देश

पोखरामा कटप्पा समूहको श्रृंखलाबद्ध डकैती, ६९ लाख बराबरको चोरी, डकैती

पोखरा, जेठ २ पोखरामा श्रृंखलाबद्ध चोरी, डकैती गर्ने कटप्पा समूहका ५ जना पक्राउ परेका छन् । पोखराका विभिन्न क्षेत्रमा श्रृंखलाबद्ध चोरी, डकैती गर्ने कटप्पा समूहका ५ जनालाई पक्राउ गरेर कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चोरी, डकैती गर्ने समूहका नाईके तनहुँ, शुक्ला गण्डकी नगरपालिका–१० शाङ्खे स्थायी घरभई ठेक्का पट्टाको काम गर्ने २६ वर्षीय कट्टप्पा उपनाम भएका सुवास विक, सोही स्थानमा घर भएका सवारी चालक काम गर्ने २३ वर्षीय बिमल विक, शुक्लागण्डकी–११ का कालिगड काम गर्ने २२ वर्षीय… पुरा पढौ

राईड सेयरिङलाई मान्यता दिने नियमावली खारेज नगरे सवारीसाधन ग्यारेजमा थन्काउने व्यवसायीको चेतावनी

गण्डकी प्रदेशका यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरुले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली खारेज नगरे आफ्ना सवारी साधन ग्यारेजमा थन्काउने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले  बिहीबार आयोजना गरेको बैठक  पस्चात एक विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली फिर्ता नगरे आफ्ना गाडी घर ग्यारेजमा थन्क्याउने निर्णय गरेको महासंघ गण्डकीका संयोजक केदार पौडेलले जानकारी दिए । बैठकपछि जारी विज्ञप्तिमा नियमावलीमा रातो प्लेटका निजी सवारी साधनलाई… पुरा पढौ

पोखरामा शनिबारदेखि जेसिज सप्ताह

पोखरा, जेठ १ पोखरामा शनिबारदेखि जेसिज सप्ताह शुरु हुने भएको छ । पोखरा जेसिजको आयोजनामा पोखरामा जेठ ३ गते शनिबारदेखि जेठ ६ गते मंगलबारसम्म डाँफे हाउजिङ रियल स्टेट कम्पनीको मुख्य प्रायोजनमा जेसिज सप्ताह हुने विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । जेसिज सप्ताहको पहिलो दिन माछापुच्छ«े गाउँपालिकाको भेंडाबारी स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने पोखरा जेसिजका अध्यक्ष भाईराज रानाले जानकारी दिए । माछापुच्छ«े गाउँपालिका र हिमालय आँखा अस्पतालसँगको सहकार्यमा हुने शिविर भेंडाबारी, ल्वाङघलेल, रिभान, लाहाचोकलगायतका क्षेत्रका बासिन्दालाई… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्तीमा चलखेल : आफ्नो मान्छे नियुक्त गर्न मुख्यमन्त्रीले गरे जालझेल !

पोखरा, जेठ १ गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्तीमा शुरुदेखि नै चलखेल भएको छ । प्रतिष्ठानमा दोस्रो कार्यकालका लागि पदाधिकारी नियुक्त गर्नका लागि सूचना प्रकाशित भएदेखि नै चलखेल शुरु भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू अनुकुल मान्छे ल्याउन पदाधिकारीका लागि कार्यविधि बनाउन लगाएर आवश्यक मापदण्ड नै परिवर्तन गर्न लगाएको सूचना चुहिएको छ । यसअघिको सरकारले ऐनमा टेकेर पदाधिकारी तथा प्राज्ञ सभा सदस्य नियुक्त गरेको थियो । यसपटक त्यसरी गर्दा आफूले चाहेको व्यक्ति नआउने देखेपछि मुख्यमन्त्री पाण्डेले चलखेल गरेर… पुरा पढौ

पोखरामा इलेक्ट्रिक माइक्रो बस दुर्घटना, ३ को मृत्यु

पोखरामा इलेक्ट्रिक स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी थप ८ जना घाइते भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेकाे छ। पुरा पढौ

पोखराको पुम्दीभुम्दीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना, २६ जना घाईते, ५ सिकिस्त

श्रीषा रायमाझी पोखरा, बैशाख ३१ पोखरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२२ पुम्दीभूम्दीस्थित शान्तिस्तुप नजिकै भारतीय पर्यटक बोकेको ग.१ ख. ३८८६ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी हरिबहादुर बस्नेतले बताए । बस पुम्दीकोटस्थित महादेवको मन्दिर पुगेर फर्किदै गरेको बस दुर्घटनामा परेको स्थानिय राजु क्षेत्रीले जानकारी दिए । उनका अनुसार शान्तिस्तुप नजिकैको घुम्तीमा बस मोड्ने… पुरा पढौ

पोेखरामा गुरुबाटै दलित विद्यार्थीमाथि जातिय दुर्व्यवहार !

