देश

मादीको बजेट ६५ करोड १२ लाख, मादीले अबदेखि पेश्की बजेट नदिने

सन्देश श्रेष्ठपोखरा, असार ८ कास्कीको मादी गाउँपालिकाले ६५ करोड बजेट ल्याएको छ । मादी गाउँपालिकाको १९ औं गाउँसभामा मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले आर्थिक वर्ष २०८३÷८४ का लागि ६५ करोड १२ लाख ५१ हजारको बजेट प्रस्तुत गरेकी हुन् । मादीले चालुतर्फ ४६ करोड ९७ लाख ६१ हजार र पुँजीगततर्फ १८ करोड १४ लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटको खर्च बेहोर्ने स्रोतहरुमा संघीय समानिकरण अनुदानबाट १० करोड २६ लाख, संघीय सशर्त अनुदान २८ करोड २९ लाख र संघीय राजश्व… पुरा पढौ

फ्लाइ दुबईको उडानसँगै,अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन । सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि यात्रु सङ्ख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ । पोखरा–दुबई उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि… पुरा पढौ

सम्पत्ति शुद्धीकरण मामिलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा, थप सुधार आवश्यक

सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ ९फाइनान्सियल एक्सन टास्कफोर्स ९एफएटिएफ० ले नेपाललाई अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा नै रहेको जनाएको छ । नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको एफएटिएफले जनाएको छ । एफएटिएफले यही असार ५ गते अर्थात् १९ जुनमा सोसम्बन्धी निर्णय भएको उल्लेख गरेको छ ।एफएटिएफले आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार पारी गर्नुपर्ने कार्यान्वयनलाई निरन्तरता दिन नेपाललाई आवश्यक सुझावसमेत दिएको छ । उसले… पुरा पढौ

भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न

पोखरा महानगरपालिका वडा नं. २०, भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयले आयोजना गरेको शिविरबाट त्यस वडाका १ सय ५० बढीले स्वास्थ्य सेवा र परामर्श लिएका छन् । नेपाल मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा मुख्य गरी नाक, कान र घाँटी सम्बन्धि उपचार गरिएको वडा सदस्य गञ्जमान गुरुङले जानकारी दिए ।अस्पतालका डाक्टर सुजन गौतम,डा.दीपेन रानाभाटको नेतृत्वमा खट्टिएको विशेषज्ञसहितको टोलीले सहभागिको स्वास्थ्य जाँच गर्दै, आवश्यक औषधी र परामर्श दिएका थिए । वडाका बिभिन्न क्षेत्रबाट स्थानीयहरु शिविरमा सहभागि… पुरा पढौ

रास्वपाको प्रथम महाधिवेशन चितवनमा सुरु,सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा उद्घाटन

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे । सो अवसरमा उनीहरुसँगै मञ्चमा रहेका बिभिन्न दलका नेताहरुले पनि एकै साथ घण्टी बजाएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जसपाका… पुरा पढौ

रास्वपाको निर्वाचन तालिका सार्बजनिक,महाधिवेशन प्रतिनिधीले चितवनका होटल भरिभराउ

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ ।तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए । सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ । यस्तै, सोमबार बेलुका ६ बजेदेखि… पुरा पढौ

रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह चितवनमा,कांग्रेस सभापति गगन थापा पनि सहभागी हुने,चार हजार २११ प्रतिनिधि सहभागि

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आज देखि चितवनको भरतपुरमा शुरु हुँदैंछ । ९ गतेसम्म संचालन हुने महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह चितवन पुगेका छन् । उनी परिवारसहित त्यहाँ पुगेका हुन् ।काठमाडौंबाट बुद्ध एयरको जहाजबाट उनी भरतपुर उत्रिएका हुन् ।उनी विमानस्थलबाट छोरी बोकेर बाहिरिएका थिए ।रास्वपाको महाधिवेशको उदघाटन सत्रमा कांग्रेस सभापति गगन थापा पनि सहभागी हुने छन् ।महाधिवेशनका निम्ति पार्टीले चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका… पुरा पढौ

पोखरा बसपार्कमा डोजर : बास्तोला कम्प्लेक्सका ३२० सटर ढले

सन्देश श्रेष्ठपोखरा, असार ६ पोखरा बसपार्कको बास्तोला कम्प्लेक्समा पनि अन्ततः डोजर चलेको छ । बसपार्क भित्रका अन्य घर, टहरामा डोजर चल्दा पनि बास्तोला कम्प्लेक्समा डोजर चलेको थिएन । जसले गर्दा स्थानियले बास्तोला कम्प्लेक्समा डोजर नचल्ने हो कि भन्ने शंकाको दृष्टिकोणले हेर्ने गरेका थिए । तर शनिबार अन्ततः बास्तोला कम्प्लेक्समा पनि डोजर चलेको छ । बसपार्क भित्रको पूर्वोत्तर क्षेत्रमा रहेको बास्तोला कम्प्लेक्समा शनिबार अपराह्न ३ वटा डोजर चलेको थियो । सो क्रममा त्यहाँ रहेका ३२० वटा सटरसहित सहकारीका संरचनाहरु ढलेका छन्… पुरा पढौ

सौराहबाट जाउँ है पोखरा अभियान सुरु

यसबर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे । तीन दिने अभियान अन्तर्गत भैरहवा र पाल्पा पनि समेटिने छन् । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार मान्दै २५ बर्ष अघि यो अभियान सुरु गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटनको राजधानी पोखरासँग चितवन, लुम्बिनी र पाल्पालाई जोड्ने तृकोणीय पर्यटन प्रबर्द्धनको उद्देध्य समेत अभियानले लिएको अध्यक्ष सुवेदीले बताए । कालिका… पुरा पढौ

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य निर्धारण गरेको छ । सरकारको लक्ष्य पुरा भए, देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत पुग्ने छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिँचाइ विस्तार, नदी नियन्त्रण तथा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ । हाल देशभर कुल १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइयोग्य भूमिमध्ये वर्षभरि नै सिँचाइ सुविधा पुगेको भूमि पाँच लाख ३२ हजार… पुरा पढौ