देश

थमन परियार स्मृति प्रतिष्ठानको अध्यक्षमा खाती

पोखरा, १४ असार । थमन परियार स्मृति प्रतिष्ठानको आज शनिबार सम्पन्न एघारौं साधारण सभा तथा छैठौँ अधिवेशनबाट शम्भु खातीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । अधिवेशनबाट उपाध्यक्षमा यज्ञ प्रसाद तिवारी, सचिवमा सन्तोष परियार, कोषाध्यक्षमा संगिता सुनाम निर्वाचित भएका छन् भने सदस्यहरुमा राजु परियार, बिन्दु परियार, सरस्वती परियार निर्वाचित भएका छन् । साथै उक्त कार्यसमितिले सह-सचिव र तीन सदस्य पहिलो बैठकबाट मनोनित गर्ने नवनिर्वाचित सचिव सन्तोष परियारले जनाएका छन् । गण्डकी प्रदेश सांसद दम्यन्ती रुचालको प्रमुख आतिथ्यतामा सम्पन्न… पुरा पढौ

मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानून बनाउन माग

पोखरा, असार १५ गण्डकी प्रदेशका मानव अधिकार रक्षकहरूले मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणका लागि कानून बनाउन माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र युरोपियन युनियनको सहकार्यमा शनिबार आयोजित प्रदेश स्तरीय मानव अधिकार रक्षक सम्मेलनले मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणका लागि तीनै तहको सरकारलाई कानून बनाईदिन माग गरेको हो । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूको प्रभावकारी कार्यान्वयन लगायतका १६ बुँदे घोषणापनि जारी गरेको छ । घोषणा… पुरा पढौ

खाल्टे मसिनामा किसान महासंघको रोपाईं महोत्सव

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् । नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं। १४ को समन्वयमा खाल्टेमसिनामा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले यस्तो बताएका हुन् । “धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । माटो बचाऊ, धान फलाऊ भन्ने मूल नाराको मर्म आत्मसात गर्दै कृषि पेसाप्रति सम्मान र प्रवद्र्धन गर्न आवश्यक छ ।”,उनले भने ।… पुरा पढौ

हेमजामा राजगोमनलाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषणा

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २५, हेमजाले राजगोमन (कालिनिाग) लाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषण गरेको छ । स्नेक कन्जर्भेसन सोसाईटी नेपालको आयोजना, प्रकृतिका साथीहरुको सहकार्य र पोखरा महानगर पालिका वडा नं. २५ हेमजाको आर्थिक सहयोगमा शनिबार भएको लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतना मुलक कार्यक्रममा वडा सर्प र वडा पंक्षी घोषणा गरिएको हो । कार्यक्रममा पोखरा महानगर पालिकाका प्रवक्ता तथा वडा नं. २५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले राजगोमन (कालिनिाग) लाई ‘वडा सर्प’ र गोठे… पुरा पढौ

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशद्धारा मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण

पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । एकेडेमीले मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुलाई सहयोग स्वरुप चामल, दाल, नुन, तेल, आलु लगायतका खाद्यान्न सामाग्री प्रदान गरेको हो । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका एमाले दलका नेता तथा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीले जनताको बहुदलिय जनवादको प्रतिपादक मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले मानव सेवा आश्रममा आश्रितहरुलाई… पुरा पढौ

पोखराका २१ संस्थागत र ९ सामुदायिक विद्यालयका ६४ जनाले ल्याए ४ जीपीए

पोखरा, असार १४ माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पोखराका ६४ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । पोखराका २१ संस्थागत र ९ सामुदायिक गरेर कुल ३० विद्यालयका ६४ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् । पोखराका २१ संस्थागत विद्यालयका ४६ जना तथा ९ सामुदायिक विद्यालयका १८ जना विद्यार्थी उत्तिर्ण भए । पोखराका ४ जीपीए ल्याउने २१ संस्थागत विद्यालयमध्ये मदरल्याण्ड सेकेण्डरी स्कुल नतिजामा अब्बल देखिए । सो विद्यालयका ११ जना विद्यार्थी ४ जीपीए ल्याएर एसईईमा उत्तिर्ण भएका हुन्… पुरा पढौ

