देश

गण्डकी प्रदेशसभा: बजेटको प्रभावकारी कार्यान्वयनमा सदस्यहरुको जोड

गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताईन् । बजेट सही ढङ्गले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उनको भनाइ छ । प्रदेशसभा सदस्य जितप्रकाश आले मगरले बजेट यथार्थपरक नभई बढी नारामा आधारित रहेको बताए । बजेट तथा कार्यक्रम कार्यान्वयनमुखी हुनुपर्ने उनको भनाइ छ । रोजगारी र आयआर्जनका गतिविधि बढ्ने… पुरा पढौ

वीपी स्मृति दिवसमा, कास्कीमा विविध कार्यक्रम गरिने

नेपाली काँग्रेस कास्कीले ४४ औं वीपी स्मृति दिवसका अवसरमा विविध कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीको शुक्रबार बसेको बैठकले तीन दिनसम्म विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । साउन ४, ५ र ६ गते विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता, नीति निर्माण र सरसफाईसँग सम्वन्धित कार्यक्रम गरिने भएको छ । वक्तृत्वकला प्रतियोगिताका लागि युवराज कुँवर संयोजक र सदस्य भानु ढकाल, नवीन सिग्देल रहेको समिति गठन गरिएको छ । नीति निर्माण सम्वन्धि कार्यक्रमका लागि माईकल कर्माचार्य संयोजक र सदस्य बाबुराम गिरी,… पुरा पढौ

तरुण दलका नेता बस्नेतलाई मातृशोक

नेपाली कांग्रेसनिकट तरुण दलका युवा नेता अनिल बस्नेतलाई मातृशोक परेको छ । बस्नेतका ममतामयी आमा पोखरा १६, महेन्द्र गुफा निवासी सावित्री बस्नेतको बुधबार निधन भएको हो । ६३ बर्षिया बस्नेतको काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको र उनको धार्मिक परम्परा अनुसार शुक्रबार बिहान अन्त्येष्टि गरिएको छ । लामाचौरको शिवालयस्थित गोस्तेघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय बस्नेतको पार्थिव शरिरमा छोरा अनिल,सुनिल र सन्तोष बस्नेतले दागबत्ती दिएका थिए । त्यस अघि महेन्द्र गुफादेखि गोस्तेघाटसम्म शवयात्रा गरिएको थियो । सो क्रममा नेपाली… पुरा पढौ

कक्षा १२ को नतिजा सार्वजनिक, ६४ दशमलव १३ प्रतिशत उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार कुल उत्तीर्ण प्रतिशत ६४.१३ रहेको छ । नियमिततर्फ ग्रेड प्राप्त प्रतिशत ६९.७५ छ । आंशिकतर्फ ग्रेड प्राप्त प्रतिशत ४२.३८ रहेको बोर्डले जनाएको छ ।परीक्षामा ३ लाख ३२ हजार २४१ जना सहभागी भएका थिए । जसमा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन् ।जसमा ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार ७८६ जना ग्रेडेड… पुरा पढौ

रास्वपा महाधिवेशन: चितवनमा भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढेको छ । यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू चितवन आउन सुरु भएको छ । रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपकराज बोहराका अनुसार प्रतिनिधि तथा सहभागीहरू आउने क्रम असार ७ गते बिहानसम्म जारी रहनेछ । चितवनको गर्मीलाई ध्यानमा राख्दै सहभागीहरूलाई आवश्यक तयारी गर्न सर्कुलर जारी गरिएको उनको भनाइ छ । महाधिवेशन अवधिमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने… पुरा पढौ

पोखरामा चोरी गर्न काठमार्डौबाट चोर !

