स्वास्थ्य

२४ घण्टामा ११४६ सङ्क्रमित थपिए, २१ को निधन

काठमाण्डौं । कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार १४६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १० हजार ९१६ जनामा परीक्षण गर्दा एक हजार १४६ जनामा सङ्क्रमण देखिएको हो । नेपालमा सङ्क्रमणको दर १९.३ प्रतिशत पुगेको छ । सक्रिय सङ्क्रमित २७ हजार ९५८ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । यस्तै आज सङ्क्रमणमुक्त भई एक हजार ६६० जना घर फर्किएका छन् । अहिलेसम्म सात… पुरा पढौ

उद्योगी\व्यवसायीलाई खोपको दोस्रो मात्रा लगाइयो

पोखरा उद्योग वाणिज्य संघको पहलमा कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका सदस्य उद्योगी÷व्ववसायी तथा सदस्य प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई दोस्रो डोज खोप लगाइएको छ । संघका अध्यक्ष नारायण कोइरालाले खोप अभियानको उद्घाटन गरे । संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार साउन ३० गते व्यवसायीहरुलाई पहिलो मात्रा खोप लगाइएको थियो ।पहिलो डोज खोप लगाइएका १४ सय जनालाई शुक्रबार संघको सचिवालयमा नै दोस्रो डोज खोप लगाइएको हो । संघका उद्योगतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमितिका संयोजक अर्जुन पोखरेलले पहिलो डोज खोप लगाउन नपाएका व्यवसायीहरुको लागि… पुरा पढौ

डा.अधिकारी गण्डकी विश्वविद्यालयको डिनमा नियुक्त

पोखरा । गण्डकी विश्वद्यिालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन । विश्वविद्यालय द्वारा डिन नियुक्तीका लागि उपकुलपति प्रा.डा.नवराज देवकोटा संयोजकत्वमा गठित समितीले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो । डा. अधिकारीले नियुक्ती संगै शुक्रबार पदबहाली समेत गरेको उपकुलपति देवकोटाले जनाएका छन । डिन नियुक्त भएका डा.अधिकारीले अमेरिका बाट भौतिक शास्त्र विषयमा विद्यावारिदी हासिल गरेका छन । गण्डकी विश्वविद्यालयको स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयको कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारी हुँदै साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि संकाय)को डिन पदमा… पुरा पढौ

नेपालमा कोरोना संक्रमणको डेल्टा भेरियन्ट फेला

नेपालमा फैलिएको कोरोना संक्रमणमा डेल्टा भेरियन्ट देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले गत असार २३ देखि भदौ ४ गतेसम्म विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको जानकारी दिएका छन्। उनले विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी (आइजीआइबी) मा जिनोमिक सिक्वेन्सिङका लागि पठाइएको बताए। उनले संक्रामक भेरियन्ट भएकोले सतर्कता अपनाउन… पुरा पढौ

मुख्यमन्त्रीद्वारा भेन्टिलेटर हस्तान्तरण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपाल भेन्टिलेटर सोइसाटीलाई १÷१ वटा भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।नेपाल चीन जनमैत्री संघको संक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट प्राप्तमध्ये २ वटा भेन्टिलेटर मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्रीले हस्तान्तरण गरेका हुन् । अस्पतालका प्रशासक प्रदीप पौडेल र डा.डोलेन्द्र आचार्य, सोसाइटीका सदस्य डा. सरोज पोखरेलले भेन्टिलेटर ग्रहण गरे ।मुख्यमन्त्री पोखरेलले चीनको प्रान्तीय सरकार र समन्वयकर्ता नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेलाई धन्यवाद दिए । २ देशबीचको सम्बन्धलाई अझ… पुरा पढौ

पोखरामा आज कक्षा १२ का विद्यार्थीलाई खोप लगाइँदै

कक्षा १२ मा अध्ययनरत पोखराका विद्यार्थीलाई आज (मंगलबार) कोरोनाविरुद्धको खोप लगाइँदै छ। पोखरा महानगरभित्रका विद्यालयहरुमा अध्ययनरत् कक्षा १२ मा करिब ८ हजार विद्यार्थीहरुलाई आज (मंगलबार), भोली (बुधबार) र आगामी आइतबार (भदौ २७ गते) गरी ३ दिन खोप लगाउने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ। महाशाखाले एक सूचना जारी गर्दै मिति र खोप केन्द्र तोकेको हो। महाशाखाले आजका लागि ९ र भोलीका लागि २३ खोपकेन्द्र तोकेको छ। खोप लगाउनका लागि विद्यार्थीको उमेर भने १८ वर्ष पूरा भएको हुनुपर्नेछ। विद्यार्थीलाई कोभिशिल्ड र… पुरा पढौ

