देश

एक आपसमा एकता र सद्भाव कायम राख्न पुर्वराजा ज्ञानेन्द्र शाहको आग्रह(सन्देशसहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न भागमा सामाजिक र धार्मिक सद्भाव खलबल्याउन खोजिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । निर्मल निवासबाटजारी सन्देशमा उनले कोसी र तराइका विभिन्न भूभागमा जनजीवन नै अशान्त हुने गरी भएको घटना सुन्दा दुःख लागेको बताएका छन् । पुर्वराजा शाहले परम्परा देखि नै नेपालीहरूबीच एकता र मेलमिलाप रही आएको स्मरण गर्दै, यो बिशिष्ट परिस्थितीमा मेलमिलाप नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । नेपाली समाजको बहुजातीय र बहुभाषिक विशिष्टताका साथै आ आफ्नो धर्म र संस्कृतिको सम्मान गर्ने परम्पराले नै… पुरा पढौ

कप्तानगंज घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो, सिरहा र जनकपुरमा पनि कर्फ्यु आदेश जारी

सुनसरी घटनालाई लिएर मधेश प्रदेशका बिभिन्न जिल्लामा प्रदर्शन चर्कदै गएका छन् । सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शन थप चर्किएको हो । विराटनगरको न्यूरो अस्पतालमा उपचाररत् देवानगञ्ज ३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो । मेहतालाई दिउँसो चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।योसँगै उक्त घटनामा मृतकको संख्या २ पुगेको छ ।उक्त घटनामा गोली लागेर घाइते भएका अन्य ८… पुरा पढौ

प्रतिनिधि सभामा विपक्षीदलद्वारा सरकारको आलोचना, एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका छन् । झण्डै दुई सातापछि बसेको बैठकमा सांसदहरुले सुनसरीमा भएको घटनामा सरकारको भूमिका नदेखिएको भन्दै, सरकार पुर्ण रुपमा असफल भएको दावी गरे । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न गरेकी छन् । उनले एकजना युवाको मृत्यु हुँदा संवेदनशीलता कहाँ हरायो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन् । प्रधानमन्त्रीको मौनताले नागरिकमा भरोसा हराएको पनि उनले बताइन् ।एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले सुनसरी घटनालाई… पुरा पढौ

दुई दिनपछि देशभरका अस्पताल संचालनमा, चिकित्सक संघ र सरकारबिच ५ बुँदे सहमति

दुई दिनपछि देशभरका स्वास्थ्य संस्था संचालनमा आएपछि सेवाग्राहीको भीड लागेको छ । चिकित्सकको आन्दोलनका कारण मंगलबार र बुधबार देशभरका सरकारी तथा निजि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द भएको थियो ।नेपाल चिकित्सक संघ र सरकारबीच ५ बुँदे सहमति भएपछि डाक्टरहरुको देशव्यापी आन्दोलन फिर्ता भएसँगै सबै सेवा संचालनमा आएको हो । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए। सरकार र संघबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ को दफा २, ३ र १५ तथा मुलुकी अपराध… पुरा पढौ

लागु औंषधसहित २ जना कास्की प्रहरीको नियन्त्रणमा

कास्की प्रहरीले लागु औंषधको कारोवारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय, रामबजार र लागू औषध नियन्त्रण व्यूरोबाट खट्टिएको टोलीले भोजपुर घर भई पोखरा १४ बस्ने ३३ बर्षका मनोज कुमार मग्राती र हाल पोखरा मिलनटोल बस्ने म्याग्दीको अन्नपुर्ण गाउँपालिका घर भएका बिश्वास पुनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद २ लाख ८१ हजार ५०० रुपैयाँ र २३ ग्राम ९३ मिलिग्राम लागू औषध खैरो हिरोईन बरामद भएको कास्कीका प्रहरी प्रवक्ता वीरेन्द्र कुमार पासवानले जानकारी… पुरा पढौ

गुरु पुर्णिमाको अवसरमा विन्ध्यवासिनीका गुरुहरु सम्मानित,शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै सच्चा सम्मान: प्रदेश प्रमुख भट्ट

