देश

बाढीपीडितका निम्ति राहत र पुनस्र्थापना अभियानमा सरिक हुने पोउवास संघको घोषणा

पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार,राहत र पुनस्र्थापना कार्यमा खटिन उद्योगी, व्यवसायी एवं आम नागरिकसँग अपिल गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीबाट बुधबार जारी गरिएको अपिलमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना, बेपत्ताहरुको यथाशीघ्र खोजी र उद्धार, खतरामा परेका मानिसहरूलाई स्थानान्तरण र पुनस्र्थापना एवं घाइतेहरूको तुरुन्तै उपचार प्रबन्धका निम्ति सरोकारवाला निकायहरुको ध्यानाकर्षण पनि गराइएको छ ।अध्यक्ष कार्कीबाट जारी अपिलमा विपत्ति… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघका सदस्यका ८ उमेदवारहरुले बनाए चुनावी परिचालन समिति

पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका ८ आकाक्षी उमेदवारहरुले चुनाव परिचालन समिति गठन गरेका छन् ।सुर्यराज घिमिरे संयोजक रहेको समितिमा प्रचारप्रसार संयोजक मनोहरि पौडेल वस्तुगत समन्वय संयोजक नवीन नापित रूट व्यवस्थापन संयोजक अंमृत पोखरेल स्वयंसेवक परिचालन संयोजक भानुभक्त अधिकारी सचिवालय व्यवस्थापन संयोजक राम कडेल अर्थ व्यवस्थापन संयोजक दुर्गा बराल यातायात व्यवस्थापन संयोजक कमल सुनार रहेका छन ।पोखरा उद्योग वाणिज्य संघको विधान बमोजिम कार्यसमिति सदस्य खुलामा १० जना निर्वाचित हुने व्यवस्था रहेकोमा उक्त पदका इच्छुक… पुरा पढौ

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षित गर्न तैनाथ हुने बताएका छन् । उनले प्रहरी र नागरिकको सहकार्यबाट मात्रै सभ्य तथा अपराधरहित समाज निर्माण गर्न सकिने बताए । जिल्ला प्रहरी कार्यालय बागलुङमा निर्माण सम्पन्न भएका चार ब्यारेक तथा आवास भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै महानिरीक्षक कार्कीले समुदायको अपनत्व र साथबिना प्रहरी सफल हुन नसक्ने बताए । अपराध कम गर्न तथा अनुसन्धानमा नागरिकको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । दिनभर सुरक्षामा खटिएको… पुरा पढौ

बाढी पिडित राहत कोषमा पोखरा १३ का वडाध्यक्ष बरालको सहयोग घोषणा

पोखरा १३ का वडाध्यक्ष किरण बरालले बाढी पीडितको राहतका लागि सहयोगको घोषणा गरेका छन् । पछिल्लो समय मुलुकले सामना गरिरहेको ठूलो प्राकृतिक विपदबाट प्रभावित नागरिकको सहयोगका लागि उनले आफ्नो मासिक पारिश्रमिक सहयोगका लागि उपलब्ध गराउने निर्णय गरेका हुन् ।आफूले पाउने मासिक पारिश्रमिक बुधबारदेखि नै राहत कोषमा जाने उनले जानकारी दिए ।बुधबार मात्रै भोटेकोशी र त्रिशुलीमा आएको बाढीले जनधनको क्षति भएको भन्दै उनले विपद्का कारण धेरै परिवार प्रभावित भएको र उनीहरुलाई तत्काल राहतको आवश्यकता परेकाले पारिश्रमिक सरकारी राहत कोषमा जम्मा गर्ने… पुरा पढौ

भोटेकोशी बाढीः २९१ विदेशीसहित ३८४ पर्यटक सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका छन् ।पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट… पुरा पढौ

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग केन्द्रमा ८ हजार ६ सय बढी रक्त संकलन

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र नेपालले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८ हजार ६ सय बढी युनिट रगत संकलन भएको छ । विश्व विद्यालयकी पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणिको १९औं स्मृति तथा विश्व बन्धुत्व दिवसको पावन भदौं ५ देखि ९ गतेसम्म देशका बिभिन्न स्थानमा गरिएको कार्यक्रमबाट ८ हजार ६९४ युनिट रगत संकलन भएको निर्देशक राजयोगिनी ब्रह्माकुमारी परनीता दिदीले जानकारी दिईन् । अभियानको शुभारम्भ पोखराबाट कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले गरेका थिए । कार्यक्रममा बोल्दैं प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

गण्डकीमा एमालेका मन्त्रीहरुले दिए सामुहिक राजिनामा

सन्देश श्रेष्ठपोखरा, भदौ १० नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । कांग्रेस नेतृत्वको वर्तमान प्रदेश सरकारबाट एमाले बाहिरिएको हो । गण्डकी प्रदेशमा एमालेबाट प्रतिनिधित्व गरि सरकारमा गएका चार जना मन्त्रीहरुले आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सामुहिक राजिनामा पत्र बुझाए । पाण्डे नेतृत्वको वर्तमान सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहेका थिए । यसअघि मंगलबार बसेको प्रदेश… पुरा पढौ

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए सामुहिक राजीनामा

गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मंगलबार नै सरकारबाट बाहिरिने तयारी गरेका एमालेका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएका हुन् । बुधबार बिहान बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका छन् ।नेपाली कांग्रेस नेतृत्वको बर्तमान सरकारमा एमालेका चार मन्त्री सहभागि थिए । सामुहिक राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल,कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री मन्त्री भीमबहादुर कार्की र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर… पुरा पढौ

भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित,खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ । बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ । बाढीले त्रिशूली बजारका केही घर र त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ । बाढीबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ ।… पुरा पढौ

उजुरी परेका दुई उम्मेदवारको उम्मेदवारी कायम राखेपछि पोउवा संघको निर्वाचनमा विवाद

पोखरा, भदौ ९ ।पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको नामावली प्रकाशन भएसँगै निर्वाचन प्रक्रियामा विवाद देखिएको छ। उम्मेदवारीविरुद्ध उजुरी परेका कार्यसमिति सदस्य पदका उम्मेदवार दिलीपकुमार श्रेष्ठ र रामेश्वर अधिकारीको उम्मेदवारी निर्वाचन समितिले कायम राखेपछि अन्य उम्मेदवारले आपत्ति जनाएका छन्।निर्वाचन समितिको निर्णयअनुसार कार्यसमिति सदस्य पदका उम्मेदवार दिलीपकुमार श्रेष्ठविरुद्ध संघको अभिलेखमा देखिएको भनिएको बक्यौता रकमसम्बन्धी उजुरी परेको थियो। समितिले छानबिन गर्दा उक्त रकम उम्मेदवारी दर्ता गर्नुअघि नै २०८३ साउन १६ गते चुक्ता गरिसकेको देखिएको भन्दै उनको उम्मेदवारी यथावत् कायम गर्ने निर्णय… पुरा पढौ