राजनीति

ओलीको ईशारामा अख्तियारले ठूला नेताहरुलाई छानीछानी सिस्नुपानी लगाएनछ भने मलाई थुक्क भन्नुहोला : थापा

नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति तथा पूर्व मन्त्री यज्ञबहादुर थापाले केपी ओलीको ईशारामा अख्तियारले ठूला नेतालाई भ्रष्टाचारको आरोपमा फसाउने दाबी गरेका छन् । नेपाली कांग्रेस कास्कीले विहीबार पोखरामा आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उनले सत्ता कब्जा गर्ने नियतले प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताउँदै अब अख्तियारको मद्धतमा ठूला नेतालाई भ्रष्टाचारमा फसाउने दाबी गरेका हुन् । ठूला नेतालाई फसाउनकै लागि ओलीले संवैधानिक समितिमा बहुमतका आधारमा निर्णय गरेर अख्तिार प्रमुख प्रेमकुमार राईलाई नियुक्त गरेको भन्दै उनले भने,‘हेर्दै जानुहोला अख्तियारले छानीछानी सिस्नुपानी लगाएनछ… पुरा पढौ

प्रधानमन्त्री ओलीले विदेशीको ईशारामा नेपाललाई अफ्गानिस्तान बनाउन खोज्नुभो : पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गणतन्त्र विरोधी केपी शर्मा ओली देशको कार्यकारी प्रमुख हुनु देशको लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन् । ४५ औं राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस कास्कीले विहीबार पोखरामा आयोजना गरेको ‘वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनआन्दोलनताका गणतन्त्र विरोधी अभिव्यक्ति दिने ओली नै त्यहि प्रणालीको कार्यान्वयन गर्ने कार्यकारी प्रमुख हुँदा समस्या उत्पन्न भएको बताएका हुन् । २०६२÷६३ को जनआन्दोलनताका ओलीले नेपालमा गणतन्त्र आउनु… पुरा पढौ

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६। ०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा आज सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । ––(रासस) पुरा पढौ

चाडपर्वले आत्मियता बढाउने काम गर्छन : सभापति कोइराला

पोखरा । कास्की क्षेत्रनं १(१)का प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपालीहरुका विभिन्न चाड पर्वहरुले एक आपसमा आत्मियता बढाउने काम गरेको बताएका छन् । पोखरा महानगर पालिका वडा नंं ३०, गगनगौडामा रहेको गणेश नेवाः खलले योमोरी पुन्हिको अबसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि कोइरालाले अनेकतामा एकता नेपालको पहिचान भएको कुरामा जोड दिए । उनले हाम्रा चाडपर्व अनुसारका खानाले पनि शरिरलाई पौष्टिक आहार प्राप्त हुने हुदा नेपालीहरुको चाडपर्व… पुरा पढौ

आज, ४५ औं राष्ट्रिय मेलमिलाप एकता दिवस, यो वर्षको एकता दिवसमा सरकारको अलोकतान्त्रिक कदमविरुद्ध काँग्रेसको संघर्ष

आज पुसको १६ गते अर्थात ४५ औं राष्ट्रिय मेलमिलाप एकता दिवस। हरेक वर्षको पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप एकता दिवसको रुपमा मनाइन्छ। आजका दिन संपूर्ण राजनैतिक पार्टी, तिनका अनेक भगिनी संगठनहरुले प्रजातान्त्रिक अभ्यासमा इतिहासका ति विशेष कालखण्डका महान जननेताहरु वीपी. कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई आदिका तस्वीरमा माल्यार्पण गर्दै राष्ट्रिय मेलमिलापमा उहाँहरुको योगदानको चर्चा गर्ने गरिन्छ। राष्ट्रिय मेलमिलाप दिवसलाई सदासयता दिवसको रुपमा पनि लिने गरिन्छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली काँग्रेसको संस्थापक नेता वीपी कोइरालालाई… पुरा पढौ

संसदीय शासन पद्धति भएका देशका प्रधानमन्त्रीको चुनाव सिफारिस जायज हुन्छः डा भट्टराई

