गण्डकी

राजतन्त्रकालिन सुविधा र भत्ता खारेज गर्ने कानून बनाऔं

गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले विभिन्न चाँडपर्वका नाममा वितरण हुने सुविधा र भत्ता खारेज गर्ने कानून बनाउनुपर्ने बताएका छन् । सरकारमा रहेका उच्च पदस्थ पदाधिकारी तथा सांसदहरुले दशैं भत्ता लिएकोप्रति सर्वसाधारणले विरोध जनाएपछि नेकपा नेतासमेत रहेका सांसद बरालले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै त्यस्ता सुविधा तथा भत्ता खारेज गर्ने कानून बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन् । अनेक प्रकारका सेवा सुविधा तथा भत्ता राजतन्त्रकालिन् नै छन्,‘फेसवुक स्टाटसमा उनले लेखेका छन्,‘ऐन कानून बनाउनेदेखि राज्यको तलब लिनेहरु सबैलाई पारिश्रमिक बाहेक सबै नामका सेवा… पुरा पढौ

नेकपा सचेतक गुरुङ र पार्टी सचिव बखानसिंहमा कोरोना संक्रमण

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलका सचेतक गायत्री गुरुङ र नेकपा कास्कीका सचिव बखानसिँह गुरुङ ‘आभास’ दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको समाचार छ । मंगलबार, दुबै जनाले नमूना परीक्षण दिएका थिए । हिजो (बुधबार) साँझ दुबै जनाको रिपोर्टमा पोजिटिभ आएको हो। दुबै जना अहिले होम आइसोलेसनमा बसेका छन्। पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७३ जना पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७३ जना पुगेको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार दिउँसो साढे ३ बजे अध्यावधी गरेको विवरणमा उक्त संख्या खुलेको हो। योसँगै गण्डकी प्रदेशको ४ जिल्लामा बुधबार एकैदिन ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। गोरखा, कास्की, लमजुङ र पर्वत जिल्लामा कोरोना संक्रमित भेटिएको हो। निर्देशनालयले जनाएअनुसार बुधबार सबैभन्दा बढी गोरखा जिल्लामा २२ जनामा कोरोना संक्रमित पुष्टि भएको हो। ती सबै संक्रमित गण्डकी र लखन थापा गाउँपालिकाको रहेको निर्देशनालयले जनाएको छ।त्यस्तै, बुधबार कास्कीको… पुरा पढौ

पोखरा-१७ को सेवा अनिश्चित कालका लागि बन्द

पोखरा महानगरपालिका वडा नम्बर १७ ले सेवा बन्द गरेको छ। वडाका कर्मचारी नोभल कोरोना भाइरस (कोभिड १९) का बिरामीसँग कन्ट्याक्ट ट्रेसिङमा परेकाले बुधबारदेखि अनिश्चित कालका सेवा लागि बन्द गरिएको वडाध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिए। आकस्मिक सेवा भने खुल्ला हुने अधिकारीले सामाजिक सञ्जाल फेसवुकमार्फत जानकारी दिएका छन्। पुरा पढौ

गण्डकी प्रदेश सांसद कोईरालाको प्रस्ताव : दशैं भत्ता सँधैका लागि खारेज गरौं

गण्डकी प्रदेश सांसद दीपक कोईरालाले दशैं भत्ता सँधैका लागि हटाउन प्रस्ताव गरेका छन् । दशैं भत्ताबारे आम सर्वसाधारणको बिरोध रहेको उल्लेख गर्दै उनले यसलाई सँधै हटाउन प्रस्ताव गरेका हुन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले भनेका छन्,‘दशैं भत्ता लिने र फिर्ता गर्ने राजनीति किन गर्ने ? त्यसैले मेरो प्रस्ताव छ कि सरकारी ढुकुटीबाट सुविधा लिने सबैको चाँडपर्व जिे सबैको चाँडपर्व भत्ता संघीय कानूनबाटै खारेज गरिदिऔं ।’ https://m.facebook.com/story.php?story_fbid=3968517629844034&id=100000575086783 सांसद कोईरालाले सामान्यतया १२ महिनाको तलब र एक महिना बराबरको चाँडपर्व मनाउन… पुरा पढौ

