देश

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन र समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानममन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । तर सम्बोधनको समयबारे टुङ्गो भइसकेको छैन ।प्रतिनिधि सभा निर्वाचन आउन ३ दिन बाँकी रहँदा प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् । गत भदौमा भएको जेनजी आन्दोलनपछि भदौ २७ मा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए ।कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने प्रमुख जिम्मेवारी… पुरा पढौ

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरन ल्ह फागुपूर्णीमा पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णीमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागुपूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले बताए । ‘‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पित्रीलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’’ उनले भने ‘‘आफन्तहरुलाई बोलाएर मिठामिठा परिकार खुवाउने… पुरा पढौ

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली फागुपूर्णिमा पर्वले हाम्रो समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् । फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले गर्दै यस पर्वले हामी सबैमा प्रेम, सद्भाव, आपसी एकता र लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मानको सन्देश प्रवाह गर्ने कामना गरे । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको खुसियालीमा हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा रङ्गहरूको उत्सवका रूपमा फागुपूर्णिमा होली हर्षोल्लासपूर्वक मनाइने सन्देशमा… पुरा पढौ

कास्की २ : ब्यालेटको लडाईंमा जनसेनाका कमाण्डर किरण थापा (आमोद), भुईंमान्छेको मनसँगै मत पाउने आशा

सन्देश श्रेष्ठपोखरा, माघ १८ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की २ मा किरण भनेर चिनिने हेमबहादुर थापा (आमोद)लाई उम्मेदवार बनाएको छ । भुईंमान्छेको नेताका रुपमा छवी बनाएका उनी दोस्रो पटक संसदीय निर्वाचनमा होमिएका हुन् । यसअघि २०७४ सालको चुनावमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट चुनाव लडेका उनलाई सफलता भने मिलेन । बुलेटबाट राजनीतिक यात्रा शुरु गरेका उनी अहिले भने व्यालेटबाट लडाईं लडिरहेका छन् । बौद्दिक नेतृत्व र भुईंमान्छेको नेताको छवी बनाएका उनको जन्म २०४० साल वैशाख १ गते बुबा लीलाबहादुर थापा… पुरा पढौ

कास्की-१ : एजेण्डा बुझाउँदै मत माग्दै राजकाजी, विकास र समृद्दिमार्फत कास्कीको रुप फेर्ने वाचा

राजकाजी गुरुङले कास्की–१ मा विकास र समृद्धिमार्फत जिल्लाको रूप फेर्ने एजेण्डासहित मत मागिरहेका छन्। जनआन्दोलन र जनयुद्धको जगमा स्थापित लोकतान्त्रिक व्यवस्थापछि कास्की-१ को चुनावी परिदृश्य फरक–फरक चरण पार गर्दै आएको छ। यही बदलिँदो परिवेशमा नेकपाको ‘तेस्रो जित’ निकाल्ने लक्ष्यसहित करण चुनावी मैदानमा उत्रिएका हुन्। २०६४ को पहिलो संविधानसभा र २०६५ को उपनिर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवार विजयी भएका थिए। २०७० को दोस्रो संविधानसभामा कांग्रेसले बाजी मारेको यो क्षेत्रमा गणतन्त्रपछिका दुई निर्वाचनमा एमालेले जित हात पारेको थियो। जेनजी विद्रोहपछिको नयाँ राजनीतिक तरंगमा… पुरा पढौ

पोखरामा आचारसंहिता विपरित माईकिङ : चुनाव प्रचारप्रसारको माइकिङले नागरिक इरिटेड

सन्देश श्रेष्ठपोखरा, फागुन १७ निर्वाचन आयोगले उम्मेदवारको प्रचारमा माईकिङ गर्न निषेध गरेको छ । अर्थात ध्वनी प्रदूषण गरेर माईकिङ गर्नु आचारसंहिता विपरित हो । तर कास्कीमा भने यस विपरित उम्मेदवारको प्रचार भइरहेको छ । अर्थात पुरानै शैलीमा माईकिङमार्फत प्रचार गर्न दल र तिनका उम्मेदवारहरु होडबाजी गरिरहेका छन् । यसमा पुराना दलहरु नेपाली कांग्रेस, नेकपा एमाले वा नेपाली कम्युनिष्ट पार्टीमात्र होईन, बरु नया भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा)सम्म तँछाडमछाड गरिरहेका छन् । निर्वाचन आचारसंहिताको १३ (ड) मा… पुरा पढौ

विकासका लागि भिजन भएको पार्टी एमाले मात्रै हो: उमेद्वार पौडेल

कास्की क्षेत्र नं. ३ का एमाले उमेद्वार दामोदर पौडेल बैरागीले स्थानीय स्तरमा देखिएका समस्या समाधान नगरी देश समृद्ध बन्न नसक्ने बताएका छन् । फागुन २१ को निर्वाचनलाई लक्षित गरी जारी मतदाता भेटघाटका क्रममा उमेद्वार पौडेलले स्थानीय समस्या केन्द्रमा लाने र त्यसको समाधानका लागि पहल गर्न आफुले भुमिका निर्वाह गरेको बताए । पोखराको वडा नं. १,२ र २५ मा आईतबार घरदैलों गर्दै उनले आफुले शुरु गरेका अधिकांश विकास निर्माणका योजना सम्पन्न भएको र केही अधुरा योजना सम्पन्न गर्न आफु प्रतिबद्ध रहेको… पुरा पढौ

कांग्रेस उमेद्वार बास्तोलाको घरदैलो,कार्यकर्ताको उत्साहजनक सहभागिता

प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की २ मा नेपाली कांग्रेसले चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्र पारिरहेको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) को घरदैलो कार्यक्रमले तीव्रता पाएको हो । आइतबार पोखरा–४ को सिद्धार्थचोक, चिप्लेढुंगा, पराजुली मार्ग, गणेशटोल, नालाको मुख, रामकृष्ण टोल, बागलुङ बसपार्क, गैहपाटन बुढानिलकण्ठ मन्दिर लगायतका स्थानमा मतदातासँग घरदैलो र सुझाव संकलन कार्यक्रम गरिएको बताइएको छ ।उमेद्वार बास्तोलाले गणेश टोलमा पुरानो बजार र कलात्मक पुराना घरहरुको संरक्षणमा आफूले… पुरा पढौ

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गरेको हो ।कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनको पालना गर्न, घरभित्र रहन, उचित सावधानी अपनाउन, अज्ञात स्रोतबाट आएका अफवाह र अप्रमाणित सूचनालाई विश्वास नगर्न दूतावासले अनुरोध गरेको छ ।अप्रमाणित सूचना, समाचार र ‘भिडियो क्लिप’लाई प्रेषित नगर्न, आधिकारिक घोषणा र आपत्कालीन सतर्कता सन्देश निरन्तर हेरेर… पुरा पढौ

निर्वाचनका क्रममा देशभरका होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस बन्द नहुने

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस भने निर्वाध रुपमा सञ्चालन हुने भएका छन् । देशभरका कुनै पनि स्थानमा होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस संचालनमा कुनै बाधा नहुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए । तर, मदिरा र नशालु पदार्थको बिक्री वितरण गर्न भने नपाईने उनले जानकारी दिए । यदी कसैले मदिरा र नशालु पदार्थको बिक्री वितरण गरेको पाइएमा सम्बन्धित होटलका सञ्चालकदेखि व्यवस्थापकसम्मलाई पक्राउ गरी कानून बमोजिम कारबाही गरिने प्रवक्ता काफ्लेले… पुरा पढौ