गण्डकी

आफ्नै श्रीमती हत्या अभियोगमा पर्वतका जीतबहादुरलाई २६ वर्ष कैद

पर्वतको मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले २६ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै २६ वर्ष कैद सजाय सुनाएको हो । अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा २५ वर्ष जन्मकैद तथा पटके अपराध गरेको ठहर गर्दै थप एक वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ ।अदालतको फैसलाअनुसार विकले विसं २०८२ कात्तिक २५ गते आफ्नी श्रीमती सीता विकमाथि कुटपिट… पुरा पढौ

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि मतदान जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी चयनका लागि मतदान जारी रहेको छ । चितवनमा जारी महाधिवेशनअन्तर्गत पदाधिकारीका छनोटका लागि दोस्रो चरणमा निर्वाचन भएको हो । रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् । महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन भइरहेको छ । महिला उपसभापतिमा सोबिता गौतम र डा तोसिमा कार्की प्रतिस्पर्धामा छन् । महामन्त्री पदमा मनीष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की उम्मेदवार छन् ।… पुरा पढौ

प्रतिनिधिसभाको बैठक शनिबार बस्ने

प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ । सभामुखले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोकिएको बैठक पुनः सरेको हो । यसअघि यही असार ११ गतेका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत् स्थगन भएको थियो । चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ… पुरा पढौ

लेखक ‘उदय’का ‘जीवन सुदर्शन र जिन्दगीका अदृश्य किरण’ पोखरामा लोकार्पण

लेखक कृष्ण क्षेत्री उदयका दुई पुस्तक जीवन सुदर्शन र जिन्दगीका अदृश्य किरण पोखरामा लोकार्पण गरिएको छ । धार्मिक, आध्यात्मिक र दार्शनिक तथा समाज, सम्बन्ध, उत्तरदायित्व, समालोचना र प्रेरणालाई केन्द्रमा राखेर लेखिएको पुस्तकको एक समारोहबीच पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति दुर्गा बहादुर शाह ‘बाबा’ले लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पणको विशेष विशेषता रहेको थियो । लेखक उदयका बुबा सुबेदार देवीलाल क्षेत्रीको ८४औं जन्मोत्सवको तिथिको अवसरमा माता शुभकुमारी क्षेत्रीको उपस्थितिमा पुस्तकको लोकार्पण गरिएको हो । सो अवसरमा प्रमुख अतिथि कुलपति बाबाले सन्तान जस्ता… पुरा पढौ

रिभानमा परिवार नियोजनको अभिमुखिकरण

नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका सेवा बारे अभिमुखिकरण कार्यक्रम गरेको छ । कास्कीको माछापूच्छ्रे गाउँपालिका वडा नं ५ रिभानस्थित रिभान स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंमसेविका र आमा समूहका अगुवाको सहभागिता रहेको थियो । कार्यक्रम शुभारम्भ गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले महिला र किशोरकिशोरीका लागि यौंन तथा प्रजनन् स्वास्थ्य शिक्षा अति आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टार्फ… पुरा पढौ

लामाचौरमा जिसिईएस आई टि एक्स्पो सुरु, सुचना र प्रविधिका ११ स्टल

शिशिर उजाडपोखरा ११ औ संस्करणको जिसिईएस आई टि एक्स्पो पोखराको लामाचौरमा सुरु भएको छ । गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एन्ड साइन्सको आयोजनामा शुक्रबारसम्म संचालन हुने एक्स्पोको पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विष्णुप्रसाद तिवारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै तिवारीले सुचना र प्रविधिको विकाससँगसँगै यसको प्रयोगमा समेत नागरिक सचेत हुनुपर्नेमा जोड दिए । उनले यस्ता एक्स्पोले सुचना र प्रविधिको क्षेत्रमा विकसित पछिल्ला स्वरुपको जानकारी दिने बताउँदै, यसको अध्ययन र अवलोकन गर्न आवश्यक रहेको बताए । उपकुलपति पौडेलले गण्डकी कलेजका विद्यार्थी सुचना… पुरा पढौ

रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यको मतगणना जारी, १ हजार ३५२ जना मतदानमा अनुपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पहिलो चरणको मतदान सकिए पछि अहिले मतगणना सुरु भएको छ । गए राति १२ बजेदेखि सुरु भएको मतदान बिहीबार मध्याह्न साढे १२ बजे सकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। रास्वपा प्रवक्ता मनिष झाका अनुसार निर्वाचनमा २ हजार ९ सय ५९ मत खसेको छ।१ हजार ३५२ जना मतदानमा अनुपस्थित रहे । रास्वपा महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए। बिहीबार मध्याह्न रास्वपा सभापति रवि लामिछाने पनि मतदान गर्न पुगेका थिए। उनले अन्तिम समयमा मतदान गरेका थिए। मतदान… पुरा पढौ

उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन

उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बिओपी को संयुक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ । चुमनुब्री गाउँपालिका–१ साम्दोमा रहेको बिओपीका सशस्त्र प्रहरी, प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी, जनप्रतिनिधि र अन्य स्थानीयवासीको संयुक्त टोलीले बुधबार रुइला नाका र त्यहाँ रहेको ३५ नम्बर सीमा स्तम्भ क्षेत्रको अवलोकन हो । प्रहरी निरीक्षक आकाश सूचीकारको नेतृत्वमा सामागाउँ प्रहरी चौकीका प्रहरी, वडा सदस्य पासाङ लामा, साम्दो, सामागाउँ र स्याला गाउँका स्थानीयवासीको टोलीले त्यस क्षेत्रको अनुगमन… पुरा पढौ

ओलम्पिक दिवसमा भूतपूर्व खेलाडी मञ्चलाई प्रतिष्ठित एनओसी प्रेजिडेन्सियल सम्मान

पोखरा, असार १० – अन्तर्राष्ट्रिय ओलम्पिक दिवस–२०२६ को अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रदान गर्ने प्रतिष्ठित ‘एनओसी प्रेजिडेन्सियल अवार्ड’बाट नेपाल भूतपूर्व खेलाडी मञ्च सम्मानित भएको छ।नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले विगत २५ वर्षदेखि पोखरालाई केन्द्र बनाएर खेल संस्कृतिको विकास, ओलम्पिक अभियानको प्रवर्द्धन तथा विभिन्न खेलकुद गतिविधिको विस्तारमा निरन्तर योगदान पुर्‍याउँदै आएकाले कमिटीले उक्त सम्मान प्रदान गरेको हो।नेपाल ओलम्पिक कमिटीको चौथो अवार्ड समारोहअन्तर्गत काठमाडौंमा आयोजित विशेष कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले मञ्चलाई सम्मान प्रदान गरेका थिए।मञ्चका… पुरा पढौ

पोखरा महोत्सव पोखरा ३० देउरालीखोला किनारमा : तयारी अन्तिम चरणमा

सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषदले हरेक वर्ष आयोजना गर्दै आएको असारे रोपाईं महोत्सवको २१ औं संस्करण यहि असार १४ गते हुने भएको हो । पोखरा–३० देउराली खोला किनारमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक पोखरा पर्यटन परिषदले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित हुने महोत्सव यसअघिका वर्षहरुमा राष्ट्रिय धान दिवसको अवसर पारेर असार १५ गते आयोजना गरिने गरिएको थियो… पुरा पढौ