राजनीति

प्रदेश सभा विघटन गर्ने कुरा प्रधानमन्त्रीको एकल अधिकारको विषय होईन : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्रीलाई प्रदेश सभा विघटन गर्ने एकल अधिकार नभएको दाबी गरेका छन् । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश सरकार ढलाउने प्रयास गरे प्रदेश सभासमेत भंग गर्दिन्छु भन्ने आसय प्रकट गरिरहेका बेला ओली निकट मानिएका गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेश सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा एकल रुपमा नरहेको दाबी गरेका हुन्। पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेश सभा भंग गर्न प्रदेश सरकारको सहमति हुनुपर्ने बताए । प्रदेश सभा भंग… पुरा पढौ

आजदेखि प्रतिनिधिसभा विघटनको मुद्दाको संवैधानिक इजलासमा बहस हुँदै

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज (बुधबार) देखि शुरु हुँदैछ। सर्वोच्च अदालतको आदेशअनुसार विवादित सो मुद्दाको सुनुवाई संवैधानिक इजलाशमा हुने भएको हो। सर्वोच्चको आदेश बमोजिम राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखको कार्यालयबाट लिखित जवाफ गत १९ गते नै पेश भइसकेको छ। यसैबीच इजलाश अन्तरगत एमिकस क्युरीमा सहभागी हुन पहिलोपटक महिला वरिष्ठ अधिवक्ता गीता पाठक र अर्का कानूनवेत्तामा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई सर्वोच्च अदालत बारको समितिले सिफारिश गरेको छ। नेपाल बार एशोसिएसनको तर्फबाट भने वरिष्ठ अधिवक्ता… पुरा पढौ

सरकारले गरेको मन्त्रिपरिषद् विस्तार प्रति सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाण्डौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद्मा थप नियुक्ति, हेरफेर वा कार्यविभाजन गर्नुको लिखित कारण सरकारसँग माग गर्ने आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज सरकारसँग लिखित जवाफ माग गर्दै यही पुस २८ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको हो । राष्ट्रपति कार्यालय शीतलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली, केशरजङ्ग केसी, दिनेश लामिछानेले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् विस्तार नगर्न माग गर्दै रिट निवेदन… पुरा पढौ

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताएका छन् । सर्वोच्च अदालतमा आज आफ्नो लिखित जवाफ पठाउँदै उनले सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थाको विघटन संसद्माथिको हस्तक्षेप भएको उल्लेख गरे। प्रतिनिधिसभाको विघटन नेपालको संविधानको मर्म र भावनानुरुप नभएको उनको जवाफमा उल्लेख छ । नेपालको संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको सभामुखको जवाफमा उल्लेख छ । संविधानको फरक व्याख्या नहोस् र शक्तिपृथकीकरण, सन्तुलन र… पुरा पढौ

मादी-११ मा नेकपाको कार्यकर्ता भेला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मादी गाँउपालिका वडा नं ११, को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। भेलालाई सम्वोधन गर्दै पार्टीका गाँउपालिका कमिटि अध्यक्ष कृष्णराज दाहालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधि सभाको विघटन गरि मुलुकलाई प्रतिगमन तर्फ लैजाने दुस्साहस गरेकाले यसलाई सच्चाउन शशक्त आन्दोलन गर्नुको विकल्प नरहेको वताए। कार्यक्रममा आफ्ना धारणा राख्दै युवा नेता पुर्ण लामाले हाल प्रचण्ड र माधाव नेपालले नेत्रित्व गरेको नेकपामा दुईतिहाई वहुमत रहेको तथा बिधि र बिधान सम्मत यहि कमिटि अगाडि… पुरा पढौ

मुख्यमन्त्री पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम हुनुहुन्छ : मन्त्री फुँयाल

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताउनुभएको छ । आज रासससँग कुरागर्दै मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गर्नुभयो । उहाँले प्रदेशसभामा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा अन्य प्रयोजनका लागि प्रदेशसभा सदस्यले गरेका हस्ताक्षरको दुरुपयोग भएको पाइएको तथा प्रस्तावमा हस्ताक्षर गरिएका सदस्यले आफ्नै दलका नेताविरुद्ध अविश्वासको प्रस्तावमा आफ्नो नाम र हस्ताक्षर कीर्ते भएको बताएको उल्लेख गर्नुभयो । उहाँले कसैलाई मुख्यमन्त्री बनाउन… पुरा पढौ

आज, नेपाली काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठकले आज (आइतबार) बस्दैछ। प्रतिनिधिसभा विघटनबारे छलफल गर्न सुरु भएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आज (मंगलबार) देखि फेरि निरन्तरता पाउने भएपनि तत्काल कुनै निर्णय आउने संभावना देखिदैन। सभापति शेरबहादुर देउवाको मिलोमतोमा प्रतिनिधिसभा विघटन भएको आरोप काँग्रेसकै असन्तुष्ट पक्षले लगाउँदै आएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आक्रामक रुपमा सडक आन्दोलनमा जानुपर्ने माग राखेपनि संस्थापन पक्ष भने सर्वोच्च अदालतको निर्णय पर्खने रणनीतिमा देखिएको छ पौडेल पक्षधरले संसद विघटन असंवैधानिक भएकाले त्यसबारे… पुरा पढौ

ओलीलाई जनमत पचेन : करण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनमत नपचेको टिप्पणी गरेका छन् । नेकपा प्रचण्ड पक्षको पोखरा महानगर कमिटीको बिस्तारित बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले ओलीलाई जनताले विकास र समृद्धिको आशामा दिएको जनमत नपचेको बताएका हुन् । ‘ओलीमा रहेको स्वेच्छाचारिता र अधिनायकवादी सोंचका कारण जनताले दिएको विश्वासको मतलाई उनले संसद विघटन गरेर लत्याए’–उनले भने । नेता करणले ओली बुर्जुवा भएकोसमेत आरोप लगाए । संघीय लोकतान्त्रिक गणतन्त्र मास्न खोज्ने ओली बुर्जुवा भएको… पुरा पढौ

सिस्टम बचाउन संसद विघटनःमन्त्री रायमाझी

उर्जा मन्त्री टोपबहादुर रायमाझीले सिस्टम बचाउन संसद विघटन गर्नुपरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले सिस्टम बचाउनका लागि संसद भंग गरेको जिकीर गरेका हुन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री रायमाझीले प्रचण्ड–माधव समूहले बहुमतको दम्भमा प्रधानमन्त्रीलाई हटाएर सिस्टम माथि नै प्रहार गर्न लागेकाले प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन गरेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षीय नेता रायमाझीले ओलीलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष, पार्टी… पुरा पढौ

‘प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्यामा’

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताउनुभएको छ । स्थानीय पूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन हुँदा यसको असर स्थानीय तहसम्म पुगेको बताउनुभयो । जनताबाट झण्डै दुई तिहाइ मत पाएको वर्तमान सरकारले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्दा यसको असर सबै प्रदेश र स्थानीय तहसम्म पुगेको छ, प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो”, उहाँले भन्नुभयो । वर्तमान सरकारले कोरोना नियन्त्रणमा… पुरा पढौ