दम रोगबाट पीडित हाइमायालाई नेलम्बो नेपालले दियो अक्सिजन कन्सन्ट्रेटर

पोखरा । नेलम्बो नेपालले दम रोगबाट पीडित कास्कीको रुपा गाउँपालिका वडा नं. ७ की हाइमाया परियारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । वडा अध्यक्ष दया सागर सुवेदीको रोहवरमा नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीप्रसाद भण्डारीले आइतबार परियारलाई कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् । परियार विगत लामो समय देखि दम रोगबाट पीडीत भएको र आर्थिक अवस्था समेत कमजोर भई औषधी उपचार गर्न कठिन भएकाले नेलम्बो नेपालले निजको स्वास्थ्यमा सुधार होस् र दैनिक अक्सिजन ओसार पसार गर्न नपरोस् भन्ने हेतुले ६५ हजार बराबरको १… पुरा पढौ

पोखरामा भारी वर्षा, रामबजार र भलाममा घर पहिरोले पुर्दा ३ जनाको मृत्यु, २ घाइते, १ बेपत्ता

पोखरामा बुधबार बेलुकीदेखि लगातार परेको भारी वर्षाका कारण छुट्टाछुट्टै २ घटनामा ३ जनाले ज्यान गुमाएका छन्। त्यस्तै घटनामा २ घाइते, १ बेपत्ता भएका छन्। पोखरा १० रामबजारस्थित भञ्ज्याङ नमुना टोलकी लक्ष्मी नेपालीको ब्लकले बनेको घरपछिाडीबाट पहिरो आइ घर भत्कदाँ ४२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको छ। मणिपाल शिक्षण अस्पतालमा उपचाररत् लक्ष्मी नेपालीको राति १ : २८ मिनेटमा मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै, लक्ष्मी नेपालीको १४ वर्षीया छोरी सृष्टि नेपाली घाइते भइ मणिपालमा उपचार भइ विहान ५… पुरा पढौ

अब,भौतिक उपस्थितिमै स्कूल कलेजहरु खुल्दै

अब, भौतिक उपस्थितिमै नेपालका विद्यालय तथा कलेजहरुमा पठनपाठन सुचारु हुने भएको छ। नेपालका शैक्षिक संस्थाहरूमा कोभिड–१९ कारण दुई वर्ष बढी समयदेखि भर्चुअल रूपमा पठनपाठन हुँदै आएकोमा पछिल्लो समय कतिपय ठाउँहरुमा भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन थालेका छन्। कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै स्मार्ट लकडाउनमा सीमित बनाई कार्यविधि नै जारी गरेपछि भने कतिपय विद्यालयहरूमा भौतिक उपस्थितिमा पठनपाठन सुचारु ग्र्न लागेको हो। कोभिड–१९ संक्रिय सक्रमितको अवस्थालाई ध्यानमा राखेर कोभिड संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि… पुरा पढौ

कोरोना रोग उपचारका लागि अत्यावश्यक मेसिनहरु हस्तान्तरण

पोखरा । लायन्स क्लब अफ पोखरा सेती गण्डकीको आयोजना तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । मंगलबार सङ्क्रामक तथा सरुवारोग अस्पताल, लेखनाथलाई कोरोना रोगको उपचारको लागि अत्यावश्यक ६ लाख  बराबरको मेसिन तथा सामग्रीहरु हस्तान्तरण गरिएको हो ।  जसमा स्वास प्रस्वासमा समस्या भएका गम्भीर विरामीको लागि जीवनदान दिने ल्यल– Non-invasive Ventilation BIPAP मेसिन– ३ थान, बेन्स सर्किट– ५० थान, बेन्स सर्किट मास्क– ५० थान, अक्सिजन मास्क (बच्चाको लागि समेत) १५० थान, नासल प्रोन्ज ५० थान रहेका छन्… पुरा पढौ