देश

फागुन २१ को चुनावमा सक्रिय रुपमा भाग लिने माओवादी केन्द्रका संयोजक प्रचण्डको उद्घोष

आगामी फागुन २१ मा हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रले सक्रिय सहभागिता जनाउने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गर्दै विभिन्न कम्युनिष्ट घटकसँग एकताको प्रयास जारी राख्ने जनाएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागि हुने बताएका हुन् । उनले आफ्नो पार्टी घोषित मितिमा निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।‘घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने… पुरा पढौ

गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएशनको रक्तदानमा ३६ युनिट संकलन

पोखराको नयाँबजारमा रहेको गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएशनले सोमबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । एशोसिएशनको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानको एशोसिएशनका प्रेस सल्लाहकार कृष्ण थापाले पहिलो रक्तदाता सीता पौडेल मिश्रलाई व्लड व्याग हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा थापाले जोखिममा परेकाको ज्यान जोगाउन रगतको सट्टामा रगत नै भएकोले रक्तदान जस्तो पुन्यको कर्म अर्को कुनै नभएको बताउनुभएको थियो। कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली,संस्थाका स्वास्थ्य सल्लाहकार डा.रवीन्द्र… पुरा पढौ

दशैं बिदा सकिए लगत्तै सरकारी कार्यालयहरूमा चहलपहल,गण्डकीमा भने सुनसान

नेपालीहरूको महान पर्व बडादशैंको बिदा सकिए लगत्तै देशका सरकारी कार्यालयहरूमा चहलपहल सुरु भएको छ । सिंहदरबारसहित देशका विभिन्न सरकारी कार्यालयहरुमा चहलपहल सुरु भएको हो । यस वर्ष असोज १६ गते दशैंको टीका रहेको थियो । त्यसपछिका पाँच दिन कोजाग्रत पूर्णिमा (आज) सम्म दशैंको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो । दशैंको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा कर्मचारीहरुको चहलपहल देखिएकोे हो ।सिंहदरबारमा पनि कर्मचारीहरु आएर आफ्नो काम सुरु गरेका छन् । दशैंमा सुनसान बनेको सिंहदरबारमा आजदेखि चहलपहल… पुरा पढौ

गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएशनकाे रक्तदानमा ३६ युनिट रगत संकलन

पोखरा, २० असोज । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएशन नयाँबजार, पोखराको ३२ औं वार्षिक उत्सवको अवसरमा साेमबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । प्रमुख अतिथि एशोसिएशनका प्रेस सल्लाहकार तथा ८२ औं पटक रक्तदान गरसिकेका रक्तदान अभियन्ता, सामाजिक व्यक्तित्व तथा संचारउद्यमी कृष्ण थापाले पहिलो रक्तदाता सीता पौडेल मिश्रलाई व्लड व्याग हस्तान्तरण तथा पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा थापाले जोखिममा परेको ज्यान जोगाउन रगतको सट्टामा रगत नै भएकोले रक्तदान जस्तो पुन्यको कर्म… पुरा पढौ

जेनजी आन्दालनका अझै ३० जना घाइते अस्पतालमा

जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको अझै देशका विभिन्न विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना सहित देशभर कुल ३० जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना, कीर्तिपुर अस्पतालमा एक जना, बी… पुरा पढौ

दमौली कारागारका १ सय ३५ कैदीबन्दी अझै सम्पर्क बाहिर

जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १ सय ९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल ३ सय २७ रहेका मध्ये १ सय ३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ । त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइसकिएको निमित्त जेलर श्यामसिं बोहराले जानकारी दिनुभयो । बेसींसहरस्थित जिल्ला कारागारको जीर्ण पर्खाल भत्किएपछि असुरक्षा बढ्दा त्यहाँका सबै कैदीबन्दीलाई दमौली र पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको थियो ।लमजुङ कारागारबाट छ… पुरा पढौ

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाउने तयारी

नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन अगावै विशेष महाधिवेशन हुनुपर्ने माग चर्को रुपमा उठेको छ । कांग्रेसका केही नेताले केन्द्रीय समिति बैठकअघि नै विशेष महाधिवेशन आह्वानको माग गर्दै हस्ताक्षर पेश गर्ने तयारी समेत गरेका छन्। सभापति शेरबहादुर देउवाले यही असोज २६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टी विधानअनुसार विशेष महाधिवेशनका लागि दुई विधि छन् ।केन्द्रीय समिति बैठकले आवश्यक ठानेर विशेष महाधिवेशन बोलाउन सक्न पहिलोे र ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाई हस्ताक्षरसहित लिखित माग गरेमा विशेष महाधिवेशन बोलाउन… पुरा पढौ

टिकट नपाएपछि इलाम जान रोकिए गृह र उर्जा मन्त्री

इलामको पहिरो प्रभावित क्षेत्रमा जाने तयारी गरेका गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङको योजना स्थगित भएको छ । मन्त्री अर्याल र घिसिङ सोमबार इलामको पहिरो प्रभावित क्षेत्रमा जाने तयारी थियो । तर, सोमबार जहाजको टिकट नपाएपछि स्थगित भएको गृह मन्त्रालय श्रोतले जनाएको छ । असोज १८ र १९ गतेको अविरल वर्षापछि इलाममा सबैभन्दा बढी क्षति भएको थियो ।इलाममा मात्रै पहिरोले बस्ती पुर्दा ७ जना बालबालिकासहित ३७ जनाको मृत्यु भएको छ। उक्त क्षेत्रको स्थलगत अवलोकन गरी त्यहााको वस्तुस्थितीको जानकारी… पुरा पढौ

सुनको मुल्यमा नयाँ किर्तिमान

नेपाली बजारमा सोमबार पनि सुनको मूल्य आकासिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोवार भईरहेको छ। जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले जनाएको छ।आइतबार पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलाको ७ हजार चारसय रुपैयाँ बढेको थियो। सुनको मूल्य हिजो र आज गरेर नौ हजार नौसय रुपैयाँ बढेको छ। यस्तै चाँदीको मूल्य पनि आइतबारको तुलनामा… पुरा पढौ

‘नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन’

नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन… पुरा पढौ