देश

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको छ । प्रहरी प्रधान कार्यालयले आज बिहानसम्मको उक्त विवरण सार्वजनिक गर्दैै हालसम्म दुई हजार ६९९ जनाको उद्धार गरिएको जनाएको छ ।विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको जनाउँदै उक्त कार्यालयले रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेका बताएको छ । सुरक्षाकर्मीले रसुवाका ६७६, नुवाकोटका दुई हजार २० र धादिङका तीन जनालाई उद्धार गरेका छन् भने काठमाडौँका… पुरा पढौ

कृष्णभीरमा सडक नै भासियो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सडक अवरुद्ध भएको हो । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सोही राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन काठमाडौँमा रोकिएको जानकारी दिए । बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । काठमाडौँको नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले पृथ्वी राजमार्ग हुँदै… पुरा पढौ

सहारा क्लबको ‘समर हाइकिङबाट ६ लाख बचत, बाढी प्रभावितलाई ५० हजार सहयोग

पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर च्यारिटी’बाट ६ लाख रुपैयाँ बचत गरेको छ । क्लबले हाइकिङबाट बचत भएको रकम पोखरा–१७ दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित बालकहरूको शिक्षा, स्वास्थ्य, खानपान तथा फुटबल प्रशिक्षणमा खर्च गर्ने भएको छ ।गत साउन ३० गते पोखरा महानगरपालिका–९, फल्चा (महेन्द्रपुल)देखि काहुँडाँडासम्म आयोजना गरिएको एकदिने हाइकिङबाट कुल १० लाख ३६ हजार ४ सय ३० रुपैयाँ आम्दानी भएको क्लबले जनाएको छ । क्लबले शनिबार पोखरामा हाइकिङको आय–व्यय… पुरा पढौ

तीज महोत्सव स्थगित गरेको ईन्द्रेणी एकीकृत विकास केन्द्रले बाढी पीडितलाई एक लाख दिने

पोखरा, १३ भदौ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने भनिएको ऐतिहासिक टुँडिखेल तीज महोत्सव–२०८३ स्थगित गरिएको छ।इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजनामा भदौ २५ देखि ३१ गतेसम्म सञ्चालन गर्ने तय भएको महोत्सव यस वर्षका लागि स्थगित गरिएको हो।‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल उद्धेश्यका साथ पोखराको ऐतिहासिक स्थल पुरानो टुँडिखेलमा आयोजना गर्न लागिएको महोत्सव तीन दिनअघि भोटेकोशी नदीमा आएको बाढीका कारण स्थगित गरिएको हो।बाढीका कारण… पुरा पढौ

सिटिजन फर्निचरको आयोजनामा यस वर्ष पनि पोखरामा पाल्पाको लाखे नाच देखाइने

पोखरा, १३ भदौ पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचरको आयोजना एवं पाल्पाली समाज पोखराको व्यवस्थापनमा भदौ १४ गते आइतबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि नाच देखाउने तयारी छ ।पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले तेस्रो संस्करणको रुपमा पूर्व निर्धारित उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । यो कार्यक्रम मनोरञ्जनात्मकभन्दा पनि सांस्कृतिक महत्वको रुपमा नियमित कार्यक्रमअन्तर्गत देखाउन लागिएको उनले प्रस्ट पारे । दीपकको… पुरा पढौ

पोखरामा वटा ४० तायाः मचासहित एक सयभन्दा बढी गाईजात्रा निस्कियो

सन्देश श्रेष्ठपोखरा, भदौ १३ नेवारी समुदायको परम्परागत गाईजात्रा पोखरामा पनि मनाइएको छ । नेवारी समुदायका एक वर्ष भित्र आफन्त वितेका परिवारबाट निकालिने गाईजात्राको रौनक आज पोखरामा पनि देखिएको हो । विगतका वर्षहरुमा झैं यस वर्ष पनि पोखरामा बाक्लै मात्रामा गाईजात्रा निस्किएको नेवाःखल कास्कीले जनाएको छ । पोखराका प्रायः सबै गाउँ र टोलबाट गाईजात्रा निस्किएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । यति नै संख्यामा गाईजात्रा निस्कियो भनेर त भन्न सकिन्न,उनले भने,‘तर हरेक गाउँ÷टोलमा एक वा त्यो भन्दा बढी मान्छे… पुरा पढौ

सिटिजन फर्निचरको आयोजनामा भोलि पोखरामा पाल्पाको लाखे नाच देखाइने

पोखरा, १३ भदौ पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचरको आयोजना एवं पाल्पाली समाज पोखराको व्यवस्थापनमा भदौ १४ गते आइतबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि नाच देखाउने तयारी छ ।पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले तेस्रो संस्करणको रुपमा पूर्व निर्धारित उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । यो कार्यक्रम मनोरञ्जनात्मकभन्दा पनि सांस्कृतिक महत्वको रुपमा नियमित कार्यक्रमअन्तर्गत देखाउन लागिएको उनले प्रस्ट पारे । दीपकको… पुरा पढौ

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्यः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएकाले पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तरराष्ट्रिय सहयोग आवश्यकतापर्ने बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले गत बुधबार गएको बाढीपहिरोबाट नेपालमा ठूलो मानवीय र भौतिक क्षति भएकाले पनि भएकाले पनि विपद् प्रभावित क्षेत्रका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्य भएको बताए । “बाढीले यहाँ ठूलो सङ्ख्यामा मानवीय र भौतिक संरचनामा क्षति पुर्‍याएको छ”, उनले भने, “अहिलेसम्म हामीले बाढीमा परेकाका स्वदेशी तथा विदेशी नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राखेर… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ शवको पोस्टमार्टम

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएका १०२ वटा शव मध्ये २१ जनाको पोस्टमार्टम भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै बाढीबाट ज्यान गुमाउनेहरू मध्ये तनहुँबाट २३, गोरखाबाट ११, गैंडाकोटबाट ४१ र धादिङबाट २७ जनाको शव प्राप्त भएको जानकारी दिएको छ । त्यस मध्ये हालसम्म २१ जनाको पोस्टमार्टम सम्पन्न भएको र ८१ जनाको गर्न बाँकी रहेको जनाईएको छ । पोस्टमार्टम सम्पन्न भएकामध्ये २ बच्चा र ७ वयस्क गरी ९ जनाको शव नेपाल मणिपाल शिक्षण अस्पताल पठाइएको छ । हालसम्म ३ जनाको शव… पुरा पढौ

पोखरा वडा नं. १६ र १९ मा मनोरञ्जनात्मक कार्यक्रम गर्न नपाईने

पोखरा महानगरपालिका वडा नंं. १६ र १९ मा मनोरञ्जनात्मक खालका कुनै पनि कार्यक्रम गर्न रोक लगाईएको छ । बुधबार भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनासकारी बाढीले देशका बिभिन्न जिल्लामा जनधनको क्षति भएकोमा दुख व्यक्त गर्दै, दुवै वडा कार्यालयले वडाभित्र हुने मनोरञ्जनात्मक तथा हर्षोल्लासका कार्यक्रम नगर्न सुचना जारी गरेको छ । वडा कार्यालय पोखरा १६ र १९ ले शनिबार जारी गरेका छुट्टाछुट्टै सुचनामा मुलुक नै शोकाकुल रहेको अवस्थामा मनोरञ्जन तथा हर्षोल्लासका कार्यक्रम गर्न अनुपयुक्त हुने उल्लेख गरिएको छ । १६ नम्वर… पुरा पढौ