देश

पोखरा बसपार्कका सुकुमबासी समस्या समाधानमा राजनीति प्रवेश

पोखरा, साउन १२ पुराना दलहरुले सुकुमबासी समस्या समाधानमा ध्यान दिएनन् । बरु सँधै भोटबैंक बिग्रिने डरले गिजोलिरहे । एउटा सरकारमा रहँदा अर्को पक्षले विरोध गर्ने, अनि प्रतिपक्षमा बसेको दल सरकारमा पुगेका बेला फेरी अर्को पक्षले विरोध गर्ने प्रक्रिया दशकौं वर्ष चलिरह्यो । किनकी सुकुमबासी समस्या समाधान भएमा भोट राजनीति बिग्रिनेमा उनीहरु चिन्तित थिए, नकी सुकुमबासी समाधान समाधानप्रति । जसका कारण चार दशकसम्म पोखरा बसपार्कका सुकुमबासीले लालपूर्जा पाएनन् । उल्टै राजनीतिक दलका अगुवाहरुले नक्कली सुकुमबासी खडा गरेर बसपार्कको जग्गा हडपे ।… पुरा पढौ

रेडक्रस कास्कीद्वारा रक्त अभियानमा सघाउने ४५ जनालाई सम्मान

नेपाल रेडक्रस सोसाइटी, कास्कीले व्यक्तिगत तथा संस्थागत गरी ४५ जनालाई सम्मान गरेको छ । ६१ औँ रक्तसञ्चार सेवा स्थापना दिवसको अवसर पारी पोखरामा विशेष कार्यक्रमको आयोजना गरी रक्तसञ्चार सेवाको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने २५ जना व्यक्ति र २० वटा संस्थालाई संस्थागत रुपमा सम्मान प्रदान गरेको हो।सम्मानित हुनेमा रेडक्रसकर्मि धर्मराज अधिकारी,अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठ,बलराम अधिकारी, सृजन ओम श्रेष्ठ,सञ्जय किशोर बास्तोला,दुर्गाप्रसाद गोरासैनी,प्रकाश पौडेल,रामप्रसाद खनाल,उपेन्द्र अधिकारी,नवराज घिमिरे,सोमेलाल श्रेष्ठ,दिपक गोदार,सुब्बा शाक्य ,वीरेन्द्र बहादुर थापा ,सुजित श्रेष्ठ,किशोर बराल,डाल्डा देवी भुजेल,यादब प्रसाद तिमिल्सिना,रमेश बहादुर कार्की,प्रेमबहादुर क्षेत्री,पुष्पा… पुरा पढौ

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । ८३ बर्षिय नेता श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारको क्रममा मंगलबार निधन भएको हो । उनको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए । श्रेष्ठ क्यान्सर पीडित थिए । केही दिन अघि विपि स्मृति दिवस कार्यक्रममा सभापति गगन थापाले उनलाई बरिष्ठ नेता चयन गरेको घोषणा गरेका थिए । श्रेष्ठका ३ छोरा र ६ छोरी छन्… पुरा पढौ

लमजुङमा पहिरोमा परी एकै परिवारका दुईजनाको मृत्यु

लमजुङमा पहिरोमा परी एकै परिवारका दुईजनाको मृत्यु भएको छ । जिल्लाको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा आज विहान आएको पहिरोमा घर पुरिंदा ५९ वर्षीय टिकबहादुर विक र उनकी छोरी विनिता विकको मृत्यु भएको हो ।घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरोले कच्ची घर पुरेको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएका छन् । घाइतेलाई उद्धार गरी थप उपचारका लागि अस्पताल पठाइएको छ ।उनीहरु स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएका… पुरा पढौ

देशभरका अस्पतालमा ओपीडी सेवा बन्द, सर्वसाधारण उपचारबाट वञ्चित

नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प भएका छन् । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा। प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा संघको आह्वानमा सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो ।ओपीडी सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट बन्चित भएका छन् । स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर अलपत्र परेका छन् । अधिकांश अस्पतालका ओपीडी टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक… पुरा पढौ

पोखरामा अमेरिकी नागरिकको मृत्यु

पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको हो । स्थानीयवासीको सहयोगमा लडेकोस्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्‍याइएकामा केहीबेरपछि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने उनको भनाइ छ । मृतक अमेरिकी… पुरा पढौ

खाना पकाउने ग्यासको अस्थायी अभाव,जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन । विगतका तुलनामा १०० बुलेट हाराहारी दैनिक ग्यास आपूति भइरहेको छ । उनले भने, “पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यो, सोही परिमाणमा अहिले पनि आपूति भइरहेको छ ।”… पुरा पढौ

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन,सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरे । त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताए । उनले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गरे । उनले सुरुङ योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी क्षमता अभिवृद्धिका लागि… पुरा पढौ

सुनसरीमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु, ५ स्थानमा कर्फ्यु आदेश जारी

प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ः०० बजेदेखि विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । कार्यालयले चार किल्ला तोकी उक्त सीमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । उक्त आदेश उल्लङ्घन भएमा रु एक… पुरा पढौ

पहिरोमा परी बेनीमा एक वृद्धको मृत्यु, एकजनाको उद्धार

पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ । गएराति गएको पहिराले घर पुरिँदा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । यसैगरी, धवलागिरि गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय, दरबाङबाट गएको प्रहरी टोली र स्थानीवासी मिलेर थापालाई उद्धार गरेका हुन् । गएरातिको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडक अवरुद्ध भएको प्रहरीले… पुरा पढौ