीमा छुटेका वा दर्ता नभएकाहरुले आफ्नो नाम दर्ता गराउन सक्नेछन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले कानुन बमोजिम मतदान गर्न योग्यता पुगेकाहरुको नामावली संकलनको लागि बाटो खुलेको बताए… पुरा पढौ

सुन-चाँदीको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यो मूल्य मूल्य हालसम्मकै उच्च हो । दिनदिनै सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रममा बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको हो । यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार ७०० रुपैयाँ पुगेको हो । चाँदीको मूल्य मूल्य हालसम्मकै उच्च हो पुरा पढौ

तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने

नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ । मङ्गलबार दिउँसो खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो । ठूलो पहिरो गएपछि हिजो दिउँसोबाट उक्त सडकखण्ड अवरुद्ध छ । सडकमा थुप्रिएको पहिरोको परिमाण १२ देखि १४ हजार घनमिटर रहेको अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । लामिछानेले पहिरोको तस्बिर हेर्दामाथिबाट अरु थप… पुरा पढौ

कास्कीमा आजदेखि नागरिकता र पासपोर्ट वितरण शुरु

कास्कीमा आजदेखि नागरिकता र पासपोर्ट वितरण कार्य शुरु भएको छ । जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय भवनमा आगजनी र तोडफोड हुँदा भवनसँगै कागजातहरु नष्ट भएपछि प्रशासनको नियमित कार्यहरु रोकिएका थिए । तर आन्दोलनपश्चात खरानी टकटकाउँदै भदौ २९ गतेदेखि सामान्य सिफारिसका काम मात्र हुँदै आएको थियो । असोज ८ गते आजदेखि भने थप सेवा शुरु गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले नया नागरिकता वितरण, आगजनीपछिको प्रक्रियाअनुसार राहदानी विभागबाट कार्यालयमा प्राप्त भएका राहदानी वितरण र भारतीय पेन्सन सिफारिस सेवा सञ्चालन गरिएको हो… पुरा पढौ

जवाङखोलाको पहिरो हटाएपछि नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा

नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला बाँदरे मोडमा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको नागढुंगा-मुग्लिन सडक आयोजनाले जनाएको छ । मंगलबार बिहान करिब ५ः४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण यो सडक अवरुद्ध भएको थियो । बिहानैदेखिको निरन्तर मर्मतपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । पुरा पढौ

सत्ताच्यूत पछि पहिलो पटक प्रकट भए ओली

काठमाडौं, असोज ७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार प्रकट भएका छन् । जेनजी आन्दोलनका कारण सत्ताच्यूत भएपछि ओली पहिलो पटक आज प्रकट भएका हुन् । सत्ताच्यूत भएसँगै उनलाई सुरक्षाका लागि नेपाली सेनाले ब्यारेकमा लगेर राखेको थियो । आन्दोलन शान्त भएको दश दिनपछि भक्तपुरको गुन्डुस्थित निवासमा डेरा सरेका उनी आज नेता कार्यकर्तासहित सार्वजनिक भएको भिडियो नेकपा एमालेका स्थायी कमिटी सदस्य महेश बस्नेतले सामाजिक सञ्जाल फेसवुकमा अपलोड गरेका छन् । ओलीलाई भेट्न आज उनको नयाँ निवासमा नेता कार्यकर्ता भेटघाटका लागि… पुरा पढौ