राजनीति

ब्यारेक ब्रेकर राजु क्षेत्री र किरण थापासहित १४ जना माओवादीमा फर्किए

पोखरा, जेठ २७ कास्कीका जनयुद्दकालीन माओवादी नेताहरु माओवादीमा फर्किएका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अधिवेशनको उद्घाटन शत्रमा जनयुद्दकालीन माओवादी नेताहरु किरण थापा, राजु क्षेत्रीसहित १४ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जनयुद्दकालीन माओवादी नेताहरु पार्टी विभाजनपछि बाबुराम भट्टराईको साथ लागेका थिए । तर वर्तमान परिप्रेक्षमा प्रतिक्रान्तिको खतरा बढ्न थालेकाले माओवादी आन्दोलनलाई साथ दिन आफूहरु माओवादी पार्टीमा फर्किएको उनीहरुले बताएका छन् । थापा नयाशक्तिका सचिवालय सदस्य थिए भने क्षेत्री कास्की जिल्ला अध्यक्ष थिए । क्षेत्री जनयुद्द… पुरा पढौ

बाटुलेचौरमा श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन

पोखरा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारको औचित्य झनै बढ्दै गएको बताएका छन् । प्रदेश सरकारको औचित्य माथि प्रश्न उठिरहेको बेला मन्त्री थापाले विकास निर्माण र जनताका प्रतक्ष सरोकारका विषयलाई सम्बोधन गर्न पनि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको दाबी गर्दै यसको औचित्य झनै बढेको दाबी गरे । प्रदेश खारेजीको माग गर्नेलाई आफुहरुले कामबाटै जवाफ दिएको र सो माग औचित्यहिन रहेको तर्क उनको थियो । पोखराको बाटुलेचौर स्थित बडहरवोटमा निर्माण भएको श्रवणकुमार जेष्ठ नागरिक दिवा सेवा… पुरा पढौ

एमालेले लेखा समिति नछाडेपछि माओवादीले सामाजिक विकास तथा कृषि समितिमै चित्त बुझायो, दमयन्ती बनिन् सभापती

पोखरा, जेठ २३ नेकपा माओवादी केन्द्रकी दमयन्ती रुचाल गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको सभापति बनेकी छन् । यसअघिका सभापती फणिन्द्र देवकोटा मन्त्री नियुक्त भएपछि नेतृत्वविहीन् बनेको सभापतीमा विहीबार उम्मेदवारी दर्ता र शुक्रबार निर्वाचन कार्यतालिका थियो । तर समयसीमा भित्र माओवादीकी रुचालको मात्रै उम्मेदवारी परेपछि उनी सभापतीमा निर्विरोध निर्वाचित भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ । माओवादीले प्रमुख प्रतिपक्षी दलको हैसियतमा लेखा समिति सभापती मागेपनि सत्तारुढ दल एमाले लेखा समिति सभापती छाड्न सहमत नभएपछि अलमलको स्थिति बनेको… पुरा पढौ

पोखरामा जेठ २७ गतेदेखि ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने

पोखरा, जेठ २१ पोखरामा जेठ अन्तिम सातादेखि ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल स्पोर्टस एकेडेमीको आयोजनामा यहि जेठ २७ गतेदेखि ३१ गतेसम्म ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा ६ टिम सहभागि हुने आयोजक नेपाल स्पोर्टस एकेडेमीका अध्यक्ष दीपक कोईरालाले जानकारी दिए । प्रतियोगितामा नेपाल आर्मीको त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, गण्डकी प्रदेश टिम, न्यू डायमण्ड… पुरा पढौ

गण्डकीमा राईड सेयरिङ सम्बन्धमा गण्डकी सरकारको अडान : नियमावली खारेज हुँदैन, तर संसोधन हुनसक्छ

पोखरा, जेठ १८ गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली खारेज नहुने स्पष्ट पारेको छ । गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीसँग वार्ता गर्न बनाएको वार्ता समिति संयोजक तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव ई.कमलकुमार अधिकारीले आईतबार पत्रकार सम्मेलन गरेर राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली खारेज नहुने स्पष्ट पारेका हुन् । सरकारले राईड सेयरिङ सम्बन्धि नियमावली राजपत्रमा प्रकाशित गरी कार्यान्वलयनमा ल्याएपछि सो निमायवली खारेजीको माग गर्दै नेपाल यातायात व्यवसायी… पुरा पढौ