पोखरा, ४ असार पोखरामा पछिल्लो समय चोरीका लागि काठमाडौंबाट आउने गरेको कास्कीका प्रहरी प्रमुख एसपि नबिन कार्कीले बताएका छन् । शान्ति सुरक्षा सम्बन्धी अन्तक्रिया तथा नागरि सुनुवाई कार्यक्रममा एसपि कार्कीले पछिल्लो समय पोखरामा भएका ठुलाचोरीहरुमा काठमाडौंबाट चोरहरु आएको बताए । नुवारथोक टोलविकास सस्था पोखरा ७ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका पोखरा ७, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा भएको कार्यक्रममा स्थानीयले पोखरामा पछिल्लो समय चोरीका घटना बढेको बताएका थिए । एसपी कार्कीले… पुरा पढौ

पोखरा महानगरको नीति तथा कार्यक्रम : पृथ्वीचोकमा आधुनिक बसपार्क निर्माणदेखि फिर्के खोलामा करिडोरसम्म

पोखरा, असार ४ पोखरा महानगरपालिकाले पोखरा बसपार्क निर्माण र फिर्केखोलामा करिडोर निर्माणलाई प्राथमिकता दिएर आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा महानगरपालिकाको विहीबार भएको १९ औं नगरसभामा महानगर प्रमुख धनराज आचार्यले बसपार्क र फिर्के करिडोर निर्माणसँगै पर्यटनलाई अर्थतन्त्रको आधार बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । पोखरा पृथ्वीचोकमा बसपार्क निर्माणका लागि घर, टहरा हटाउने अभियान चलाईरहेको महानगरले सो अभियानलाई सार्थकता दिनेगरी नीति तथा कार्यक्रम ल्याएको हो । मेयर आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ,‘नगर विकास कोष… पुरा पढौ

कन्चन क्यापिटलको रक्तदान, ६८ युनिट संकलन

पोखराको कन्चन क्यापिटल प्रा.लि.ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६८ युनिट रगत संकलन भएको छ । संस्थाको सातौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको पहिलो रक्तदाता रोमिका बुद्धाचार्यलाई ब्लड व्याग हस्तान्तरण गरि उद्घाटन गरिएको थियो । बुद्धाचार्यलाई कन्चन क्यापिटलका अध्यक्ष नितिन बज्राचार्यले ब्लड व्याग हस्तान्तरण गरेका थिए । अर्चलवोटस्थित कञ्चन डिपार्टमेण्टल स्टोर परिसरमा भएको कार्यक्रममा संस्थामा आवद्ध कर्मचारीसहित बिभिन्न व्यक्तिले रक्तदान गरेका थिए । संस्थाले विगत ४ बर्षदेखि बार्षिकोत्सवको अवसरमा नियमित रुपमा कार्यक्रम गर्दै आएको अध्यक्ष बज्राचार्यले बताए । पोखरामा रगत… पुरा पढौ

पोखरा बसपार्कमा चल्यो डोजर, ढले घर, टहरा

सन्देश श्रेष्ठपोखरा, असार ४ पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्र भित्रका टहरा भत्काउन शुरु गरेको छ । पोखरा बसपार्क क्षेत्र भित्र पर्ने ठाउँमा बनाइएका संरचना महानगरले विहीबार डोजर लगाएर भत्काएको हो । महानगरले दिएको समयसीमा घर्किएपछि विहीबार महानगर टहरा भत्काउन ३ वटा डोजर लिएर पुगेको थियो । सो डोजरले बसपार्कको उत्तरी क्षेत्र पृथ्वी राजमार्गसँगै जोडिएका क्षेत्र र दक्षिणी क्षेत्र (सुकुमबासी बस्ती भन्दा पश्चिम)तर्फको भागमा रहेका घर, टहरा भत्काएको छ । भत्काइएका घर, टहरा व्यक्तिको लालपूर्जा भएको जग्गामा बनेको हो । यद्वपी… पुरा पढौ

सरकारी जग्गा भोगाधिकारबारे लिजमा रूपान्तरण गर्न विभागको पत्राचार

भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ । विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लिजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो ।विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ अनुसार भोगाधिकार प्राप्त व्यक्ति, संस्था वा निकायले तोकिएको अवधिभित्र लिजमा रूपान्तरणका लागि निवेदन दिनुपर्ने… पुरा पढौ