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले देश निर्वाचनको वातावरणमा गइसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले संसद्मा बहुमतप्राप्त प्रधानमन्त्रीको घोषणानुसार निर्वाचन हुने भएकाले राज्यका सबै संयन्त्र निर्वाचनको तयारीमा लागेको बताउनुभयो । सत्तापक्ष र प्रतिपक्ष पनि निर्वाचनको तयारीमा लागेका छन्, प्रमुख प्रतिपक्षले निर्वाचनको तयारीकै लागि निर्वाचन क्षेत्र केन्द्रित गरेर १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम गरेको छ, अब निर्वाचन हुँदैन कि भन्ने आशङ्कामा नजाऔँ, सबै निर्वाचनको तयारीमा लागौँ”, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता डा भट्टराईले… पुरा पढौ

चाडपर्व राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्ः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । तमु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले प्रचलित भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविधता हाम्रा बहुमूल्य पूँजी रहेको बताउनुभएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको र यहाँ बहुसांस्कृतिक विशेषता मौलिक पूँजीका रुपमा रहेको बताउँदै उहाँले भन्नुभएको छ, “एकता र सहिष्णुताको भाषा, धर्म, संस्कृति, वेशभूषा बहुमूल्य… पुरा पढौ

बाध्यताले संसद विघटन गरेको भन्नेलाई खिमलाल देवकोटाको जवाफ : भोक लाग्यो भन्दैमा आची खाईंदैन कमरेड

नेकपा नेता तथा संविधानविद् खिमलाल देवकोटाले संसद विघटन बाध्यता भन्नु आची खाएजस्तै कुरा भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेकपा कास्कीले मंगलबार पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संसद विघटनलाई केहिले बाध्यताको उपज भन्ने गरेका छन्,उनले भने,‘कमरेड भोक लाग्यो भन्दैमा आची खाईंदैन ।’ उनले ओलीको कदम राजनीतिक हिसाबले अराजनीतिक, संवैधानिक हिसाबले असंवैधानिक, नैतिकताको हिसाबले अनैतिक र राष्ट्रवादको हिसाबले राष्ट्रघात भएको बताए । उनका अनुसार संसद विघटन गर्ने… पुरा पढौ

केपी ओली कम्युनिष्ट नै होईनन् : हितराज पाण्डे

नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट नै नभएको दाबी गरेका छन् । नेकपा कास्कीले मंगलबार पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पाण्डेले ओलीमा कम्युनिष्ट चरित्र र व्यवहार नभएको आरोप लगाएका हुन् । ओली खासमा कम्युनिष्ट नै होईनन्, उनले भने, ओलीमा कम्युनिष्टको कुनै चरित्र नै छैन । कम्युनिष्ट सदस्यले त पार्टी पद्धती, विधि, विधान मान्नु पर्छ, तर ओलीले मान्दैनन् । त्यसैले उनी कम्युनिष्ट हुनै सक्दैनन् ।नेता पाण्डेले नेकपाको आफूहरु संस्थापन भएको दाबी गरे । केन्द्रदेखि… पुरा पढौ

ओलीको नक्कली राष्ट्रवादको मुखुण्डो उत्रियो : पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको सेटिङमा संसद विघटन गरेको आरोप लगाएका छन् । नेकपा कास्कीले मंगलबार पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले ओलीले विदेशीको ईशारामा संसद विघटन गरेको आरोप लगाएका हुन् । भन्न त ओलीजीले मैले सेटिङ गरेर संसद विघटन गरेको भन्नुहुन्छ,उनले भने,‘तर उहाँले आफ्नो होईन, अर्काको सेटिङमा संसद विघटन गर्नुभो ।’ अर्काको सेटिङमा संसद विघटन गरेकाले अब तपाईं (ओली) आफ्नो सेटिङमा हिंड्न सक्नुहुन्छ,उनले थपे,‘अब तपाईं अर्काको सेटिङमा… पुरा पढौ