गण्डकी

रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि ३ सय ८४ जना, गण्डकीबाट मात्रै ४७ जना आकांक्षी

रास्वपाको केन्द्रीय सदस्य पदमा ३८४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पार्टी निर्वाचन आयोगले बुधबार दिउँसो सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सूचीमा ३८४ जनाको उम्मेदवारी परेको उल्लेख छ । जसमा गण्डकी प्रदेशकाट मात्रै ४७ जनाको उमेद्वारी परेको छ । प्रदेश भुगोल तर्फ ४ महिलासहित २७ जना र खुल्ला तर्फ २० जनाले उमेद्वारी दिएका हुन् । यी उम्मेदवारबाट रास्वपाको केन्द्रीय समितिमा ९९ जना निर्वाचित हुन्छन् । उम्मेदवार धेरै भएपछि निर्वाचनबाट ९९ जना छान्ने रास्वपाको तयारी छ । पुरा पढौ

करिब ११ लाख विदेशी पर्यटकले घुमे संरक्षित क्षेत्र

कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ । नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन् ।आर्थिक वर्ष २०८१÷८२ मा स्वदेशी र विदेशी गरी कुल १० लाख ९७ हजार ८३६ जना पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलले सार्क मुलुक र अन्य विदेशीको सङ्ख्या पाँच लाख ११ हजार ७६२ र नेपाली पाँच लाख ८६… पुरा पढौ

२१ औं संस्करणको रोपाइँ महोत्सव, असार १४ मा शिशुवामा गरिने

२१ औं संस्करणको असारे रोपाइँ महोत्सव लेखनाथको शिशुवामा हुने भएको छ । पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषद्ले यस बर्षको महोत्सव शिशुवामा आयोजना गर्न लागेको हो । परिषद्ले बुधबार शिशुवामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको छ । ‘पोखरा सबै मौसमका लागि‘ भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको महोत्सव यस वर्ष पोखरा महानगरपालिका–३० स्थित लेखनाथ शिशुवा देउराली खोलाछेउमा आयोजना गर्न लागिएको अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । असार… पुरा पढौ

फेवातालमा बेपत्ता भएका युवकको शव फेला

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । पोखरा महानगरपालिका वडा नं. १५ रामबजार बस्ने १९ वर्षका अमर थापाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार राति फेला पारेको हो । उनी साँझ ७ बजेतिर पोखरा ६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेका थिए । घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण हेड क्वाटरबाट गोताखोर सहितको टोली परिचालन भएको थियो । । टोलीले तालमा खोजी गर्ने क्रममा करिब २५ फिट… पुरा पढौ

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी,महाधिवेशन बिचमै छाडेर बरिष्ठ नेता शाह काठमाडौँ फर्किए

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन रवि लामिछाने चयन भएका छन् । चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतीमा अन्य कसैको पनि उमेद्वारी नपरेको र ९९ केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता भने बुधबार राति २ बजेसम्म गरिएको थियोे ।उमेद्वारी दिनेमा अधिकांश सांसद र मन्त्री छन् । निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान… पुरा पढौ

रुपाको बजेट : बाँदर नियन्त्रणदेखि छोरी जन्माउनेको खातामा नगदसम्म

सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब साढे ५५ करोडको बजेट ल्याएको छ । रुपा गाउँपालिकाको मंगलबार भएको १९ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष लालसुबा गुरुङले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । रुपा गाउँपालिकाले चालु खर्चतर्फ ४१ करोड ८२ लाख ३० हजार र पुँजीगत खर्चतर्फ १३ करोड ५५ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटको खर्च बेहोर्ने स्रोतहरुमा संघीय समानिकरण… पुरा पढौ

गण्डकीमा रोपाईं : मनसुन ढिलो भित्रिदा रोपाईंमा ढिलाई

सन्देश श्रेष्ठपोखरा, असार ९ गण्डकी प्रदेशमा असारको पहिलो सातासम्म करीब साढे १४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । गण्डकी प्रदेशमा असार ५ गतेसम्ममा १४.३५ प्रतिशत मात्र धान रोपाई सकिएको गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखाले जनाएको छ । अघिल्लो वर्ष पनि यो समयमा १४ प्रतिशत नै रोपाईं भएको थियो । गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टर जमिन धान रोपाई गर्न योग्य रहेकोमा हालसम्म १३ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाई… पुरा पढौ

रास्वपाको बन्दसत्र जारी,गुटउपगुटमा नलाग्न सभापति रवि लामिछानेको निर्देशन,आजै निर्वाचन प्रक्रिया सुरु हुने

ढिलो गरी सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र चितवनको भरतपुरमा जारी छ । दिउँसो २ बजेदेखि जारी बन्द सत्रमा तीन हजार ८४९ प्रतिनिधि सहभागि भएका छन् । बन्दसत्रमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह अनुपस्थित भएका छन् । बन्दसत्रको उद्घाटन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट नबनाउन निर्देशन दिएका छन् । उनले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताए। सभापति लामिछानेले भने, “हामीले पनि गुटउपगुट बनायौँ भने हामीबाट आउने परिणाम पनि पुराना पार्टीको जस्तै हुन्छ । फरक आउँदैन । फरक परिणाम… पुरा पढौ

जाउँ है पोखरा अभियान सम्पन्न, पोखराको पर्यटन पर्वद्धनमा सफल

सौराहपछि भैरहवा र पाल्पामा छलफल र अन्तरक्रिया गरी यसवर्षको तीन दिने जाउँ है पोखरा अभियान हालै सम्पन्न भएको छ । भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले पोखरा जस्तै भैरहवाले पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने बताउँदै पर्यटनमा नकारात्मक भन्दा सकारात्मक कुरालाई सबैले प्रवद्र्धन गर्नुपर्ने भनाई राखे ।होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जाउँ है पोखरा अभियान संचालनसँगै तीन प्रतिशतबाट अहिले पोखरा आउने आन्तरिक पर्यटकको हिस्सा ५० प्रतिशत पुगेको जानकारी दिए । जाउँ है पोखरा अभियानले नेपाली… पुरा पढौ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र बन्ने, पोखराका महेश त्रिपाठी शीर्ष भूमिकामा

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित जीवनीपरक चलचित्र निर्माण हुने भएको छ। निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा चयन भएका छन्। चलचित्रमा त्रिपाठीले मदनकृष्ण श्रेष्ठको युवा अवस्था र कलात्मक यात्राको भूमिका निर्वाह गर्नेछन्। श्रेष्ठकी स्वर्गीय पत्नी यशोदा सुवेदीको भूमिकामा भने अधिकारी देखिनेछिन्। चलचित्रले श्रेष्ठको प्रेरक र संघर्षमय जीवनकथालाई पर्दामा ल्याउने तयारी गरेको छ। यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता जीवनीपरक चलचित्र निर्देशन गरेर पहिचान बनाएका चाम्सले यस ऐतिहासिक चलचित्रको… पुरा पढौ