देश

रास्वपाको महाधिवेशनमा ओली र थापालाई विशिष्ट अतिथिको निम्तो

पहिलो ऐतिहासिक महाधिवेशनको संघारमा रहेको सत्तारुढ दल रास्वपाले बिभिन्न दलका शीर्ष नेतालाई पनि निम्ता गरेको छ । दुई ठूला दलका शीर्ष नेताहरू कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको स्रोतले जानकारी दिएको छ ।यही असार ७ गते चितवनमा हुन लागेको महाधिवेशनको उद्घाटनमा विशिष्ट अतिथिको लागि निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ ।महाधिवेशन ९ गतेसम्म चल्नेछ । दुवै नेतालाई निमन्त्रणापत्र पुगिसकेको छ । तर सहभागी हुने कि नहुने भन्ने अझै निर्णय नभएको थापा… पुरा पढौ

पोखरा रंगशालामा यामाहाको ब्लु फेष्ट शुरु, नागरिकताकै भरमा बाईक/स्कुटर खरिद गर्न पाईने

पोखरा, असार ३ पोखरामा यामाहाको ब्लु फेष्ट शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक विक्रेता भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले पोखरा रंगशालामा आजदेखि यामाहाको ब्लु फेष्ट शुरु गरेको हो । असार १० गतेसम्म हुने ब्लु फेष्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने जनाइएको छ । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर ब्लु फेष्टमार्फत एक्सचेञ्ज अफर राखिएको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.का महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । मेघा एक्सचेञ्ज अफरमा… पुरा पढौ

पोखरामा दिउँसै ज्वाईंद्वारा सासुमाथि चक्कु प्रहार, सासु गम्भीर घाईते

सन्देश श्रेष्ठपोखरा, असार ३ पोखरामा ज्वाईंले सासुमाथि चक्कु प्रहार गरेका छन् । लमजुङको मध्यनेपाल नगरपालिका–२ स्थायी घर भएका ४३ वर्षिय ध्रुवराज अधिकारीले सासुआमा ४७ वर्षिया मुना तिवारीमाथि चक्कु प्रहार गरेका हुन् । उनले पोखरा–१७ विरौटास्थित राममन्दिर नजिक बुधबार अपराह्न ४ः११ बजे सासुमाथि अन्धधुन्ध चक्कु प्रहार गरेका थिए । ज्वाईंको चक्कु प्रहारबाट तिवारीको पेट, ढाड र छातीमा गम्भीर चोट लागेको छ । चक्कु प्रहारबाट घाईते भएकी तिवारीलाई तत्काल उद्धार गरेर स्थानिय नोभल अस्पताल पु¥याइएको थियो । उनको उपचार जारी रहेको कास्की… पुरा पढौ

पार्टी एकताको लागि संस्थापन पक्ष गम्भिर भएन: कांग्रेसइतर पक्ष

नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद मिलाउन संस्थापन पक्ष गम्भीर नभएको इतरपक्षले आरोप लगाएको छ । इतरपक्षका युवा नेता कुन्दनराज काफ्लेले संस्थापन पक्षले अहिलेसम्म एकताका लागि कुनै पहल नगरेको बताउँदै, पार्टी नै संकटमा परेको स्पष्ट पारे । “अहिलेसम्मको व्यवहार हेर्दा, पछिल्ला अभिव्यक्तिले त उहाँहरूले मिल्ने कुनै संकेत गर्नु भएको छैन,” उनले भने, “मिल्ने र मिलाउने उहाँहरूको जिम्मेवारी हो । आधिकारिकतासँगै मिलाउने काम पनि उहाँहरूकै हो । तर, अहिलेसम्म त्यस्तो संकेत देखिँदैन ।”कांग्रेसभित्रको एक पक्षले भने पार्टी एकताको लागि मध्यमार्गी बाटो खाजिरहेको… पुरा पढौ

झापाका चिया उद्योग भोलिबाट बन्द हुने

नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन् । भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि झापास्थित चिया उद्योगीले उक्त कदम चालेका हुन् । नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब रु १२ देखि रु १४ अर्ब रहेको र त्यसमध्ये करिब रु पाँच अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक… पुरा पढौ

रास्वपा महाधिवेशनमा आउने पाहुनालाई होटल व्यवसायीको छुट अफर

चितवनस्थित होटल व्यवसायीले पाहुनाको सम्मानमा कुनै पनि प्रकारका कमी हुन नदिने बताएका छन् । सत्तारुढ दल, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा होटल व्यवसायी र क्षेत्रीय होटल सङ्घ चितवनले सम्मानमा कुनै कमी हुन नदिने बताएका हुन् । यही असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा सो दलको प्रथम महाधिवेशन हुनगइरहेको छ । सो महाधिवेशन आउने अतिथिहरुका सम्मानमा कुनैपनि प्रकारको कमी हुन नदिन यहाँस्थित होटल व्यवसायीले सक्रियता देखाएका छन् । होटल व्यवसायि सङ्घ चितवनका… पुरा पढौ

ब्रह्माकुमारीज पोखराको दुई दिने युवा सशक्तिकरण कार्यक्रम सम्पन्न

ब्रह्माकुमारीज क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा युवा सशक्तिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। युवाहरूमा नैतिक मूल्य, सेवाभाव, सामाजिक उत्तरदायित्व तथा आध्यात्मिक चेतनाको विकास गराउने उद्धेश्यका साथ दुई दिनसम्म संचालन भएको प्रशिक्षणमा सहभागिलाई अन्तर्राष्ट्रीय मुख्यालयका युवा प्रभाग राष्ट्रीय समन्वयक ब्रह्मकुमार जीतु भाईजी, भारतका रेडियोलोजिष्ट राजेश भाईजीले युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास वृद्धि, सकारात्मक जीवनशैली, तनाव व्यवस्थापन तथा राजयोग ध्यानका विषयमा प्रशिक्षण दिएका थिए । यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले यस्ता… पुरा पढौ

अध्ययन बिदा लिएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक÷कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो ।सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ । त्रिविका अनुसार अध्ययन बिदा… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरु

पोखरा,असार २पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरु गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (२३ जुन २०२६)को अवसर पारेर प्रदेश खेलकुद परिषद् गण्डकीमा मंगलबार एक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको सहजिकरण नेशनल ओलम्पिक एकेडेमी, नेपालका अध्यक्ष तेज बहादुर गुरुङले गरेका हुन् ।कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा एकेडेमीका अध्यक्ष गुरुङले माइन्डफुलनेस मेडिटेशन तथा ओलम्पिक अभियानका विषयमा प्रस्तुतिकरण राख्दै खेलकुद केवल मनोरञ्जन, जित र हारसँग मात्र सम्बन्धित नभई समाज रुपान्तरणको महत्वपूर्ण… पुरा पढौ

क्षत्री समाज यूएईको अध्यक्षमा ढकाल

यूएई । प्रवासमा रहेका नेपाली समुदायबीच सामाजिक एकता र संगठन विस्तारलाई लक्ष्य बनाउँदै क्षत्री समाज नेपाल–यूएईको पहिलो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्णबहादुर ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।समाजले करिब ६ महिनाअघि तदर्थ समिति गठन गरेर यूएईका विभिन्न राज्यमा संगठन विस्तार अभियान अघि बढाएको थियो। सोही अभियानको निरन्तरतास्वरूप सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा देवीलाल रावल, दीपक राउत र सुदीप कार्की चयन भएका छन्। महिला उपाध्यक्षमा हिरा केसी, सचिवमा भीम केसी, सहसचिवमा रमेश खड्का,… पुरा पढौ