गण्डकी

दीपशिखामा टेक एज युथ परियोजना सम्पन्न

पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा विगत डेढ वर्षदेखि सञ्चालित टेक एज युथ परियोजनाको शनिवार समापन गरिएको छ । अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटालाई समेटेको दीपशिखा सामुदायिक पुस्तकालयले रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजनासँंगको सम्झौता बमोजिम पिछडिएका, प्रविधिको पहँुच नपुगेका १३ देखि २२ वर्षसम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किशोर किशोरी र फरक क्षमता भएका समेत समेटिने गरी प्रत्यक्ष रुपमा ५५ जना युथहरुलाई तालिम दिएर समापन गरिएको थियो । पुस्तकालयको सभाहलमा आयोजित समापन… पुरा पढौ

नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघद्वारा डिएसपी पासवानको स्वागतसहित सम्मान

नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भई आएका नयाँ प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानलाई स्वागत तथा सम्मान गरेको छ। विगत १४ वर्षदेखि कास्की जिल्लाका सुनचाँदी व्यवसायीहरूको हकहित र सुरक्षाका लागि क्रियाशील यस संघले नवागन्तुक डिएसपी पासवानलाई एक शनिबार पोखरामा विशेष समारोहका बीच स्वागत गरेको हो। प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक पासवानले सुनचाँदी व्यवसाय क्षेत्रमा रहेका विशिष्ट सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न कास्की प्रहरी तयारी अवस्थामा रहेको बताए ।… पुरा पढौ

म्याग्दी र तनहुँमा भएका दुर्घटनामा दुई बालबालिकासहित ३ को मृत्यु

गण्डकी प्रदेशको म्याग्दी र तनहुँमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परि दुई बालबालिकासहित ३ जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा… पुरा पढौ

म्याग्दीमा टिपरको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दीजिल्लाको धवलागिरि गाउँपालिका(४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१(००४ क १३७७ नम्बरको टिपर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो । दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका(४ निवासी ३५ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । टिपर चालक मकवानपुरको भीमफेदी… पुरा पढौ

बर्डफ्लु सङ्क्रमण: बढ्दै एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु एच(फाइभ एन(वान सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ ।विसं २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म सङ्क्रमण फैलिएको हो ।पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा… पुरा पढौ

ब्रेकिङ बाउन्ड्रीज क्रिकेट : छात्रतर्फ कालिका र छात्रातर्फ बाराहीलाई उपाधी

१२ असार, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका मावि तथा छात्रातर्फ बाराही माविले उपाधि जितेका छन् । पोखरा रंगशालामा भएको फाइनल खेलमा कालिकाले जनप्रिय माविलाई तथा बाराहीले कालिका माविलाई पराजित गर्दै यो संस्करणको च्याम्पियन बनेका हुन् । प्रतियोगिताका बिजेता खेलाडीले ६० प्रतिशतको छात्राबृत्तिसंगै ट्रफि मेडल प्रमाणपत्र तथा उप–बिजेता खेलाडीले ४० प्रतिशतको छात्राबृत्तिसंगै ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । उनीहरुलाई एक समारोहका… पुरा पढौ

लेकालीको ’दुख्ने मुटु’ सार्वजनिक

पोखरा, असार १२ पोखरेली चर्चित व्याण्ड लेकालीको नया गीत ‘दुख्ने मुटु’ सार्वजनिक भएको छ । लेकाली व्याण्डका भोकलिष्ट नविन गुरुङको स्वरमा रहेको सो गीत शुक्रबार एक औपचारिक कार्यक्रम गरेर यूट्यूवमा सार्वजनिक गरिएको हो । लेकालीले सिरिजअन्तर्गत निर्माण गरेको सो गीतको म्यूजिक भिडियो ‘अर्को’ प्रोडक्सनबाट भएको हो भने निर्देशन रोहन नेपालीले गरेका छन् । म्यूजिक भिडियोमा कलाकार प्रज्वल क्षेत्री र कृतिका लिगल मुख्य भूमिकामा छन् । गीतले प्रेम र बिछोडलाई भावनात्मक रुपमा प्रस्तुत गरेको छ । म्यूजिक भिडियोको छायांकन मिलन शंकर,… पुरा पढौ

गण्डकीमा हालसम्म २४.८६ प्रतिशत धान रोपाई सम्पन्न

पोखरा, असार १२ गण्डकी प्रदेशमा हालसम्म करीब २५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । गण्डकी प्रदेशमा असार १२ गते शुक्रबार सम्ममा गण्डकीका ११ जिल्लामध्ये ९ जिल्लामा २४.८६ प्रतिशत धान रोपाई सकिएको गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखाले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा करीब ३ प्रतिशतले कम हो । अघिल्लो वर्ष यहि समयमा २८.६२ प्रतिशत रोपाईं भएको थियो । गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टर जमिन धान रोपाई गर्न योग्य रहेकोमा… पुरा पढौ

इन्टर्याक्ट क्लब अफ स्टेप बाइ स्टेपमा राशिका

इन्टर्याक्ट क्लब अफ स्टेप बाइ स्टेप पोखरा लेकसाइडको अध्यक्षमा राशिका श्रेष्ठ चयन भएकी छन् । रोटरी क्लब अफ पोखरा लेकसाइडको प्रायोजन तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत गठित उक्त क्लबको सचिवमा कसिस क्षेत्री, उपाध्यक्षयमा आयुष पौडेल, सहसचिवमा प्रसन्न पराजुली, कोषाध्यक्षमा साहिल लामिछाने चयन भए । त्यस्तै आईटी हेडमा अनुप गिरी, मिडिया हेडमा सुधा थापा, मुख्य सम्पादकमा गौरव लामिछाने, पब्लिक इमेज प्रमुखमा प्रथम थापा, क्लब सर्भिस निर्देशकमा रिबिका गुरुङ, इन्टरनेशनल सर्भिस निर्देशकमा ममता गिरी, सर्जेन्ट एट आर्म्समा सलिना भण्डारी तथा लर्निङ… पुरा पढौ

पोखरा फाइनान्समाथिको कारबाही राष्ट्र बैंकद्वारा फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्समाथि लगाइएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त कारबाही फुकुवा गरिएको जानकारी दिएको हो । उक्त फाइनान्सको पुँजीकोषमा सुधार आउने देखिएपछि राष्ट्र बैंकको यही असार १० गतेको निर्णयानुसार, समृद्धि फाइनान्ससँग एकीकृत कारोबार सुरु हुने मितिदेखि लागु हुने गरी पोखरा फाइनान्समाथिको कारबाही फुकुवा गरिएको हो । यसअघि, पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण र आर्थिक वर्ष २०८१,८२ को पहिलो त्रैमासको विवरणका आधारमा… पुरा पढौ