प्रहरीले गर्यो खोंचमा खसेकाको उद्धार

पोखरामा बुधबार विहान खोंचमा खसेकाको प्रहरीले उद्धार गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १ गाईघाटस्थित सेती नदी किनार (खोंचमा) खसेकाको प्रहरीले उद्धार गरेको हो । विहान ७ः५० बजेदेखि सेती खोंचमा खसेका पोखरा महानगरपालिका वडा नम्बर २ निवासी ३४ वर्षिय सम्राट राणालाई प्रहरीले जिवितै उद्धार गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास हमालले जानकारी दिए । उद्धार गरिएका राणालाई सामान्य चोटपटकबाहेक अन्य केहि नभएको र अवस्था सामान्य रहेको डिएसपी हमालले बताए । पुरा पढौ

पिगपार्कबाट निस्कने हजारौं बंगुरको मलमुत्र सिधै सेती नदीमा, रोक्ने कसले ?

पोखराको मध्य भाग भएर बग्ने सेती नदी धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । एकातिर धार्मिक दृष्टिकोणले हेर्दा सेती नदीमा नुहायो भनेपनि धर्म मिल्छ भन्ने धार्मिक विश्वास रहि आएको छ । अर्कोतिर पर्यटकीय हिसाबले सेती नदी पोखराको फेवाताल जत्तिकै महत्वपूर्ण मानिन्छ । धार्मिक महत्वकै कारण आम सर्वसाधारण माघे सक्रान्ति, ठूली एकादशीलगायतका चाँडपर्वमा सेती नदीमा आएर नुहाउँछन् । त्यतिमात्र होईन, कास्कीका अधिकांश तथा नजिकका तनहुँ, पर्वत, स्याङ्जाबाटसमेत सेतीमा दाहसंस्कारका लागि शव लिएर आउने गर्छन् । सेती नदी जति धार्मिक दृष्टिकोणले महत्वपूर्ण… पुरा पढौ

कुशको शव बनाएर दाहसंस्कार

मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर आज परिवारले दाहसंस्कार गरेका छन् । गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएका ती व्यक्तिको कुशको शव बनाएर परिवारले दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरेका हुन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएकाले परिवारले आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरेको हो । टाउकोको शल्यक्रियाका लागि अस्पताल पुगेका उहाँको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात् पिसीआर परीक्षण गर्दा… पुरा पढौ

पत्रकार बास्तोला तथा सांसद द्वय गुरुङ र विष्ट सम्मानित

ऋषि लिला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार हरि बास्तोला पुरस्कृत भएका छन् । पोखरा वृद्धाश्रमद्वारा सञ्चालित २० हजार राशीको उक्त पुरस्कारबाट बास्तोला पुरस्कृत भएका हुन् । पोखरा वृद्धाश्रमद्वारा बुधबार पोखरामा आयोजित एक कार्यक्रमबीच गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनलगायतले नगदर २० हजारसहित दोषल्ला, माला र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरे । २०४५ सालदेखि पत्रकारिता गर्दै आएका पत्रकार बास्तोला रासस गण्डकी प्रदेशमा कार्यरत छन् । ३ दशक भन्दा बढी पत्रकारिता गरेका बास्तोला विकासमूलक पत्रकारितामा सबैभन्दा बढी कलम… पुरा पढौ

गण्डकी प्रदेश मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम कोषमा

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले चाडपर्व भत्ता नलिने भएका छन् । उनीहरुले चाडपर्व भत्ताको रकमलाई कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने भएका छन् । मन्त्रिपरिषद्को आज (बुधबार) बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । पुरा पढौ