देश

आश्विन शुक्ल पूर्णिमा : दसैँको अन्तिम दिन

आज कोजाग्रत पूर्णिमाको अवसरमा महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर बडा दसैँ पर्व समापन गरिँदैछ।आजै अखिल बलिपूर्ति गरी विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पनि शास्त्रीय विधान अनुसार समाप्त हुनेछ।महालक्ष्मीको पूजा आराधना र रातभर जाग्राम बसेपछि धन, ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ।काठमाडौँ । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा… पुरा पढौ

आवश्यक सहजीकरण गर्न कास्की प्रशाासनको आग्रह

जिल्ला प्रशासन कार्यालय कास्कीले स्याङ्जा –कास्की, म्याग्दी –बाग्लुङ –पर्वत –कास्की, कास्की– तनहुँ सडक खण्डमा अन्तर जिल्ला यात्रा गर्ने यात्रुहरुको आवतजावतमा तत्कालका लागि कुनै समस्या नरहेको जनाइएको छ। त्यस्ता यात्रुको आवश्यक सहजीकरण गर्ने समेत स्पष्ट पारेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले राजमार्गमा एम्बुलेन्स गर्भवती तथा असक्त व्यक्ति बोकेका सवारी साधनलाई रोकिएको भए आवश्यक सहजीकरण गर्न निर्देशन दिइएको छ। त्यस्तै बैठकले गन्तव्य स्थल र रुटमा पर्ने जिल्लाको जोखिम अवस्था बुझेर एम्बुलेन्स, वैदेशिक यात्रामा निस्किएका यात्रु,… पुरा पढौ

नेपाललाई मोटर स्पोर्टस्मा ऐतिहासिक एशियाली स्वर्ण पदक प्राप्त

नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मोटर स्पोट्र्सको अफिसियल इभेन्टमा स्वर्ण पदक जित्दै एशिया प्यासिफिक मोटर स्पोट्र्स च्याम्पियनसिप–२०२५ मा ऐतिहासिक सफलता हासिल गरेको छ । गत सेप्टेम्बर २६–२८मा श्रीलङ्काको कोलम्बोस्थित श्रीलङ्का कार्टिङ सर्किटमा सम्पन्न प्रतियोगितामा नेपालका आशिष भारती “रोनी”ले अटो जिमखाना (पुरुष एकल) विधामा स्वर्ण पदक जितेर नेपालकलाई ऐतिहासिक सफलता दिलाएका हुन् ।उक्त प्र्रतियोगितामा १८ राष्ट्रका २०४ खेलाडी सहभागी थिए । पहिलो दिनको अभ्यासमा उनी १६औँ स्थानमा मात्र थिए, दोस्रो दिन भएको अर्को इभेन्ट एशिया अटो जिमखाना च्याम्पियनसिपमा पाँचौँ स्थानमा पुगे र त्यसपछि… पुरा पढौ

विपद्का घटनाबाट देशभर ४९जनाको मृत्यु, ११ बेपत्ता,इलाममा पहिरोले पुरेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४९ जनाको मृत्यु भएको छ। बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन्। यसैगरी बाढीपहिरोमा परी ईलाममा ३७, उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ। खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन्। पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन्।राष्ट्रिय विपद्… पुरा पढौ

बाढीपहिरोले देशका अधिकांश राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ– मुग्लिन सडक पनि पहिरोले प्रभावित भएको छ । यद्यपि यो बाटो एकतर्फी सञ्चालनमा छ ।। काभ्रेको बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ ।रसुवाको पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्गमा पनि सवारीसाधन सञ्चालन भएका छैनन् ।… पुरा पढौ

महिला क्रिकेटः नेपाल पराजित

मलेसियाविरुद्धको टी ट्वेन्टी अन्तरराष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा मलेलियासँग नेपाली महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित भएको हो । यो पराजयसँगै पाँच खेलको उक्त शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ ।यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।मलेसियाले जितको लागि दिएको एक सय २१ रनको लक्ष्य पछ््याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय… पुरा पढौ

इलाममा पहिरोः मृत्यु हुनेको संख्या १८ पुग्यो

इलामका विभिन्न ठाउँमा लगातारको वर्षा पछि आएको पहिरोमा परि १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गए पनि अहिलेसम्म १८ जनाको मात्रै पुष्टि भएको छ। इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ भने माङ्सेबुङ गाउँपालिका १ पाटी गाउँमा ३ जनाको मृत्यु भएको छ ।त्यस्तै देउमाई नगरपालिका ५ ढोरेमा १ जना, देउमाई नगरपालिका ५ धुसुनेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना,… पुरा पढौ

असल अभ्यासमा बाटुलेचौरको विन्ध्यवासिनी मावि उत्कृष्ट बन्न सफल

असल अभ्यासमा बाटुलेचौरको विन्ध्यवासिनी मावि उत्कृष्ट बन्न सफल पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले शैक्षिक गतिविधी तथा क्रियाकलापको असल अभ्यास तर्फ देशभरि नै उत्कृष्ट दोस्रो बन्न सफल भएको छ। शिक्षा विभाग अन्र्तगतको मानव श्रोत विकास केन्द्रले गरेको सर्वेका आधारमा बाटुलेचौरको विन्ध्यवासिनी मावि गण्डकी प्रदेशमा उत्कृष्ट पहिलो र देशभरवाट छानिएका विद्यालयमा दोस्रो बन्न सफल भएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो । विभिन्न मापदण्डका आधारमा सामुदायिक मावि तर्फ विद्यालयको मापन गरिएको थियो । उत्कृष्ट पहिलो भने रुपन्देहीको कालिका मानव ज्ञान मावि… पुरा पढौ

भोलि र पर्सि बिदा थप,कार्यालय प्रमुखहरूलाई अनिवार्य रुपमा कार्यस्थल पुग्न निर्देशन

लगातारको वर्षा र देशभरको प्रतिकूल मौसमका कारण सरकारले आइतबार र सोमबार थप दुई दिन सार्वजनिक बिदा दिएकोे छ । दसैंको बिदा सकिएर सरकारी कार्यालयहरू भोलिदेखि (आइतबार) खुल्ने तय भएपनि, लगातारको अविरल वर्षाले सडक अवरुद्ध र जनजीवन प्रभावित भएपछि सरकारले आकस्मिक रूपमा बिदा थप गर्ने निर्णय गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले भने, “देशभरको अविरल वर्षाका कारण आवतजावत असहज भएको, केही स्थानमा सडक र पुल बगाएको, र जनजीवन सामान्य अवस्थामा फर्किन नसकेको अवस्था देखिएकाले आइतबार र सोमबारका लागि सार्वजनिक बिदा दिने… पुरा पढौ

वर्षाका कारण २० गतेसम्म लामो दूरीका सवारी साधन आवागमनमा कास्की प्रशाासनको रोक

मुलुकभर तीन दिनसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै जिल्ला प्रशाासन कार्यालय, कास्की ले लामो दूरीका सवारी साधनको आवतजावत पूर्णरूपमा रोक्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार सूचना जारी गरीे नागरिकलाई सतर्क रहन र घरमै सुरक्षित रुपमा बस्न आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार आज देखि २० गतेसम्म देशभर वर्षा हुने र गण्डकी प्रदेशका विभिन्न भूभागमा बाढी, पहिरो र डुबानको जोखिम रहने अनुमान गरिएको छ । सोही पूर्वानुमानका आधारमा राष्ट्रिय विपद्… पुरा पढौ