गण्डकी

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ । गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेको बताउँदै पोखरामा सुवेदीले उनीहरुको स्वागत… पुरा पढौ

मादीको बजेट ६५ करोड १२ लाख, मादीले अबदेखि पेश्की बजेट नदिने

सन्देश श्रेष्ठपोखरा, असार ८ कास्कीको मादी गाउँपालिकाले ६५ करोड बजेट ल्याएको छ । मादी गाउँपालिकाको १९ औं गाउँसभामा मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले आर्थिक वर्ष २०८३÷८४ का लागि ६५ करोड १२ लाख ५१ हजारको बजेट प्रस्तुत गरेकी हुन् । मादीले चालुतर्फ ४६ करोड ९७ लाख ६१ हजार र पुँजीगततर्फ १८ करोड १४ लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटको खर्च बेहोर्ने स्रोतहरुमा संघीय समानिकरण अनुदानबाट १० करोड २६ लाख, संघीय सशर्त अनुदान २८ करोड २९ लाख र संघीय राजश्व… पुरा पढौ

फ्लाइ दुबईको उडानसँगै,अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन । सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि यात्रु सङ्ख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ । पोखरा–दुबई उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि… पुरा पढौ

गण्डकी कलेजमा रक्तदान, ४३ युनिट संकलन

पोखराको लामाचौरमा आयोजित रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ । गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एण्ड साईन्सले आयोजना गरेको कार्यक्रमबाट ४३ युनिट संकलन भएको कार्यक्रम संयोजक रोजी आचार्यले जानकारी दिईन् । कार्यक्रमको कलेजका प्राचार्य विश्वयुधिर पौडेलले पहिलो रक्तदाता कलेजका स्नातक तह संयोजक ई. रञ्जन अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । ११ औ जिसिईएस आई टि एक्स्पोको पुर्व सन्ध्यामा कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । कार्यक्रममा बोल्दै प्राचार्य पौडेलले विज्ञान र प्रविधिले समेत रक्तदानलाई उत्कृष्ट कार्यका… पुरा पढौ

भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न

पोखरा महानगरपालिका वडा नं. २०, भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयले आयोजना गरेको शिविरबाट त्यस वडाका १ सय ५० बढीले स्वास्थ्य सेवा र परामर्श लिएका छन् । नेपाल मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा मुख्य गरी नाक, कान र घाँटी सम्बन्धि उपचार गरिएको वडा सदस्य गञ्जमान गुरुङले जानकारी दिए ।अस्पतालका डाक्टर सुजन गौतम,डा.दीपेन रानाभाटको नेतृत्वमा खट्टिएको विशेषज्ञसहितको टोलीले सहभागिको स्वास्थ्य जाँच गर्दै, आवश्यक औषधी र परामर्श दिएका थिए । वडाका बिभिन्न क्षेत्रबाट स्थानीयहरु शिविरमा सहभागि… पुरा पढौ

रास्वपाको प्रथम महाधिवेशन चितवनमा सुरु,सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा उद्घाटन

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे । सो अवसरमा उनीहरुसँगै मञ्चमा रहेका बिभिन्न दलका नेताहरुले पनि एकै साथ घण्टी बजाएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जसपाका… पुरा पढौ

रास्वपाको निर्वाचन तालिका सार्बजनिक,महाधिवेशन प्रतिनिधीले चितवनका होटल भरिभराउ

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ ।तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए । सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ । यस्तै, सोमबार बेलुका ६ बजेदेखि… पुरा पढौ

ढोरपाटनको भुजीखोला पुल निर्माण अनिश्चित

बागलुङको ढोरपाटन नगरपालिका–५ भएर बग्ने भुजीखोलामा निर्माणाधीन पुल निर्माण पूरा नहुँदै जीर्ण भएको छ । दश वर्ष अगाडि निर्माण सुरु भएको पुलका सबै पिलर खियाले खाइसकेको छ । पुलमा लगानी भएको रु दुई करोड माटोमा मिलेको ढोरपाटन–५ का शिवराज कँडेल गुनासो गरे । सडक डिभिजन कार्यालयले पनि निर्माण कम्पनीले निर्धारित समयमा निर्माण नगरेपछि ठेक्का रद्द गरेको छ । कार्यालय प्रमुख हरिप्रसाद सुवेदीका अनुसार नयाँ ठेक्का र ‘डिजाइन’ परिवर्तनको ‘फाइल’ स्वीकृतिका निम्ति सङ्घीय सडक विभागमा पठाइएको छ । पुरा पढौ

रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह चितवनमा,कांग्रेस सभापति गगन थापा पनि सहभागी हुने,चार हजार २११ प्रतिनिधि सहभागि

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आज देखि चितवनको भरतपुरमा शुरु हुँदैंछ । ९ गतेसम्म संचालन हुने महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह चितवन पुगेका छन् । उनी परिवारसहित त्यहाँ पुगेका हुन् ।काठमाडौंबाट बुद्ध एयरको जहाजबाट उनी भरतपुर उत्रिएका हुन् ।उनी विमानस्थलबाट छोरी बोकेर बाहिरिएका थिए ।रास्वपाको महाधिवेशको उदघाटन सत्रमा कांग्रेस सभापति गगन थापा पनि सहभागी हुने छन् ।महाधिवेशनका निम्ति पार्टीले चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका… पुरा पढौ

पोखरामा ओलम्पिक दिवसको अवसरमा दौड, छोरा छोरीसँगै आमाहरु पनि दौडिए,

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा पोखरामा ५ किमि दौड प्रतियोगिता आयोजना भएको छ । शनिवार नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. १ कोे विशेष सहयोगमा दौड प्रतियोगिता आयोजना सम्पन्न भएको हो ।मञ्चले हप्ताको पहिलो शनिवार साप्ताहिक तथा मासिक दौड कार्यक्रम अन्तगर्त १८ औँ श्रृङखलाको ५ किमि दौड आयोजना गरेको हो । उक्त दौडमा १६ बर्ष मुनिका बिद्यार्थी छात्र÷छात्रा, खुला महिला, पुरुष र पोखरा महानगरपालिका वडा नम्बर १ स्तरिय आमा समुह सदश्यहरुको ३ किमि दौड प्रतियोगिता भएको नेशनल… पुरा पढौ