देश

विध्वंशकारी घटनामा संलग्न दोषीलाई कारवाही गर्न एमाले कास्कीको माग

नेकपा एमाले कास्कीले जेन जी आन्दोलनका क्रममा भदौं २४ गते भएको विध्वंशकारी घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेको छ । एमालेले मंगलबार विज्ञप्ती जारी गरी गृह मन्त्रालयले आन्दोलनमा संलग्नलाई कारवाही नगर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको भन्दै,कानुन विपरितको कार्य नगर्न ध्यानाकर्षण गराएको छ । घटनामा संलग्नलाई कारवाही नभएमा दोषिले उन्मुक्ति पाउँने र समाजमा विघंशकारीको मनोबल बढ्ने तर्फ सचेत गराउँदै त्यस तर्फ पनि सचेत गरााएको छ । जिल्ला अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले जारी गर्नुभएको विज्ञप्तीमा जेन जी आन्दोलन घटना जाँचबुझ… पुरा पढौ

सर्वपक्षीय, तटस्थ र विश्वासिलो जाँचबुझ आयोग गठन गर्न अनेरास्ववियु गण्डकीको माग

गत भाद्र २३ र २४ मा भएको‘जेन–जी’आन्दोलनपछि देशमा जारी घटनाक्रमप्रति अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आन्दोलन सकिएर नयाँ सरकार गठन भएको दुई साता पछि संगठनले विज्ञप्ती जारी गरी नेपाली जनताको लामो संघर्षबाट स्थापित लोकतान्त्रिक अधिकार, आन्तरिक शान्ति र राष्ट्रिय सार्वभौमसत्तामाथि हाल भइरहेको असंवैधानिक तथा चिन्ताजनक गतिविधिलाई मध्यनजर गर्दै लोकतान्त्रिक अभ्यासका मूलभूत अधिकारहरुलाई कुठाराघात गर्न नसकिँने स्पष्ट पारेको छ ।गण्डकी प्रदेश कमिटीका संयोजक सुशन घिमिरेले जारी गर्नुभएको विज्ञप्तीमा आन्दोलन पश्चात संसद् विघटन गरेर गठन गरिएको वर्तमान सरकारलाई… पुरा पढौ

आगामी निर्वाचनले मुलुकमा स्थायित्व प्रदान गर्छ–उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले आगामी निर्वाचन मुलुकलाई स्थायित्व प्रदान गरी र संवैधानिक बाटोमा अघि बढाउने अवसरका रूपमा आएको बताउनुभएको छ । बडादसैँ २०८२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने नेपालीलाई शुभकामना दिने क्रममा उपसभामुख रानाले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबैसँग अनुरोध गर्नुभयो । “निर्वाचनमार्फत जनताको अधिकार प्रत्याभूत गर्ने, लोकतन्त्रलाई सबल बनाउने र जनप्रतिनिधिहरूमार्फत मुलुकको नीतिनिर्माण गर्ने कुरालाई संस्थागत गरिन्छ, आसन्न निर्वाचनलाई सफल बनाउन सम्बद्ध सबै पक्षको सक्रिय सहभागितासहित सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु,” शुभकामना सन्देशमा उल्लेख… पुरा पढौ

क्षेत्री समाजका पुर्व केन्द्रिय सदस्य थापाको निधन

क्षेत्री समाज नेपालका पुर्व केन्द्रिय सदस्य अनिरुद्ध थापाको निधन भएको छ। पोखरा १६ अमरदिप निवासी ७२ वर्षिय थापाको हृदयघातका कारण आइतबार निधन भएको हो।लामो समय भारतीय सेनामा सेवा गरेका थापाले अवकाश पछि पोखरा १६ को सामाजिक तथा राजनीतिक विकासमा ठुलो भुमिका खेलेका थिए। उनी चण्डीका आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुँदा विद्यालयले भौतिक पूर्वाधार र शैक्षिक विकासमा ठुलो फड्को मारेको थियो। थापाको मंगलबार बिहान सेती नदी स्थित तुलसी घाटमा अन्त्यष्टि गरिएको छ। थापाको शवमा छोरा दीपक थापाले दागबत्ती दिएका थिए।… पुरा पढौ

जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका गुरुङको परिवारलाई रु १५ लाख प्रदान

जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका प्रहरी सहायक हबल्दार अमृत गुरुङको परिवारलाई रु १५ लाख प्रदान गरिएको छ । कास्कीको रुपा गाउँपालिका–५ रामादीका गुरुङलाई सरकारको तर्फबाट उपलब्ध गराउने सो आर्थिक सहायता रकम मृतक गुरुङका श्रीमती कान्तिलाई हस्तान्तरण गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन । सरकारले जेनजी प्रदर्शनका क्रममा मारिएका आन्दोलनकारी र सुरक्षाकर्मीका परिवारलाई रु १५ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय अनुसार सहयोग रकम हस्तान्तरण गरिएको प्रजिअ शर्माले जानकारी दिइन। प्रहरी सहायक हबल्दार गुरुङको काठमाडौँको प्रहरी प्रभाग कोटेश्वर… पुरा पढौ

नित्यानन्द टोल विकासमा सुवास

पोखराको बाटुलेचौरमा रहेको नित्यानन्द टोल विकास संस्थाको अध्यक्षमा सुबास तिमिल्सिना चयन भएका छन । संस्थाको सम्पन्न साधारण सभाले तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो। संस्थाको उपाध्यक्षमा लक्ष्मी देवकोटा, सचिवमा सन्तोष तिम्सिना, सहसचिवमा अनन्त पौडेल, कोषाध्यक्षमा अभिषेक तिमिल्सिना र सहकोषाध्यक्षमा सीता सापकोटा तथा सदस्यमा अनोज तिमिल्सिना,बैकुष्ठ तिमिल्सिना, कृष्णकुमारी पौडेल, सविता पौडेल र केदार तिम्सिना चयन भए । संस्थाले टोल विकासका लागि आवश्यक योजना निर्माण गर्ने निर्णय गरेको छ। पुरा पढौ

गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए । बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उनको भनाइ छ । गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली गाडीमा राखेर पठाएका हुन् । गोरखा दरबारको दसैँघरबाट बाजागाजासहितको ¥याली निकालेर… पुरा पढौ

सुरक्षाकर्मि विनै पोखरा आए शिक्षामन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा महावीर पुन बिना सुरक्षा पोखरा आईपुगेका छन् । मन्त्रालयबाट बिहान निस्केका पुन जहाजबाट पोखरा आईपुगेका हुन् । ‘सुरक्षाकर्मी नलिइ मन्त्रीज्यू मन्त्रालयबाट बिहान निस्कनु भएको हो । पोखरा जानु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पीएसओ पनि नलिइ जानु भएको छ ।’मन्त्री पुन पोखरा एयरपोर्टबाट सामान्यरुपमा ट्याक्सी चढेर नदीपुरस्थित घर पुगे का छन् । ‘उनी पोखरा आउने कसैलाई थाहा थिएन । सर्वसाधारण नागरिक जसरी नै पोखरा एयरपोर्टबाट ट्याक्सी चढेर घर जानु भएको छ,’ ती अधिकारीले… पुरा पढौ

तुइनखोलामा फेरि खस्यो पहिरो, सडक दुईतर्फी अवरुद्ध

मुग्लिन– नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर सडक पुनः अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन बन्द भएको हो । अघिल्लो सातापनि यही ठाउँमा आएको पहिरो ४५ घण्टा लगाएर पन्छाइएको थियो । यो सडकखण्ड हुँदै दशैं मनाउन घर जानेहरू यसपटक तुइनखोलाको पहिरोका कारण समस्यामा परेका छन् । सवारी साधनहरू अहिले मुग्लिन सडकअण्डमा लामबद्ध हुन थालेका छन् । पुरा पढौ

गण्डकीका मुख्यमन्त्रीको निवासमा गएराती पनि आगजनी, आखिर कसले गर्यो आगजनी ?

सन्देश श्रेष्ठपोखरा, असोज १२ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा गएराती आगजनी भएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीपश्चात भग्नावशेषमा परिणत भएको पोखरा राष्ट्रबैंक चोकस्थित मुख्यमन्त्री पाण्डेको नीजि निवास परिसरमा बाँकी रहेको एउटा कोठामा गएराती एउटा समूहले आगजनी गरेको हो । अज्ञात समूहले ताला लगाएको गेट माथिबाट प्रवेश गरेर आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनी गर्ने समूह को हो भन्ने खुलेको छैन भने कसैले जिम्मेवारी पनि लिएको छैन । प्रहरीले भने यसको अनुसन्धान गरिरहेको… पुरा पढौ