पोखरा, बैशाख ३० आफूलाई पढाउने गुरुबाटै जातिय दुव्र्यबहार हुन्छ भनेर कुनैपनि विद्यार्थीले सोंच्नु त के कल्पनासमेत गर्दैन । किनकी पूर्वीय संस्कृति र दर्शनले गुरुलाई भगवानको स्तरमा राख्छ र माता, पिता तुल्य मान्छ । तर पोखरामा एक गुरुले आफ्नै शिस्य (विद्यार्थी)माथि जातिय दुव्र्यवहार गरेको आरोप लागेको छ । जातिय दुव्र्यवहारबिरुद्ध सचेतना फैलाएर जागरुक बनाउने गुरुले आफ्नै शिष्यमाथि जातिय दुव्र्यवहार गरेपछि उनीबिरुद्ध जिल्ला प्रहरी कार्यालय कास् कीमा कारवाहीको माग गर्दै उजुरी परेको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापनरत प्राध्यापक प्रा.डा. देविलाल शर्माले… पुरा पढौ

पोखरामा २४ जना नेवार कन्याको सामुहिक बेल विवाह (ईही) सम्पन्न

श्रृष्टि भट्ट/श्रीषा रायमाझी पोखरा बैशाख २९ पोखरामा नेवार कन्याहरुको सामुहिक बेल विवाह गरिएको छ । तनहु जिल्ला घिरिङ गाउपालिका स्थायी घरभई हाल पोखरामा बसोबास गर्ने नेवार सामुदायका युवाहरुको संस्था घिरिङ पोखरा नेवा ः गुठीको आयोजना, नेवा ः देय् दबु गण्डकी प्रदेशको समन्वय तथा शोभा भगवती मन्दिर समितिको बिशेष सहयोगमा पोखरामा २४ जना नेवार कन्याहरुको सामुहिक बेल विवाह (इही ज्याझ्व) गरिएको हो । नेवारी कला सस्कृति परम्परालाई जोगाई राख्ने तथा सामुहिक सद्भाव कायम राख्ने र दुख सुखमा साथ सहयोग गर्ने उद्देश्यले… पुरा पढौ

नेपाली संगीतलाई अभूतपूर्व उचाइमा पुर्याउँदै जेम्सी

पोखरा, बैशाख ३० संगीतको निरन्तर रूपान्तरण भइरहेका दुनियाँमा, थोरै कलाकारहरूले मात्र भाषा, संस्कृति र सिमाना भन्दा बाहिर गएर गहिरो छाप छोड्न सक्छन् । तर जेम्सी नेपालका एक चर्चित र ऊर्जाशील संगीत प्रतिभा हुन्, जो दुर्लभ कलाकारमध्ये पर्छन् । काठमाडौंका जीवन्त गल्लीहरूदेखि लिएर युरोप र त्यसपछिका प्रतिष्ठित स्टेजहरूसम्म, जेम्सीले छोटो समयमा नै आफूलाई एक अन्तर्राष्ट्रिय सनसनीका रूपमा स्थापित गरेका छन्, हरेक ताल र शब्दमा नेपाललाई गर्वका साथ प्रतिनिधित्व गर्दै आएका छन् । केवल पाँच महिनाको छोटो अवधि (नोभेम्बर २०२४ देखि अप्रिल… पुरा पढौ

नेपाल आएका पर्यटकमध्ये पोखरामा ४० प्रतिशत मात्रै आउने गरेको दाबी

श्रीषा रायमाझी/सीता परियार/श्रृष्टि भट्टपोखरा, बैशाख २९ नेपाल भित्रिएका पर्यटकमध्ये आधा भन्दा कम पर्यटक पोखरा आउने गरेको एक अध्ययनले देखाएको छ । घुमफिरका लागि नेपाल आउने कुल पर्यटकको ४० प्रतिशत पर्यटक मात्रै पर्यटनको राजधानी पोखरा आउने गरेको अध्ययनले देखाएको हो । पोखरामा हालैमात्र आयोजित एक कार्यक्रममा पर्यटन अध्येता विश्वराज बरालले एक कार्यपत्र प्रस्तुत गर्दै त्यसरी आएका पर्यटकमध्ये ६३ प्रतिशत पर्यटक विशुद्ध मनोरञ्जनका लागि आउने गरेको बताए । उनका अनुसार १५ प्रतिशत ट्रेकिङका लागि र १३ प्रतिशत तीर्थ यात्राका लागि आउने गर्छन्… पुरा पढौ