देश

ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु

पोखरा, ९ वैशाख । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)द्वारा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आजदेखि पोखरामा तीन दिने डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली विषयक तालिम सुरु गरिएको छ ।महिला पर्यटन व्यवसायीलाई लक्षित गरी आयोजित तालिममा पर्यटन व्यवसाय र अवसरहरू, व्यवसायिक कानुनी पक्ष लगायतका विभिन्न विषयमा तालिम दिइने ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिईन् । पछिल्ला समयमा पर्यटन व्यवसायका क्षेत्रमा महिला सहभागिता बढ्दै गएको बताउँदै उनले पर्यटन व्यवसायमा बढ्दो प्रविधिको प्रयोग लगायतका विषयमा विभिन्न विज्ञहरूले तालिम दिनुहुने जानकारी दिईन् ।तालिमको उद्घाटन कार्यक्रममा… पुरा पढौ

महिला उद्यमी संघ नेपाल, कास्की उद्यमशिलता प्रेरित गर्दै

पोखरा, बैशाख ९ महिला उद्यमी संघ नेपाल, कास्कीले कोपिला नेपालमा संरक्षित महिलाहरुका लागि हस्तकलाका लागि आवश्यक पर्ने कच्चा पदार्थ सहयोग गरेको छ । संघ कास्कीले आफ्नो १६औं स्थापना दिवसको अवसरमा मंगलबार कोपिला नेपालमा संरक्षित महिलाहरुलाई हस्तकलाका सामान उत्पादनमा सघाउ पुगोस् भन्ने उद्देश्यले हस्तकलाका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु धागो, कुरुषलगायतका सामग्रीहरु सहयोग स्वरुप प्रदान गरेको हो । त्यस्तै संघ, कास्कीले नगद २० हजार बराबरको खाद्यान्न सामग्रीसमेत प्रदान गरेको संघ, कास्कीकी अध्यक्ष सरु बरालले जानकारी दिईन् । कार्यक्रममा गण्डकी प्रदेश सभाका… पुरा पढौ

सुनको मूल्य २ लाख नजिक, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसैगरि, चाँदीको मूल्य पनि तोलामा रु १० ले… पुरा पढौ

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो । शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले गत चैत २० गतेदेखि सडक आन्दोलनसमेत गरिरहेका छन् । सरकार र महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । पुरा पढौ

राष्ट्रिय परीक्षा बोर्डले बोलायो बैठक, कक्षा १२ को परीक्षा मितिबारे टुंगो लाग्ने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी महत्वपूर्ण निर्णय गर्न आज बैठक बोलाएको छ । शिक्षकहरूको जारी आन्दोलनले शिक्षाको वातावरण प्रभावित भइरहेका बेला बोर्डले परीक्षा सञ्चालन गर्ने वा नगर्ने विषयमा छलफल गर्न बैठक डाकेको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनरत छन् । यद्यपि, सरकार र महासंघबीच पटकपटक संवाद भएका छन्, तर… पुरा पढौ

स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, प्रभाव कोशी र गण्डकी प्रदेशमा

हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत गण्डकी… पुरा पढौ

भूतपूर्व खेलाडी मञ्चको रजत वर्षमा, १२ महिना १२ कार्यक्रम गर्ने

पोखरा, बैशाख ८ नेपाली खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च रजत वर्षमा प्रवेश गरेको छ । २०५८ साल आजकै दिन बैशाख ८ गते स्थापना भएको मञ्च २५ वर्षिय रजत वर्षमा प्रवेश गरेको हो । ‘पोखरा म्याराथन’लाई ब्राण्डका रुपमा स्थापित गरेको मञ्चले रजत वर्षमा हरेक महिना विभिन्न ईभेन्ट गर्ने जनाएको छ । मञ्चले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई निरन्तरता दिने बताएको छ भने त्यसबाहेक पोखरा महानगर पालिकाको “स्वच्छ पोखरा, स्वस्थ पोखरेली”को नारालाई आत्मसाथ गर्न सुरूवात गरिएको मासिक÷साप्ताहिक दौडलाई वर्षैभरी अर्थात १२ महिना… पुरा पढौ

चौतर्फी घेराबन्दीमा परेपछि शिक्षामन्त्री भट्टराईले दिईन् राजिनामा

चौतर्फी घेराबन्दीमा परेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षक महासंघको आन्दोलन नरोकिदा दवाबमा परेकी उनी प्रधानमन्त्रीसँगको भेटपनि सकारात्मक नभएपछि राजिनामा दिएको श्रोतले बताएको छ । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको भट्टराई निकट श्रोतले बताएको छ । शिक्षक आन्दोलन नरोकिएपछि उनी दवाबमा थिईन् । शिक्षकहरुको माग सम्बोधन गर्नका लागि पहल गरिरहँदा उनी प्रधानमन्त्री ओलीलाई भेट्न गएकी थिईन् । शिक्षकको माग सम्बोधनका लागि विभिन्न कोणबाट निकास निकाल्ने योजना सुनाउँदापनि प्रधानमन्त्री सकारात्मक नबनेको श्रोत बताउँछ । प्रधानमन्त्री… पुरा पढौ

तीन गाउँले थकाली सेवा समाजको नवनिर्मित दोश्रो तला भवनको उद्घाटन

पोखरा, बैशाख ८ पोखराको घारीपाटनस्थित तीन गाउँले थकाली सेवा समाज नेपालको नवनिर्मित दोस्रो तला भवनको उद्घाटन भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ एयरपोर्ट निवासी शक्तिप्रसाद थकालीले आफ्नी धर्मपत्नी स्व.भीमकुमारी थकालीको स्मृतिमा निर्माण गरिदिएको समाजको दोश्रो तला भवनको सहयोग दाता शक्तिप्रसादसहित पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्य र पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा भीमकुमारी थकालीको स्मृतिमा निर्मित कक्षपनि उद्घाटन गरिएको थियो । सो भवनलको दोश्रो तला स्वर्गिय भीमकुमारीको श्रीमान शक्तिप्रसाद थकालीले १९ लाख ५०… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले घटेर दुई हजार छ सय ९८ दशमलव २८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुई सय ९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक… पुरा पढौ