देश

आनन्दराज बज्राचार्यले ल्याए ‘एई ! एउटा कुरा सुनन’

पोखरा, असोज १२ गायक आनन्दराज बज्राचार्यको नयाँ गीत ‘एई ! एउटा कुरा सुनन’ गीतको भिडियो सार्वजनिक गरिएको छ । बज्राचार्यको स्वरमा रहेको सो गीतको भिडियो सार्वजनिक गरिएको हो । गीत राजेन्द्र अधिकारी ‘अपूर्ण’ले रचना गरेका हुन् भने गीतमा सचिन सिंहले संगीत भरेका छन् । त्यस्तै, वाद्यवादनतर्फ मादलमा पोसण र गितारमा सञ्जीव सुब्बाले साथ दिएका छन् । गीतको रेकर्डिङ राजाबाबु चौधरी र मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेको गायक बज्राचार्यले जानकारी दिए । उनका अनुसार गीत भोकल रेकर्डिङ बार डिजिटल स्टुडियोमा… पुरा पढौ

पोखराको घार्मीमा बटुवाका लागि चौतारी निर्माण

पोखरा पोखराको पर्यटकीय गाउँ घार्मी पुग्ने पर्यटक तथा बटुवालाई लक्षित गरी चौतारी निर्माण गरिएको छ । घार्मी अमला बिसौनी सडक खण्डको विरोधी चोकमा ढाडाँपाखा सुन्दर बन बाटिकाको जंगल क्षेत्रमा वर पिपल सहितको चौतारी निर्माण गरिएको हो।सामुदायिक वन उपभोक्ता समितिको पहलमा पोखरा (१६ पुजारी थर निवासी समाजसेवी बिष्णु प्रसाद अधिकारी र लक्ष्मी अधिकारीले आफ्नै खर्चमा चौतारी निर्माण गर्नुभएको सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष पुष्पराज अधिकारीले जानकारी दिए । अधिकारी परिवारले करिब ३ लाख रुपैयाँको लागतमा चौतारी निर्माण गरिदिएका हुन्। चौतारी निर्माणले… पुरा पढौ

पोखरा भ्रमणका लागि होटल संघ पोखराको आग्रह

पोखरा, १२ असोज । होटल संघ पोखरा नेपालले देशविदेशका पाहुनालाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ । जेन-जी आन्दोलनका वापजूद पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै संघले पाहुनाको स्वागतका लागि व्यवसायी तमतयार रहेको सन्देश प्रवाह गरेको हो । नेपालीको घरआँगनमा भित्रिएको दशैं पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघले पोखराका संचारकर्मीमार्फत् पाहुनालाई पोखराको वास्तविक र सकारात्मक चित्र प्रवाह गर्न आग्रह गरेको थियो । कार्यक्रममा छोटो मन्तव्य राख्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले जेन–जी आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति… पुरा पढौ

वेस्ट ईण्डजबिरुद्ध नेपालकाे ऐतिहासिक जित

नेपालले वेस्ट ईण्डजबिरुद्ध ऐतिहासिक जित निकालेकाे छ। नेपालले पूर्ण सदस्य राष्ट्र वेष्लाट ईण्ईडिजलाई ईतिहासमै पहिलाे पटक हराउँदै जित निकालेकाे हाे । नेपालले आज राती सम्पन्न खेलमा वेष्ट ईण्डजलाई १९ रनले हरायाे । नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रनबनाएकाे थियाे । १४९ रनकाे बिजय लक्ष पछ्याएकाे वेष्ट ईण्डिजले ९ विकेट गुमाएर १२९ रन मात्र बनायाे । पुरा पढौ

दोस्रो पुम्दी-भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गौतम श्रेष्ठ… पुरा पढौ

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको उनले जानकारी दिए । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ… पुरा पढौ

सुशीला सरकारलाई ओलीले दिए हाहुको सरकारको संज्ञा, भनेः म विदेश भाग्दिन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई हाहु सरकारको संज्ञा दिएका छन् । जेनजी आन्दोलनको बलमा भएको सत्ता परिवर्तन पछि सुशीला कार्की प्रधानमन्त्री बनेकी छिन् । सो सरकारले अघिल्लो सरकारमा रहेका शीर्ष नेताहरु तत्कालीन प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतका नेताहरुको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ । शनिबार ओलीको नया निवास भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री ओलीले आफू लगायतका नेताहरुको पासपोर्ट रोक्का गर्ने सरकारी तयारीप्रति आपत्ति जनाए । सुशील… पुरा पढौ

कास्कीमा चाडपर्व सुरक्षा योजना : कुकुरसहितको चेकिङ, पेट्रोलिङ र एम्बुसिङ चेकिङ

सन्देश श्रेष्ठपोखरा, असोज १० कास्की प्रहरीले चाडपर्व सुरक्षा योजना लागु गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले नेपालीको महान चाँड बडादशैंको अवसरमा आम नागरिकको शान्ति सुरक्षा, अमनचयन कायम गर्न चाडपर्व सुरक्षा योजना लागु गरेको हो । जसका लागि कास्कीमा मात्रै ९ सय २३ जना प्रहरी परिचालन गरिएको जनाइएको छ । कास्की प्रहरीले बडादशैंको अवसरमा कुनै पनि अप्रिय घटना, दुर्घटना, चोरी, डकैती वा लुटपाट हुन नदिनका लागि कुकुरसहितको चेकिङ शुरु गरेको जनाएको छ । घटना घटाएर हिंडेकालाई पक्राउ गर्नका लागि कुकुरसहितको… पुरा पढौ

एपिएलमा सुगर जाँच सित्तैमा, अरु जाँचमा विशेष छुट

पोखरा, असोज १० पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा रहेको अन्नपूर्ण प्याथ ल्याब प्रालि (एपिएल)ले दसैंको अवसरमा विशेष दिएको छ ।गएको भदौ २३ गतेदेखि यो असोज २२ सम्म मधुमेहसम्बन्धी रगत जाँच सित्तैमा गर्ने एपिएलले क्यान्सर, भिटामिन बि १२, भिटामिन डी, होल बडी लगायत सबै प्रकारका जाँचमा विशेष छुट दिएको अध्यक्ष गीता कार्की पन्थले जानकारी दिइन् । दक्ष जनशक्ति र अत्याधुनिक प्रविधिबाट सञ्चालित ल्याबले उपलब्ध गराएको अवसरको फाइदा लिन अध्यक्ष कार्कीले अनुरोध गरेकी छन् । पुरा पढौ

पिङ : दशैंमा रमाईलो थप्ने मनोरञ्जनको साधन

विभिन्न प्रक्रियाद्वारा जमिन छोडि मच्चिने, झुल्ने वा रिङ्ने साधन नै पिङ हो । शरद ऋतुको घमाइलो मौसम, दशैंको आगमन, यत्र तत्र टोल, बस्तिमा पिङ हालिएको हुन्थ्यो। बाल बच्चा,युवायुवती लगायत प्रौढहरू पिङ खेलेर मनोरन्जन लिई रहेका हुन्थे। पिङको मच्चाईले मासु सजिलैसँग पचाइन्छ, दशैंको बेला भूईं छोडे गति परिन्छ आदि भनाईले पीङ हाल्न प्रेरित गर्थ्यो। पिङले आफ्नै टोल ,बस्ती भित्र भाईचारा र एकतामा अभिबृद्वि गर्थ्यो भने, टोल टोलका बिचमा सकारात्मक प्रतिस्पर्धा गराउँथ्यो। पिङ हाल्ने भनेपछि के युवा रु, के प्रोढरु सबै उत्तिकै… पुरा पढौ