फेवाताल सिमाङ्कनका लागि भौतिक पोल गाड्न शुरु, नाराबाजीसहित स्थानियको विरोध

पोखरा, जेठ १७ पोखराको फेवातालको सिमाङ्कनका लागि शनिबारदेखि भौतिक (फिजिकल) पोल गाड्न शुरु भएको छ । सर्वोच्च अदालतले फेवातालको मापदण्ड कायम गर्न भनेर परमादेश दिएको झण्डै दुई वर्षपछि फेवाताल सिमाङ्कनका लागि भौतिक पोल गाड्न शुरु भएको हो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले गठन गरेको प्राविधिक उप–समितिले यसअघि ताल घर र ६५ मिटर भित्रको मापदण्ड यकीन गरेको थियो । सोहि सिमाङ्कनको आधारमा ताल घरमा १ हजार ५५ वटा डिजिटल पोलहरु गाडिएको थियो । सोहि डिजिटल पोलहरु गाडिएको स्थानमा उत्तिनै… पुरा पढौ

फेवतालमा डिजिटल पोल गाड्ने काम सकियो, भोलिदेखि फिजिकल पोल गाडिने

पोखरा, जेठ १६ सर्वोच्च अदालतले फेवातालको मापदण्ड कायम गर्न भनेर परमादेश दिएको झण्डै दुई वर्षपछि सिमाङ्कनको आंशिक काम सकिएको छ । ६ महिनाभित्र फैसला कार्यान्वयन गर्न भनेपनि अटेर गर्दै झण्डै दुई वर्षपछि डिजिटल सिमाङ्कनको काम मात्र गरिएको हो । २०८० साल असार ४ गते सर्वोच्चले फैसला गर्दै ६ महिना भित्र फेवातालको मापदण्ड कार्यान्वयनसँगै ६५ मिटर मापदण्डमा पर्ने जग्गामा हरियाली कायम गर्न भनेको थियो । फैसलाको ३ महिनापछि सोहि वर्षको असोजमा सर्वोच्च अदालतले परमादेशको पूर्ण फैसला सार्वजनिक गरेको थियो । फैसला… पुरा पढौ

गण्डकी प्रदेश दीर्घकालिन पुनस्र्थापना केन्द्रको उद्घाटन

पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालिन पुनस्र्थापना केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पोखरा ३३ पुष्पवस्तीमा रहेको उक्त पुनस्र्थापना केन्द्रको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानविय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए । “यो केन्द्र गण्डकी प्रदेशको सामाजिक रुपान्तरणको अभियानमा कोशेढुङ्गा सावित हुनेछ ।”, उनले भने । प्रदेश सरकारको ७०५ र पोखरा महानगरको ३०५ लगानीमा उक्त केन्द्र संचालन… पुरा पढौ

कास्कीका साना राजनीतिक दलहरूले प्रधानमन्त्री र प्रचण्डलाई बुझाए ध्यानाकर्षण पत्र

जेठ १०, पोखरा । कास्की जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूको संयुक्त प्रतिनिधित्वले प्रधानमन्त्री समक्ष जिल्लाका विकास, सुशासन, वातावरण संरक्षण र संवैधानिक मूल्यको संरक्षणसम्बन्धी गम्भीर विषयमा शुक्रबार ध्यानाकर्षण पत्र पठाएको छ। पाँचवटा साना राजनीतिक दलहरूको तर्फबाट प्रधानमन्त्रीलाई पठाइएको ध्यानाकर्षण पत्रमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष मेख वहादुर क्षेत्री (राजु), नेपाल कम्युनिष्ट पार्टीका सचिव उमेश सी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रविमोहन ढकाल, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका सचिव विक्रम थापा, र ने.क.पा. (वहुमत)का सचिव रविन्द्र राईले संयुक्त रूपमा हस्ताक्षर गरी कास्कीका प्रमुख जिल्ला… पुरा पढौ

प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : मेन्टल हस्पिटल गएर जचाउनूस्

पोखरा, जेठ ९ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पताल (मेन्टल हस्पिटल) गएर स्वास्थ्य जाँच गराउन सुझाव दिएका छन् । युवा संघको महाधिवेशनलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी र प्रचण्डको अभियान राजावादीसँग मिल्ने अभियान भएको टिप्पणीबारे प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् । प्रेस सेन्टर गण्डकी प्रदेशले शुक्रबार साँझ पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको नाम नलिई भने,‘म सुन्दै छु राजासँग मिल्ने अभियान हो प्रचण्ड… पुरा पढौ