देश

चाउथेमा भएको रक्तदानमा, ३१ युनिट संकलन

पोखराको चाउथेस्थित प्रगतिटोलमा आयोजित रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । प्रगति नमूना बचत तथा ऋण सहकारी संस्था र प्रगतिटोल नमूना आमा समुहको सयुक्त आयोजनामा आयोजित कार्यक्रमको उद्घाटन पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले गरेका थिए । उनले पहिलो रक्तदाता राजकुमार रानालाई व्लड व्याग हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष कार्कीले मानव जीवनको अमुल्य काम नै रक्तदान भएको बताए । उनले पोखरामा रगत अभाव भईरहेकै बेला, कार्यक्रम आयोजना गरेकोमा संस्थाको प्रशंसा गरे । प्रगतिटोल नमूना आमा समूहकी अध्यक्ष… पुरा पढौ

महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी

वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छ । विसं २०७९ असार ७ गते स्थापना भएको उक्त पार्टीले यही असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनले राजनीतिक दृष्टिकोण र कार्यनीति निर्धारण, केन्द्रीय नेतृत्वको निर्वाचन, विधान संशोधन र अनुमोदन, आगामी कार्यदिशा र प्रस्तावहरू पारित तथा राष्ट्रिय र अन्तरराष्ट्रिय मुद्दामा पार्टीको अडान स्पष्ट गर्नेछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको सो पार्टीले जनाएको छ । सभापति रवि लामिछानेसहितको शीर्ष नेता महाधिवेशन… पुरा पढौ

गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन माथि गरिएको कारबाहीबाट रु १२ करोड ६९ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार चालु आवको जेठ मसान्तसम्म प्रदेशका ११ जिल्लामा विभिन्न ट्राफिक कसुरमा एक लाख ४१ हजार ६३० वटा कारबाही गरिएको जनाएको छ । कारबाहीबाट रु १२ करोड ६९ लाख ४९ हजार ६८ राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी,गण्डकीबाट ४७० जना

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ ।सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ । यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने उनले जानकारी दिए । विधानतः सभापतिले मनोनय गर्ने सङ्ख्या २०० रहेको छ । यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठले बताए । आज… पुरा पढौ

खेल पर्यटन प्रवद्र्धनका लागि छुट्टियो केवल ६६ लाख बजेट

पोखरा, असार ५ पोखरा महानगरपालिकाले खेल पर्यटन प्रवद्र्धनका लागि ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरपालिकाले शुक्रबार ल्याएको बजेटमा खेल पर्यटनका लागि सो बजेट विनियोजन गरेको उपमेयर मञ्जुदेवी गुरुङले बताईन् । यस अन्तर्गत राष्ट्रिय अन्र्तराष्ट्रिय ड्रागन बोट रेस, डुंगा दौड, क्रस कन्ट्री ट्रायथलन तथा प्याराग्लाईडिङ प्रतियोगिता, क्रिकेट, टेनिस, व्याडमिन्टन, फुटबल, ह्याण्डबल तथा ईन्डुरो रेस, साइकल टुर, रेस्लिङ, हवाई खेलकुद, प्रकृति पदयात्रा र हाइकिङ कार्यक्रम सञ्चालन गरिने गुरुङले उल्लेख गरिन् । यति धेरै कार्यक्रम गर्न छुट्टिएको ६६ लाख बजेट… पुरा पढौ

पशु बधशाला एवम् मासु प्रशोधन केन्द्र सञ्चालनको सम्भाव्यता अध्ययन गरिने

पोखरा, असार ५ पोखरा महानगरपालिकाले पशु बधशाला एवम् मासु प्रशोधन केन्द्र निर्माण तथा सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ । यसअघि मानबहादुर जिसीको पालामा नै बजेट छुट्टिएर गण्डकी प्रदेश सरकारकोसमेत सहकार्यमा पशु बधशाला निर्माण गर्ने प्रयास भएको थियो । त्यसबेला पशु बधशाला निर्माण गर्ने ठाउँ नपाएर सो योजना अलपत्र परेको थियो । सोहि अवधारणलार्य पोखरा महानगरले पुनः योजनाका रुपमा राखेर बजेट विनियोजन गरेको छ । जसका लागि सम्भाव्यता अध्ययन गरिने उपप्रमुख मञ्जुदेवी गुरुङले बताईन् । पुरा पढौ

सिसुवा अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गर्न १ करोड २० लाख विनियोजन

पोखरा, असार ५ पोखरा महानगरपालिकाले सिसुवा अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गर्न १ करोड २० लाख विनियोजना गरेको छ । पोखरा महानगरपालिकाको १९ औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेटमा सिसुवा अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गर्न सो रकम विनियोजन गरेको उल्लेख छ । सो बजेट अस्पतालको हालै स्वीकृत संगठन तथा व्यवस्थापन सभेक्षण वमोजिमका सेवा तथा जनशक्ति थप गरी गुणस्तरीय र विशेषज्ञ सेवा उपलब्ध गराउन खर्च गरिने उपमेयर गुरुङले बताईन् । पुरा पढौ

पोखरा महानगरको बजेट : फिर्केखोला करिडोरसहित सार्वजनिक जग्गा संरक्षणका लागि १० करोड विनियोजन

पोखरा, असार ५ पोखरा महानगरपालिकाले फिर्केखोला करिडोर, पोखरा बसपार्कलगायतका पोखरा महानगरपालिका भित्रका सार्वजनिक, ऐलानी, पर्ती जग्गा संरक्षण गर्ने जनाएको छ । पोखरा महानगरपालिकाको १९ औं नगर सभामा नगर उपप्रमुख मञ्जुदेवी गुरुङले सो जग्गाहरु संरक्षण तथा व्यवस्थापन गर्ने बताएकी हुन् । जसका लागि १० करोड रुपैया विनियोजन गरिएको उपप्रमुख गुरुङले बताईन् । हाल फिर्केखोला, पोखरा बसपार्कलगायतका क्षेत्रमा अतिक्रमित संरचना हटाउने कार्य भइरहेको छ । फिर्केखोला करिडोर क्षेत्रका सबै संरचना भत्काएर छाडिएको छ भने पोखरा बसपार्कका केहि घर, टहरा भत्काइए पनि केहि… पुरा पढौ

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड २५ लाख

सन्देश श्रेष्ठपोखरा, असार ५ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब सवा ७ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १९ औं नगरसभामा उप प्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८३÷०८४ का लागि ७ अर्ब १५ करोड २५ लाखको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा १ अर्ब १९ करोड ८७ लाखले कम हो । चालु आर्थिक वर्ष २०८२÷०८३ मा पोखरा महानगरपालिकाले ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ःल्याएको थियो । महानगरले आर्थिक वर्ष २०८३÷८४… पुरा पढौ

खानेपानी माग्दै लेकसाईडका होटलकर्मी खानेपानी संस्थानमा

पर्यटकीय केन्द्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय केन्द्रमा दैनिक खानेपानी अभाव भएपछि संस्थानको ध्यानाकर्षण गराइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले झण्डै पाँच अर्ब रुपैयाँ खर्च गरेर खानेपानी आयोजना सम्पन्न गरे पनि पानी अभाव हुनु साह्रै लाजमर्दो विषय भएको होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले बताए… पुरा पढौ