देश

टेकनाथको स्मृति दिवसमा शेरचन पुरस्कृत

पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको अभाव खड्किएको तीन वर्ष भयो । वाम बुद्धिजीवी एवं मानवअधिकारवादी नेता बरालको तेस्रो स्मृति दिवसमा आइतकार उनका समवयी, आफन्त, शुभेच्छुकहरूले उनको सम्झना गरे ।टेकनाथ बराल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनका सहयात्री अमिक शेरचनलाई टेकनाथ स्मृति पुरस्कार प्रदान गरियो । माक्र्सवादी चिन्तकसमेत रहेका नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र केन्द्रका अध्यक्षसमेत रहेका बरालका छोरा विद्याविमलले शेरचनलाई नगद ५० हजार र सम्मानपत्रसहित सम्मान गरे । कार्यक्रममा चिन्तक सिंहले कम्युनिस्ट… पुरा पढौ

भोटेकोशी बाढीबाट मृत्यु भई पोखरा ल्याइएका ८७ वटा शवको पोष्टमार्टम

सन्देश श्रेष्ठपोखरा, भदौ १४ रसुवा बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका शवमध्य ८७ वटा शवको पोष्टमार्टम गरिएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु भएका रसुवासहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका १०२ वटा शवमध्य ८७ वटा शवको पोष्टमार्टम सकिएको कास्की प्रशासनले जनाएको छ । बाँकी १५ वटा शवको पोष्टमार्टम सोमबार गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । पोष्टमार्टम गरिएका ८७ वटा शवमध्य १५ वटा शव आफन्तलाई बुझाइसकिएको प्रशासनले जनाएको छ । आफन्तले शव… पुरा पढौ

प्रेस क्लब गण्डकीको अध्यक्षमा दोहोरिए एकराज, सचिवमा प्रकाश

पोखरा । प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत चयन भएका छन् । क्लबको शनिबार पोखरामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी तीन वर्षको लागि गिरीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा प्रकाशचन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ ९रोजी० र सहसचिवमा बालकुमारी पौडेल ९तारा०लाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा संजय थापा र बसन्त गिरी चयन भ्एका छन् ।यसअघि साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधबप्रसाद बरालले गरेका थिए । उद्घाटन… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि नेलम्बो नेपालले दियो ५ लाख ५५ हजार

सन्देश श्रेष्ठपोखरा, भदौ १४ नेलम्बो नेपालले भोटेकोशी बाढी पीडितको उद्धार तथा राहतको साढे ५ लाखभन्दा बढी सहयोग गरेको छ । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपुरलगायतका जिल्लाका नागरिकको उद्धार तथा राहतका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो । दुःखमा नेलम्बो नेपाल साथमा रहेको सन्देश दिदै उनीहरुको पीडामा मल्हमपट्ट लगाउन आर्थिक सहयोग गरिएको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताए । सामाजिक सेवामा अहोरात्र खटिदै… पुरा पढौ

रेवान पोखराको निःशुल्क स्वास्थ्य शिविर पोखरा-२३ ठूलाखेतमा, ७ सय ५० जना लाभान्वित

भदौ १४,पोखरा रेवान पोखराले हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर यसपटक पोखरा–२३ ठूलाखेतस्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा सम्पन्न भएको छ । नेपाली सेना पश्चिम पृतना हेडक्वाटर पोखरा तथा सैनिक अस्पताल पोखराको प्राविधिक सहयोगमा आइतबार सम्पन्न उक्त स्वास्थ्य शिविरमा ७ सय ५० जनाले स्वास्थ्य लाभ गरेका छन् । शिविरमा प्रसुती तथा स्त्री रोगि, फिजिसियन, अर्थोपेडिक, छाला रोग, नाक, कान, घाँटी, प्रयोगशाला, ई.सि.जी., भिडियो एक्स–रे लगायतका सेवाहरु प्रदान गरिएको थियो । शिविर सफल पार्न पोखरा महानगरपालिका… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठानको साधारणसभा सम्पन्न