गुरु पुर्णिमाको अवसरमा पोखरामा शिक्षा प्रदान गर्ने गुरुहरु सम्मानित भएका छन् । भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, बाटुलेचौरले विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अध्यापन गराएका स्थापनाकाल देखि २०४० सालसम्मका गुरुहरुलाई एकै ठाउँमा सम्मान गरेको हो ।सम्मानित हुनेमा कर्मकुमारी गुरुङ, सुरेन्द्रराज रेग्मी, रुद्रनाथ पौडेल,भानुभक्त पौडेल,हरिलाल तिमिल्सीना,रुद्रमणि पराजुली, नरहरि भट्टराई,शिवप्रसाद पराजुली, बेनीबहादुर बस्नेत, एकनाथ गौतम, छविलाल आचार्य, कुलबहादुर बस्नेतसहितका १७ जनालाई सम्मान गरिएको मञ्चका पुर्व अध्यक्ष रामबहादुर बानियाँले जानकारी दिए । उनीहरुलाई गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र मञ्चका अध्यक्ष हरिबहादुर वरुवालले दोसल्ला, सम्मानपत्रसहित सम्मान… पुरा पढौ

पर्यटकलाई अनावश्यक दुःख दिने ८ जना पक्राउ

पोखरा, साउन १३ पर्यटकलाई हैरानी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो तरिकाले हिंडिरहेका पर्यटकलाई अनावश्यक रुपमा दुःख दिने तथा हैरानी गर्ने ८ जनालाई कास्की प्रहरीले पोखराको विरौटा र हल्लनचोकबाट पक्राउ गरेको हो । आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुहरुलाई आफूले भनेको होटल जानैपर्ने भन्दै अनावश्यक रुपमा हैरान पारेकाले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्रकुमार पासवानले जानकारी दिए । उनका अनुसार विरौटाबाट ५ जना र हल्लनचोकबाट ३ जनालाई पक्राउ गरिएको… पुरा पढौ

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतीमा सरस्वती प्रतीक्षा

सन्देश श्रेष्ठपोखरा, साउन १३ पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतीमा साहित्यकार सरस्वती ‘प्रतीक्षा’ नियुक्त भएकी छन् । महानगरपालिकाकी उप प्रमुख मञ्जुदेवी गुरुङ नेतृत्वको समितिले सिफारिस गरेवमोजिम पोखरा महानगरपालिकाले प्रतीक्षालाई कुलपतीमा नियुक्त गरेको हो । त्यस्तै, उपकुलपतिमा पुन आर्टका सञ्चालक तथा साहित्यकार तिलक पुन पुर्जा मगर र सदस्य–सचिवमा जीवन दाहाल (लोकगीत, संगीत) नियुक्त भएका छन् । प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यहरुमा श्रीजङ्ग गुरुङ, हरेराम जोजिजु , दिलीप गायक र प्रमीला ताम्राकार तुलाचन नियुक्त भएका छन् । यसैगरी, प्रतिष्ठानको प्राज्ञ सभा सदस्यहरुमा भास्करध्वज श्रेष्ठ (संगीत… पुरा पढौ

आज गुरुपूर्णिमा: गुरुप्रति श्रद्धा व्यक्त गरेर मनाईदै

काठमाडौं । ज्ञानले अज्ञानको अन्धकार हटाउने गुरुजनप्रति सम्मान व्यक्त गर्दै आज देशभर गुरुपूर्णिमा मनाइँदै छ। आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई वैदिक परम्परामा व्यास जयन्तीका रूपमा पनि लिइन्छ।वैदिक धर्मग्रन्थ महाभारत का रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा सुरु भएको मानिने गुरुपूर्णिमा शिक्षा, दीक्षा र संस्कार प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता प्रकट गर्ने दिनका रूपमा मनाइन्छ। परम्पराअनुसार शिष्यहरूले आफ्ना गुरुलाई सम्मान गर्दै माला, टीका, मिष्ठान्न तथा विभिन्न उपहार अर्पण गर्ने चलन छ। नेपाली समाजमा गुरुको स्थान आमा–बुबासरह मानिने भएकाले यो पर्वले गुरु–शिष्य सम्बन्धलाई… पुरा पढौ

रेडक्रस कास्कीद्वारा ४५ जनालाई व्यक्तिगत तथा संस्थागत सम्मान, थापाद्वारा ८५ औँ पटक रक्तदान

पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा स्थापना दिवसकाे अवसरमा पोखरामा एक विशेष कार्यक्रमको आयोजना गरी रक्तसञ्चार सेवाको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने २५ जना अग्रणी रक्तदाता हरू र २० वटा विभिन्न संस्थालाई संस्थागत सम्मान गरिएको छ। समाराेह मा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले ८५ औं पटक रक्तदान गर्ने रक्त दान अभियन्ता कृष्ण बहादुर थापालाई व्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम को सुरुवात गरिएको थियाे। अग्रज रक्तदाता थापा २०५५ देखि निरन्तर रक्त दान सहित विभिन्न… पुरा पढौ