पोखराका २१ संस्थागत विद्यालयका ४६ जनाले ल्याए ४ जीपीए

पोखरा, असार १३ पोखराका २१ संस्थागत विद्यालयका ४६ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । शुक्रबार प्रकाशित एसईईको नतिजामा पोखराका विद्यालयहरु मध्ये सबैभन्दा धेरै मदरल्याण्ड सेकेण्डरी स्कुलका ११ जना विद्यार्थीले ४ जीपीए ल्याएर उत्तिर्ण भए । अघिल्लो वर्षपनि सो विद्यालयका १० जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भएका थिए । संस्थागततर्फ दुई विद्यालयका ४/४ जना विद्यार्थी ४ जीपीए ल्याएर उत्तिर्ण भए । पोखराको शिशु निकेतन र फिस्टेल एकेडेमीका ४/४ जना विद्यार्थी ४ जीपीए ल्याएर… पुरा पढौ

पत्रकार अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जना पुरस्कृत

१४ असार । पोखरा महानगरपालिका नगर युवा परिषदले ६ फरक/फरक क्षेत्रका युवाहरुलाई पुरस्कृत गरेको छ । युवा परिषदले पत्रकार अमृत सुवेदीसहित ६ फरक क्षेत्रका ६ जना युवालाई पुरस्कृत गरेको हो । पोखरालाई कर्म क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका सुवेदीलाई युवा शसक्तीकरण तथा पत्रकारिता क्षेत्रबाट पुरस्कृत गरिएको हो भने कला, साहित्य तथा नाट्य क्षेत्रबाट पोखरा चियटरका सञ्चालक मुक्तिबहादुर कार्की (परिवर्तन), सामाजिक तथा सरसफाइ क्षेत्रमा क्रियाशील सन्तोष पौडेल, विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियाशील ब्लाक टेकका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली, कृषिबाट अर्गानिक… पुरा पढौ

पोखरामा सामुदायिक विद्यालयका १८ जनाले ल्याए चार जीपीए

पोखरा, असार १३ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पोखराका सामुदायिक विद्यालयका १८ जना विद्यार्थीले चार जीपीए ल्याएर उत्तिर्ण गरेका छन् । सामुदायिक विद्यालयप्रति आम सर्वसाधारणको विश्वास टुटिरहँदा पोखराका ८ सामुदायिक विद्यालयका १८ जनाले चार जीपीए ल्याएर उत्तिर्णहुँदै सामुदायिक विद्यालय कमजोर नभएको सन्देश दिएका हुन् । पोखरामा सँधै अब्बल अमरसिंह माविका ५ जनाले यस वर्ष चार जीपीए ल्याएर उत्तिर्ण भएका छन् । त्यस्तै, पोखरा–१३ स्थित भद्रकाली मावि र पोखरा–८ स्थित जनप्रिय माविका समान ४÷४ जना विद्यार्थीले चार जीपीए ल्याएर उत्तिर्ण… पुरा पढौ

मदरल्याण्डका ११ जनाले ल्याए ४ जिपिए

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मदरल्याण्ड माध्यमिक विद्यालयबाट एकैचोटि ११ जना विद्यार्थीले ४.० जिपिए ल्याउन सफल भएका छन् । गत वर्ष पनि १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४.० जिपिए आएको थियो । यस विद्यालयबाट १ सय ६६ जनाले एसइई दिएका थिए । तीमध्ये ३.६ देखि ४.० जिपिएसम्म आउने १ सय ३६ जना छन् । यसैगरी, ३.२ देखि ३.६ जिपिएसम्म आउने २८ जना छन् भने १ जना विद्यार्थीको ३.०५ जिपिए आएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।… पुरा पढौ