रानीपौवामा अवस्थित शैक्षिक क्षेत्रमा कार्य गर्दै आइरहेको सामाजिक संस्था तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २४ औं बार्षिक साधारणसभा यही भदौ १४ गते, आइतबार पोखरामा सम्पन्न भएको छ । संस्थाका संस्थापक सदस्य एवम् सल्लाहकार, विभिन्न संङ्घ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका अग्रज व्यक्तित्व डमर तमुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तमुले संस्थालाई यहाँसम्म ल्याइपुर्याएका पूर्व अध्यक्षहरुलाई धन्यवाद ज्ञापन गर्दै संस्थालाई आवस्यक परेको जुनसुकै बेला सहयोग गर्न आफू सधैं तम्तयार रहेको कुरा व्यक्त गरे । कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष हुम… पुरा पढौ

पल्सर स्पोटर्स अवार्डमा चार विधाका मनोनयन सार्वजनिक

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले आइतबार आयोजित अवार्ड मनोनयन घोषणा कार्यक्रममा अवार्डको २३औँ संस्करणको वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५,५ मनोनयन सार्वजनिक गरेको हो ।वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका छन् । वर्ष उत्कृष्ट महिला… पुरा पढौ

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ । बाढीले लगातार तीन घण्टा हानेपछि बिहान पुल ढलाएर बगाएको स्थानीय विनोद नहर्कीले जानकारी दिए। पुल लगेपछि गण्डकी गाउँपालिका ७ र ८ का बासिन्दा त्रिशूली तरेर राजमार्गतर्फ जान समस्या भएको छ । “घ्याल्चोकका करिब ४०० घरधुरी किसानले तरकारी र दूध बोकेर चरौँदीको कृषि सहकारीमा लैजाने मुख्य बाटो हो”, उनले भने, “अब यहाँका किसानले तरकारी र दूध बेच्न नपाउने भए ।” यसअघि गत भदौ १०… पुरा पढौ

सबैलाई समेटेर संघलाई अघि बढाउने अध्यक्षका प्रत्यासी बुद्धाचार्यको प्रतिबद्धता

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ औँ महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यले सबै क्षेत्रका व्यवसायीलाई समेटेर संघलाई विधानअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार पोखरामा आयोजित प्रतिबद्धता पत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा बुद्धाचार्यले आफू लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहेको अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताए।पत्रकारले यसअघिको निर्वाचनमा प्यानलमा रहेर प्रतिस्पर्धा गरेको व्यक्ति यसपटक एक्लै अध्यक्ष पदमा उम्मेदवार बन्नुको आधारबारे प्रश्न गरेका थिए। जवाफमा बुद्धाचार्यले समूहमा विभिन्न किसिमका व्यक्तिको भूमिका र प्रभाव हुनु स्वाभाविक रहेको… पुरा पढौ

युकेका पुर्व काउन्सिलर ज्ञानप्रसाद गुरुङलाई तमु धिं नेपालको स्वागत

कास्की जिल्ला अन्नपूर्ण गाउंपालिका घान्द्रुक गाउँ भइ युके स्विन्डन निवासी पुर्व काउन्सिलर ज्ञानप्रसाद गुरुङलाई पोखरामा तमु धिं नेपालले स्वागत एवम भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।युकेबाट छोटो समयका लागि नेपाल आउनु भएका समाजसेवी एवम सामाजिक अभियन्ता गुरुङलाई एक कार्यक्रम आयोजना गरि तमु धिं नेपाल केन्द्रिय समिती, तमु धिं नेपाल कास्की जिल्ला समिती, तमु धिं नेपाल केन्द्रिय आमा समिती, केन्द्रिय युवा समिति, तमु बिध्यार्थी समिती कास्की र कोने घोताने तमु समाज कास्कीले स्वागत एवम भेटघाट कार्यक्रम गरेको हो।गुरुङलाई तमु धिं नेपालका केन्द्रिय… पुरा पढौ