इरानले गरेको आक्रमणमा परी युनाइटेड अरब इमिरेट्समा मारिने नेपालीको परिचय खुलेको छ । यूएईको अबुधाबीस्थित नेपाली दूतावासका अनुसार, आइतबार भएको घटनामा परी ज्यान गुमाउने एक जना नेपाली गोर्खाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन् । “अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत नेपाली नागरिक दिवस श्रेष्ठ, वर्ष २९, घर गोर्खा जिल्लाको दुःखद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,” नेपाली दूतावासले सोमबार जारी गरेको समवेदना सन्देशमा…
पुरा पढौ