समाचार

नो हर्न जोन पोखरामा हर्न आतंक

पोखरा, बैशाख २२ पोखरा हर्न निशेधित क्षेत्र अर्थात ‘नो हर्न जोन’ हो । जहाँ सवारी साधनको हर्न बजाउन प्रतिबन्ध छ । त्यतिमात्र होईन पोखरामा ठूलो साउण्डमा माईकिङ गर्नसमेत पोखरा महानगरपालिकाले निशेध गरेको छ । पोखरा महानगरपालिकाले २०७४ साल साउन १ गतेदेखि पोखरालाई नो हर्न जोन घोषणा गरेको थियो । हर्नका कारण ध्वनी प्रदूषण हुने र त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने भन्दै महानगरले हर्न निशेधित क्षेत्र घोषणा गरेको थियो । हर्न निशेधित क्षेत्र घोषणा भएको एक महिनासम्म पोखरामा सचेतना कार्यक्रम… पुरा पढौ

पोखराको सेती नदीमा नुहाउने क्रममा बेपत्ता युवकको शव भेटियो

श्रृष्टि भट्ट/श्रीषा रायमाझी पोखरा, बैशाख २२ पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव भेटिएको छ । सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका पोखरा महानगरपालिका स्थित मझेरीपाटन बस्ने बागलुङ निसिखोला गाउँपालिका–३ स्थायी घर भएका १८ वर्षीय युवराज वि.क.को शव सोमबार फेला परेको हो । उनको शव मृत अवस्थामा फेला पारिएको कास्की प्रहरीले जनाएको छ । विक पोखरा महानगरपालिका–१४ खाल्टेमसिना स्थित सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । आज दिउँसो २ बजेतिर डुबेर बेपत्ता भएका उनको… पुरा पढौ

लायन्स कप भलिबलः एपिएफलाई हराउँदै आर्मी तेस्रो स्थानमा

पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो बनेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा सशस्त्र प्रहरी बल  (एपिएफ) लाई ३–१ को सेटमा पराजित गर्दै आर्मीले तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेट २५–२३ ले… पुरा पढौ

उदीयमान खेलाडीमा बादल, जितबहादुर र रचनाको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड ?

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौंै संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी रचना चौधरी, भलिबलका जितबहादुर सार्की र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् ।   बादल कार्की (एथलेटिक्स)   एथलेटिक्स खेलाडी… पुरा पढौ

मगर संसारका अध्यक्ष अनिल मगरको पहलमा स्याङ्जामा तेस्रो घर निर्माण गरी हस्तान्तरण

स्याङ्जा जिल्ला चापाकोट ३ पिपल डांडामा जन्म भई हाल देवदह ७ सितलनगर निवासी कोरियामा कार्यरत अनलाइन मगर संसार फोटो ग्यालरी ग्रुप्पेजका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता अनिल लामिछाने मगरको बिशेष सक्रियतामा मगर संसारद्वारा तेस्रो घर निमार्ण गरी हस्तान्तरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका स्याङजा चापाकोट ३ पिपल डांडा निवासी स्वर्गीय टुक बहादुर बिर्कट्टा मगरको परिवारलाई सो घर निर्माण गरी बैशाख १९ गते एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था कमजोर रहेका स्वर्गीय टुक बहादुर बिर्कटा… पुरा पढौ

पोखरा-मुग्लिङ सडक विस्तार: विद्युत् पोल एक साताभित्र हटाइँदै

निर्माणाधीन पोखरा-मुग्लिङ राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ छन् । विद्युत् प्राधिकरणको पोखरा तथा लेखनाथ वितरण क्षेत्रभित्र यी पोल परेका हुन् । राजमार्ग स्तरोन्नतिका क्रममा सडकभित्र परेका विद्युत् पोल हटाउन ढिलाइ हुँदा योजनाको काम प्रभावित भएको छ । विद्युत् पोलका कारणले काम प्रभावित भएपछि आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा भएको सहजीकरण बैठकमा एक साताभित्रमा… पुरा पढौ

त्रिदेव र सदिक्षा, देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट सम्मानित

२० बैशाख २०८२, काठमाडौ । जनहितमा उल्लेख्य र अनुकरणीय कार्य गरी नेपाल र नेपालीको पहिचानको अभिवृद्धिमा तल्लिन व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले स्थापित रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा रानाको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा आयोजित पुरस्कार सम्मान समर्पण कार्यक्रममा त्रिदेव पौडेल र सदिक्षा पण्डितलाई देवी ओली स्मृति बाल पुरस्कारबाट सम्मान गरेको छ । गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लु.एच.आर.) र अम्बिकादेवी ओली स्मृति… पुरा पढौ

पोखरामा सप्ताहब्यापी रूपमा बुद्ध जयन्ती मनाइने

२६४९ औं बुद्धजयन्ती पोखरामा पनि सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने भएको छ । बुद्ध जयन्ती मूल समारोह समिति कास्कीले आइतबार पत्रकार सम्मेलन आयोजना गरी पोखरामा बुद्ध जयन्ती सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने जानकारी दिएको हो । समिति अध्यक्ष टेकबहादुर तामाङले सोमबार बिहान शुभारम्भ र्‍याली तथा साइकल र्‍याली गरेर सप्ताहब्य्यापी कार्यक्रम सुरु हुने बताए । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत साताभरी गुम्बा विहारमा विशेष पूजाका साथै विविध कार्यक्रम हुने बताए । बुद्ध जयन्तीको मुख्य दिन वैशाख २९ गते पूर्णिमाको दिन धर्मशिला बुद्ध विहार नदीपुरबाट शान्ति… पुरा पढौ

पोखराबाट ‘हिकभिजन’ कम्पनीका उत्पादित सामानहरु बिक्री शुरु

राधिका गहतराज/ विद्यार्थी पत्रकार पोखरा, बैशाख २१ पोखरामा ‘हिकभिजनद्वारा उत्पादित सामानहरु बिक्रि शुरु भएको छ । हिकभिजनका सामानहरु हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस)ले बिक्री शुरु गरेको अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिए । बिक्री शुभारम्भकाे अवसरमा आईतबार पाेखरामा हिक्भिजन प्राेडक्ट सेमिनार आयोजना गरेर कम्पनीका सामानहरुमा नवीनतम सुरक्षा प्रविधि अप्नाइरहेको जानकारी दिईयो । कार्यक्रममा ‘हिकभिजन‘ ब्रान्डका अत्याधुनिक सीसीटीभी, नेटवर्किङ उपकरण, स्मार्ट सुरक्षासम्बन्धी विभिन्न प्राविधिक पक्षहरूबारे विस्तृत जानकारी दिईएकाे थियो। सेमिनारमा पोखराका सुरक्षासम्बन्धी व्यवसायी, डिलर, प्राविधिक, तथा आईटी क्षेत्रमा कार्यरत व्यक्तिहरूको उल्लेखनीय उपस्थिति… पुरा पढौ

पोखरा–८ मा मानव अधिकार र महिला अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका–८ मा आज मानव अधिकार र महिला अधिकारसम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा र मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्था इन्सेक (INSEC) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरुालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले यस्ता सचेतनामूलक कार्यक्रमहरू स्थानीयस्तरमा अधिकारसम्बन्धी चेतना अभिवृद्धिका लागि महत्वपूर्ण हुने बताउँदै पोखरा महानगर वडा नं. ८ ले आगामी दिनमा यस्ता क्रियाकलापमा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा… पुरा पढौ